• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘एक पैसाे कैलेलाई ? चैतेदसैँलाई…’

by
४ बैशाख २०८१,
0
बागलुङ कालिका मन्दिर जिर्णोद्धार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, ४ वैशाख: बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका छन् । ती विभिन्न कालखण्डमा फरकफरक परिवेश र भावमा प्रकट भएका छन् । चाहे त्यो विसं २०५२ मा तिलकबम मल्लले गाएको ‘चैतेदसैँ बागलुङे मेलैमा ज्यादै माया बस्यो है ख्यालख्यालैमा…’ होस् वा पचासको दसकको आखिरीतिर बिमलराज क्षेत्री र शर्मिला गुरुङले गाएको ‘चैतेदसैँ मेलैमा झर्छ आँशु छ्ट्ने बेलैमा…’ होस् ।

त्यसयता सार्वजनिक अधिकांश गीतले पनि यहाँको चेतैदसैँ मेला र कालिका भगवती मन्दिरको महिमागानमा अनेक विषय र शैलीलाई पछ्याएका छन् । तर यही चैतेदसैँ मेलालाई जोडेर पाकापुरानाले गाउने एउटा गीत ‘एक पैसा कहिलेलाई बागलुङ्को चैतेदसैँलाई, त्यही पनि माग्दछन् दिन्न कसैलाई…’ भन्ने लोकगीतको रचनाकाल र सर्जकबारे भने कहीँ उल्लेख छैन ।

भलै यो गीतमा प्रयुक्त तुक्काले बागलुङमा लाग्ने चैतेदसैँ मेलाको युगिन परम्परा र सांस्कृतिक पक्षलाई उजागर गरेको ठान्नुहुन्छ इतिहासका अद्येता काजी गाउँले श्रेष्ठ । ७२ वर्षीय उहाँले आफू केटकेटी छँदै यो गीत सुनेको बताउनुभयो ।

“उहिलेउहिले चैतेदसैँ आउँदा रमाइलो मानेर बच्चाहरुले पनि यो गीत गाउथेँ”, उहाँले भन्नुभयो, “गीतकै रुपमा प्रचलित नभएपनि पुरानो कथन वा लोकोक्तिका रुपमा अहिले पनि गाउँठाउँमा यो सुनिने गर्छ ।” झ्याउरे शैलीको गीतले उबेलाको ग्रामीण जनजीवनसँग चैतेदसैँ मेलाको सम्बन्धलाई उठान गरेको श्रेष्ठले बताउनुभयो । सो गीतले त्योबेलाको समाज, परिवेश, मानिसका आवश्यकता र आर्थिक हैँसियतसँग सम्बन्ध राख्ने उहाँको भनाइ छ ।

विसं १५९१ मा बागलुङ नगरपालिका–१ मा कालिका भगवती मन्दिर स्थापना भएपछि चैतेदसैँ मेलाको परम्परा सुरुआत भएको उहाँको भनाइ छ । “यहाँको चैतेदसैँ मेलासँग लामो इतिहास र परम्परा जोडिएको छ”, श्रेष्ठले भन्नुभयो, “मध्यकालमा पर्वत राज्य हुँदाका बखतदेखि नै बागलुङमा चैतेदसैँ मेला सुरु भएको मानिन्छ ।”

उहाँले ‘एक पैसा कहिलेलाई…’ भन्ने गीत पनि सोही बेलादेखि गाइएको हुनसक्ने अनुमान गर्नुभयो । पर्वत राज्य नेपाल राज्यमा गाभिएपछि म्याग्दीको बेनीबाट बागलुङ सरेको टक्सारमा धातुका पैसा छापिन्थ्यो ।

“त्यो बेलामा एक पैसाको पनि ठूलो महत्व थियो, चैतेदसैँ मेलामा किनमेल गर्न जान पैसाको जोहो गर्नुपथ्र्यो”, श्रेष्ठले भन्नुभयो, “गाउँबाट किसानहरु स्थानीय उत्पादन लिएर मेलामा बेच्न आउँथे, भारतीय व्यापारी पनि आउने गर्थे ।” चैतेदसैँ मेला भर्न आउनेले वर्षदिनलाई चाहिने खानेकुरासहित घरायसी सामान किनेर लैजाने प्रचलन त केही बर्ष अघिसम्म नै थियो ।

दशकौँअघि हालको बागलुङ बजार बसेको ठाउँमा ठूलो फाँट थियो । छेउछाउमा केही घरगोठ थिए । अहिले बागलुङ नगरपालिका–३ मा पर्ने किनाराटोलदेखि लालीगुराँसचोकसम्म चैतेदसैँ मेला लाग्थ्यो । खेतमा मान्द्रा र चित्राले बारबुर पारेका टहरामा बसेर व्यापारीले सामान बेच्ने गरेको स्थानीयवासी भरत खड्काले बताउनुभयो । “भारतदेखि लुगाफाटा, मसला, मिश्री, नरिबललगायतका सामान बेच्न व्यापारी चैतेदसैँ मेलामा आउथे”, उहाँले भन्नुभयो, “स्वतःस्फूर्त रुपमा लाग्ने मेला दुई हप्तासम्म चल्थ्यो, मानिसहरुको घुइँचो लाग्थ्यो ।”

उहाँका अनुसार माटो, धातु र काठका भाँडाकुँडा बेच्न छुट्टाछुट्टै बिक्रीकक्ष हुन्थे । मेलामा गाउँगाउँबाट झर्ने युवायुवती सात दिन सातरातसम्म दोहारी (झ्यारे) गाएर बस्ने गर्थे । कतिपयको मैलामै भएको चीनजानका आधारमा बिहेवारीसमेत हुन्थ्यो ।

“डम्फु, मादल बजाउँदै झ्याउरे गाउने चलन थियो, ‘एक पैसा कहिलेलाई चैते दसैँलाई, त्यही पनि माग्दछन् दिन्न कसैलाई…’ भन्ने गीतको तुक्का पनि त्यहीबेलादेखि बढी गाउन थालिएको हो”, खड्काले भन्नुभयो, “पछि यो जनजिब्रोमा प्रचलित हुँदै आयो, त्यसपछि चतैँदसैँ र कालिका भगवती मन्दिरलाई जोडेर थुप्रै गीत लेखिए, गाइए ।”

कालिका भगवती गुठी व्यवस्थापन समितिका सल्लाहकार खड्काले विसं १५९१ म कालिका भगवती मन्दिर स्थापना भएपछि चैतेदसैँ मेलाको परम्परा बसेको बताउनुभयो । “अहिलेको किनाराटोलदेखि र लालीगुराँसचोकसम्मको क्षेत्रमा भव्य मेला लाग्थ्यो, टाढाटाढाबाट मानिसहरु मेला भर्न आउँथे”, खड्काले भन्नुभयो, “हुम्ला, जुम्लादेखि भारतसम्मका व्यापारी मेलामा सामान बेच्न आउँथे ।”

काठका ठेकाठेकी, चोयाँबाट बन्ने डालाडाली, नाङ्ला, मान्द्रा, घरेलु हातहतियारलगायतका सामग्री बेच्न गाउँगाउँका व्यापारी मेलामा झर्ने गरेको उहाँले सुनाउनुभयो । यातायातको सुविधासँगै बस्ती विस्तार हुन थालेपछि परम्परागत रुपमा बागलुङ बजार क्षेत्रमा लाग्दै आएको चैतेदसैँ मेला कालिका भगवती मन्दिर परिसरमा सर्‍यो । पहिले चैत्राष्टमी पर्वका दिनमा मात्र मन्दिर क्षेत्रमा उक्त मेला लाग्थ्यो ।

खड्काका अनुसार तत्कालीन पर्वत राज्यका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजो स्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका भगवती मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरि पूजापाठ सुरु गरिएको किम्बदन्दी छ ।

“पाल्पाली राजाले आफूले पूजाआजा गर्दै आएको माझकी देवीको मूर्ति छोरीलाई दाइजो दिएको र सो मूर्तिलाई पर्वत राज्यमा ल्याउने क्रममा यहाँ डोली बिसाएको इतिहासमा उल्लेख छ”, खड्काले भन्नुभयो, “पछि डोली उठाउन खोज्दा कसैले उठाउन नसकेपछि देवीको मूर्तिलाई यहीँ राखेर पूजापाठ सुरु गरिएको किम्वदन्ती छ, तिनै माझकी देवीलाई अहिले कालिका भगवतीका रुपमा पूजिन्छ ।” कालिका भगवती मन्दिर र चैतेदसैँ मेला एकार्कामा अभिन्न रहेको उहाँले बताउनुभयो ।

सुरुमा खरले छाएको झुप्रोमा मन्दिर रहेको र पछि विभिन्न समयमा पुनःनिर्माण हुँदै मन्दिरले अहिलेको स्वरुप पाएको खड्काको भनाइ छ । “बागलुङ कालिका भगवतीसँग ठूलो आस्था र महिमा जोडिएको छ”, उहाँले भन्नुभयो, “यहाँ महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा हुन्छ, कालिका देवीको पूजाअर्चना गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।” बर्सेनि बडादसैँ र चेतेदसैँमा मन्दिरमा विशेष मेला लाग्छ ।

खड्काले कालिका भगवतीको महिमा र महत्व बढ्दै गएपनि मन्दिरसँग जोडिएको चैतेदसैँ मेलाले भने आफ्नो मौलिकता गुमाउँदै गएको धारणा राख्नुभयो । “पहिलेपहिले जस्तो चैतेदसैँ मेलाको रौनकता त छैन, तैपनि गुठी समितिले परम्परा धान्न केही प्रयास गरेको देखिन्छ”, उहाँले भन्नुभयो, “इतिहास बोकेको मेला भएकाले यसको जगेर्ना गर्नु आवश्यक छ, नयाँ पुस्तालाई पनि संस्कृतिको महत्व बुझाउनुपर्छ ।”

अहिले पनि चैत्राष्टमी मेला पारेर ग्रामीण भेगबाट ठेकाठेकी, डालाडाली, नाङ्ला आदि सामग्री बेच्न व्यापारी बागलुङ बजार आउने गर्छन् । उनीहरुले मालसामान बेचेर वर्षभरिलाई घरखर्च जुटाउँछन् । बडिगाड गाउँपालिका–४ जलजलाका शशिराम विकले विगत ३५ वर्षदेखि निरन्तर चैतेदसैँ मेलामा डालाडाली र नाङ्ला बेच्न आइरहेको सुनाउनुभयो ।

“कुनै वर्ष राम्रै व्यापार हुन्छ, कहिले ठिकठिकै हुन्छ”, उहाँले भन्नुभयो, “पाँच/सात दिनसम्म बजारमै बसेर सबै सामान बिक्री भएपछि बल्ल घर फर्कन्छौँ ।” गाउँका व्यापारीले लेकाली भेगमा पाइने निगालाको चोयाँबाट बन्ने स्थानीय उत्पादनलाई मेलामा बिक्री गर्दै आएका छन् । कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले चैतेदसैँको नवरात्रभर लाखौँ भक्तजनले मन्दिर तथा मेलाको अवलोकन गर्ने बताउनुभयो ।

“देशका विभिन्न भूभागदेखि भारतसम्मका धार्मिक पर्यटक कालिका मन्दिर दर्शनका लागि आउने गर्छन, अहिले पर्यटकीय याम पनि चलिरहेकाले कालिका भगवतीमा धार्मिक पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ”, उहाँले भन्नुभयो, “कालिका भगवती मन्दिर नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठका रुपमा चिनिन्छ ।” यसपालि पनि चैतेदसैँ (चैत्राष्टमी पर्व)को अवसर पारेर मन्दिर परिसरमा मेला आयोजना गरिएको छ ।

गत चैत ३० गतेदेखि सुरु भएको मेला आउँदो बिहीबारसम्म चल्ने अध्यक्ष खड्काले जानकारी दिनुभयो । मेलामा कला, संस्कृति, खेलकुद, व्यापार र पर्यटन प्रवद्र्धनका विविध गतिविधि समेटिएको उहाँको भनाइ छ । मेलास्थलमा स्थानीय उत्पादनको बिक्रीकक्षदेखि रमाइलो मेलासम्म राखिएको छ । परम्परागत रुपमा चल्दै आएका लोकदोहोरी, भलिबल, छेलोलगायतका प्रतियोगिताले मेलामा आकर्षण थपेका छन् । “चैतेदसैँ मेला बागलुङको पहिचानसँग जोडिएको छ, यो मेलाको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको उत्तिकै दायित्व छ”, अध्यक्ष खड्काले भन्नुभयो ।

Previous Post

काठमाडौँ उपत्यका विश्वको दोस्रो प्रदूषित शहर

Next Post

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष

सम्बन्धित खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In