• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालमा ऐतिहासिक उडान गर्ने भारतीय फाइटर पाइलट सिंहको निधन

by
५ बैशाख २०८१,
0
नेपालमा ऐतिहासिक उडान गर्ने भारतीय फाइटर पाइलट सिंहको निधन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोस्रो विश्वयुद्धमा आफ्नो उडान कौशलले सारा विश्वलाई प्रभावित गर्ने र नेपालको ऐतिहासिक हवाई उडान गर्ने भारतका वरिष्ठ लडाकु पाइलट रहेनन् । दोस्रो विश्वयुद्धमा बर्मा (म्यानमार) मा असाधारण वीरता देखाउने स्क्वाड्रन लिडर (निवृत्त) दलीप सिंह (डीएस) मजिठियाको १०३ वर्षको उमेरमा निधन भएको हो ।

उनी भारतीय वायुसेनाको सबैभन्दा पुरानो फाइटर पाइलट मानिन्छन् । स्क्वाड्रन लिडर मजिठिया जुलाई महिनामा आफ्नो १०४ औं जन्मदिन मनाउन लागेका थिए । केवल ७ वर्षको छोटो करियरमा उनले विभिन्न मोर्चामा लडे, धेरै पदकहरू जिते ।

आफ्नो काकाबाट प्रभावित सिंह सन् १९४० मा वायुसेनामा भर्ती भएका थिए, जतिबेला भारत ब्रिटिश शासनको अधीनमा थियो । त्यतिबेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो, त्यसैले ब्रिटिस सरकारले सिंहलाई बर्मा मोर्चामा पठायो ।

यस अवधिमा सिंह लडाकु विमान हकर हरिकेनको साथ बर्मामा डटिरहे । सात वर्षको विशिष्ट करियरमा डीएस मजिठियाले १३ विभिन्न प्रकारका विमानमा ११ सय घण्टाभन्दा बढी उडान भरेका छन् ।

स्क्वाड्रन लीडर दलीपले आफ्नो पहिलो उडान ५ अगस्ट १९४० मा र आफ्नो पहिलो एकल उडान २२ अगस्टमा गरेका थिए । जुन १९४१ मा, स्क्वाड्रन लिडर मजिठियालाई सेन्ट थमस माउन्ट, मद्रासमा रहेको नम्बर १ सीडीएफमा तैनाथ गरियो, जहाँ उनले अर्को १५ महिना बिताए । यस अवधिमा, डीएस मजिठियाले वापिटी, हार्ट, अडाक्स र एटलान्टा लगायतका धेरै विमानहरू सञ्चालन गरे र तटीय सुरक्षा मिसनहरू गरे ।

मजिठियाले कोहाटमा रहेको पाकिस्तानी वायुसेनाको नम्बर ३ स्क्वाड्रनमा असगर खान (जो पछि पाकिस्तानी वायुसेनाका प्रमुख बने) र मेजर साम मानेकशा (पछि भारतका फिल्ड मार्शल) सँग उडान गरे । यस अवधिमा उनले स्थानीय आदिवासी विद्रोहीहरूविरुद्ध बम विष्फोटदेखि लिएर जासुसी र पर्चाहरू खसाल्नेसम्मका धेरै अपरेशनहरू सञ्चालन गरेका थिए ।

अराकान (म्यानमार), बेगमपेट र दिल्लीको मुख्यालयमा केही समय सेवा गरिसकेपछि, दलीपलाई डिसेम्बर १९४५ मा अन्तर्राष्ट्रिय असाइनमेन्टमा अस्ट्रेलिया पठाइयो । त्यतिबेला दोस्रो विश्वयुद्ध सकिएको थियो । उनलाई अष्ट्रेलियाको संयुक्त चिफ अफ स्टाफको सम्पर्क अधिकारी नियुक्त गरिएको थियो ।

भारत स्वतन्त्र हुनुभन्दा केही महिनाअघि अर्थात मार्च १९४७ मा मजिठियाले वायुसेनाबाट अवकाश लिएर आफ्नो व्यवसाय सुरु गरेका थिए । तर उनको उड्डयनप्रतिको मोह भने समाप्त भएन । त्यसको दुई वर्षपछि अर्थात् अप्रिल १९४९ मा काका सुरजित सिंह मजिठियासँगै उनले नेपालको राजधानी काठमाडौंमा पहिलो ऐतिहासिक अवतरण गरेका थिए ।

त्यसबेला सुरजित सिंह नेपालका लागि भारतीय राजदूतमा थिए । नेपालको राजपरिवारको आग्रहमा सुरजित सिंहले काठमाडौं विमानस्थलको धावनमार्ग जसोतसो तयार पार्न लगाएका थिए । दलीप सिंहले मुजफ्फरपुरबाट उडेर काठमाडौंको कच्ची रनवेमा अवतरण गरेका थिए । त्यतिबेला यो धावनमार्ग १५०–२०० गज मात्र लामो थियो । यस अवधिमा दलीप सिंहले आकाशबाट बागमती नदी देखेर मात्रै काठमाडौं पुगेको अनुमान गरेको उल्लेख गरेका छन् ।

दलीप सिंह गोरखपुरको सरायामा बसे र कार व्यवसायसँगै उनले स्टिल मिल पनि खोले । आज गोरखपुरमा रहेको वायुसेनाको बेस कुनै समय दलीपसिंह मजिठियाको भूमि थियो ।

Previous Post

अब एक सातासम्मको मौसमबारे पहिले जानकारी पाइने

Next Post

हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला

हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In