• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

by
६ बैशाख २०८१,
0
घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मध्यविन्दु (नवलपरासी), ६ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच संरक्षणमा जुटेका छन् । जिल्लाको कावासोती नगरपालिका क्षेत्रभित्रका गुरुङ समुदाय लोपोन्मुख घाटुनाचको संरक्षणमा जुटेका हुन् ।

गुरुङ समुदायको प्रसिद्ध घाटुनाच पछिल्लो समय लोपोन्मुख हुँदै गएपछि यसको संरक्षण र संवर्द्धनमा स्थानीय गुरुङ अगुवाहरू जुटेको नाचका गुरु तेजबहादुर गुरुङले बताउनुभयो । गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटुनाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गर्ने चलन रहेको गुरुङले बताउनुभयो ।

“‘सती’ र ‘बाह्रमासे’ घाटु नाच नचाइन्छ, बाह्रमासे घाटु जुन बेला पनि नाच्ने गरिन्छ, गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाटु नृत्य ठाउँअनुसार फरक–फरक हुने गरे पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै किसिमको हुन्छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय घाटुनाच नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा हराउँदै गएकाले यसको संरक्षणमा आफूहरू जुटेको गुरुङले बताउनुभयो । पौराणिक कथाहरूमा आधारित घाटुका विभिन्न प्रकारमध्ये सतीघाटु धेरै कम नाच्ने गरिएको छ । यसको सुरुआत र समापन निकै रोचक हुने घाटुनाचका गुरु गुरुङले बताउनुभयो ।

“हामी युवा अवस्थामा हुँदासम्म हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ, नयाँ पुस्ताको चासो कम छ”, उहाँले भन्नुभयो, “बसाइँसराइले पहाडबाट हामी तराई आयाँै यहाँबाट हाम्रा छोरा नाति विदेश लागे त्यो सँगै घाटुनाच पनि हराउँदै गयो ।”

बदलिँदो अवस्थाअनुसार नयाँ पुस्तामा संस्कृतिप्रति कम चासो भएकाले घाटु पनि लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिला–पहिला घाटु नचाउँदा निकै उल्लासपूर्ण अवस्था हुन्थ्यो, अहिले त संरक्षणका लागि मात्रै भनेर घाटु नचाउन थालेका छौँ ।”

यस नृत्यका लागि रजस्वला नभएका दुई कन्यालाई आफ्नो वेशभूषामा सजाइ नृत्यको प्रारम्भ गरिन्छ । घाटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, सिकार, खेतीपातीबारे व्याख्या तथा अभिनय गरिने गुरुङ समुदायका अगुवा जङ्गबहादुर गुरुङले बताउनुभयो ।

“घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयवस्तुअनुसार आवश्यक सङ्ख्यामा छानिन्छ”, उहाँले भन्नुभयो, “यस नृत्यमा रजस्वला नभएका कन्यालाई स्थानीय वेशभूषामा सजाइ मध्ययुगीन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाटु नृत्यको प्रारम्भ गरिन्छ ।”

परापूर्वकालदेखि घाटु नृत्यको प्रारम्भ भएको गुरुङ समुदायको मान्यता रहेको छ । सदियौँ पुरानो सांस्कृतिक नाच भए पनि पछिल्लो पुस्ताको चासो नहुँदा यो नाच नै लोप हुने अवस्थामा पुगेको स्थानीय टलबहादुर गुरुङले बताउनुभयो ।

“पुरानो पुस्ता सकिँदै जाँदा लोप हुँदै गएकाले यसलाई जोगाउन पाका पुस्ताले भए पनि घाटुनाच देखाउने गरेका छौँ”, उहाँले भन्नुभयो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा २०७८ सालको जनगणनाअनुसार गुरुङ समुदायको जनसङ्ख्या १० हजार ९०९ रहेको छ ।

Previous Post

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’

Next Post

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने तयारी

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येस्टि गर्ने सरकारको निर्णय

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In