• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

by
६ बैशाख २०८१,
0
पर्यटनमा समृद्धि खोज्दै तमानखोला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको तमानखोला गाउँपालिका भौगोलिक रूपमा अलि अप्ठ्यारो तर निकै मनोरम छ । डाँडाकाँडाले घेरिएका बस्ती । पहाडको शिरसम्म तालतलैया र हिमालको काखमा रहेका बस्तीले पर्यटकलाई पर्खिरहेका छन् ।

थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि हालसम्म प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा ओझेलमै थिए । तमानखोला गाउँपालिका पछिल्लो समय पर्यटन सम्भावना बोकेका क्षेत्रको विकासमा जुटेको छ । गाउँपालिकाले एक हजारदेखि चार हजार दुई सय मिटरको उचाइसम्म रहेका पर्यटकीय क्षेत्रको विकास गर्न थालेको छ ।

पालिकाभित्र रहेका सम्भावना बोकेका पर्यटकीय गन्तव्य उजागर गर्नका लागि गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिरहेको छ । तमानखोलाले उत्तरमा म्याग्दीसँग जोडिएको सोलेडाँडा, दक्षिणमा ढोरपाटनसँग जोडिएको जिल्लाकै सुन्दर बराह ताल, तमान गाउँ, ढोमइथान मन्दिर, सांस्कृतिक पहिचानका रूपमा रहेको सोरठी नाचको संरक्षणमा गाउँपालिकाले लगानी गरेको छ ।

नौडल्लेको पहाडलाई समेत प्रचार प्रसार गर्न थालिएको छ । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारबाट नजिक रहेको तमानखोलाले पर्यटनसम्बन्धी संरचना निर्माण गरेर पर्यटक भित्र्याउन गाह्रो छैन । पछिल्लो समय प्रचारप्रसार र भौतिक संरचना निर्माण भएपछि पर्यटकको आगमन बढिरहेको छ ।

गाउँपालिकाले पर्यटकलाई आकर्षण गर्न र प्रचारप्रसारलाई तीव्रता दिनका लागि समय-समयमा पर्यटन बहससमेत गर्दै आएको छ । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले पहिलेको तुलनामा अहिले यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटक बढ्दै गएको बताए।

आफू निर्वाचित भएर आएर आएदेखि नै पर्यटन विकासमा काम गरिरहेको उनको भनाइ छ । पालिकाको सबैभन्दा चर्चित सोलेडाँडामा सहिद स्मृति पार्क, पाहुनाघर, कोसेलीघर, जडीबुटी पार्क, वनभोजस्थल निर्माण, खानेपानी, सार्वजनिक शौचालयको व्यवस्थापन गरिसकेको अध्यक्ष बुढामगरले बताए ।

तमानखोलाका गाउँगाउँमा पदमार्ग, तमान गाउँका घरहरूमा एकै प्रकृतिको रङ लगाउने योजनासमेत रहेको भन्दै बराह तालमा करिब एक करोड हाराहारीका संरचरना निर्माण गरेको उनको भनाइ छ ।

तमानखोला-२ का स्थानीय ओम पुनले स्थानीय सरकार आएपछि यहाँको पर्यटन क्षेत्रमा धेरै सुधार आएको बताए। गाउँपालिकाले हरेक वर्ष धार्मिक तथा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गर्दै आएपछि पर्यटकको आगमन पनि बढ्दै गएको उनको भनाइ छ ।

अघिल्लो वर्षसम्म बराह तालमा सडक नपुग्दा कम पर्यटक आएको भन्दै यस वर्ष एकै दिन हजारौँ पर्यटकले बराह मन्दिरको दर्शन र तालको अवलोकन गरेको उनले बताए ।

भौगोलिक विकटताका कारण पछाडि भए पनि गाउँपालिकाले विकासका लागि प्रयास भने गरिरहेको पुनको भनाइ छ ।

Previous Post

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

Next Post

नेप्से परिसूचकको ओरालो यात्रा जारी

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१८ अशोज २०८३,
अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
Load More
Next Post
नेप्सेमा ३४ अंकको गिरावट, १ अर्ब ६० करोडको कारोबार

नेप्से परिसूचकको ओरालो यात्रा जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In