• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेस नेतृत्वको वहसः गगनलाई बोक्दै देउवा !

by
३ बैशाख २०८१,
0
को बन्छ काँग्रेस संसदीय दलको नेता ? देउवा र थापाको यस्तो छ अंक गणित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसको १५औं महाधिवेशन आउन अझै धेरै समय बाँकी छ । तर वर्तमान सभापति शेरवहादुर देउवा विधानतः बाहिरीने भएपछि आगामी नेतृत्वको खोजीको बहस भने सुरु भैसकेको छ । कांग्रेसको नेतृत्व लिन करिव एक दर्जनभन्दा धेरै नेताहरुले आकांक्षा देखाएका छन । यद्यपी वर्तमान सभापति देउवाको साथ कस्ले पाउँछ उसलाई आगामी नेतृत्व लिन सहज हुने विश्लेषण कांग्रेसवृत्तमा छ । देउवाले आफुलाई सहज हुने पात्र छान्ने धेरैको वुझाई छ ।

त्यसैले उनले कोइराला परिवारकै डाक्टर शशांकलाई छान्न सक्ने अनुमान गरिएको भएपनि उनि कोइराला परिवारका भएको तथा महाधिवेशनमा कोइराला परिवार एक हुनसक्ने वुझेका देउवालो गगन थापालाई रोज्न सक्ने विश्लेषण सुरु भएको छ । महाधिवेशन आउन अझै करिव २ वर्ष बाँकी रहेको भएपनि अहिले देखिनै नेतृत्वको वहस सुरु हुनुको कारण हो वर्तमान सभापति शेरबहादुर देउवाको विधानको व्यवस्था अनुसार वर्हिगमन । वर्तमान सभापति देउवा बाहिरीदै गर्दा उनले शक्तिमा रहिरहन आफ्ना विश्वासपात्र अनि सहज पात्रको खोजि गर्ने पक्का छ ।

अहिले कांग्रेसमा रहेका संस्थापन र संस्थापन इतर समूह १५ औ महाधिवेशनसम्म कायमै रहे इतर पक्षले नेतृत्व पाउन सक्ने विश्लेषण हुने गरेको छ । अहिले इतर पक्षबाट शेखर कोइराला वलियो दावेदार हुन । महाधिवेशन अगामै नेतृत्व फेनुर््पर्ने भन्दै वर्तमान महामन्त्री गगण थापा लगाएतले उनलाई साथ दिदै आएका छन । यद्यपी अर्को महाधिवेशनसम्म यो समूह एकै ठाउँमा रहने संभावना कम देखिन्छ । महाधिवेशनमा देउवाले आफ्नो उत्तराधिकारी खोज्दै गर्दा कस्तो पात्र छान्छन, त्यसले थप गुटको निर्माण गर्ने वा अहिलेको गुटमा समेत फेरवदल आउने पक्का छ ।

हालसम्म कांग्रेसमा विकसित राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने देउवाले उत्तराधिकारीका रुपमा शशांक कोइरालालाई सार्न खोजेको देखिन्छ । देउवाको ग्रिन सिग्नल पाएका कोइरालाले गतिविधि समेत बढाएका छन । त्यसो त कोइराला नेपाली कांग्रेसको महामन्त्री हुँदा देउवाको सहयोगी भएको आरोप समेत खेपेका नेता हुन ।उनी महामन्त्रीको कार्यकालभर निष्क्रिय जस्तै भएका थिए । जसका कारणले शशांकले पार्टीको मूल नेतृत्वमा आउने इच्छा त्यागेका हुन कि भन्ने आशंका गर्न थालिएको थियो । यद्यपी हालै सम्पन्न कांग्रेसको महासमिति बैठकपछि भने उनि देश दौडाहामा निश्किएका छन ।

महासमिति बैठकपछि उनले आयोजना गरेको चियापानमा सभापति देउवाले सवैलाई मिलाएर लैजान सक्ने छमता भएको नेता भनेर प्रशंसा समेत गरेका थिए । देउवाको यस्तो धाप पाएका कोइरालाले समेत सक्रियता बढाएपछि उनलाई देउवाको उत्तराधिकारीका रुपमा वुझ्न थालिएको छ । तर राजनीति सरल रेखामै हुन्छ भन्ने छैन । शशांक सहज पात्र भएपनि कोइराला परिवारका उनि शेखर कोइराला तिर नलाग्लान भन्न सकिन्न । १४औं महाधिवेशनपछि पनि आफूलाई निरन्तर सहयोग गर्दै आएकाले देउवाले शशांकलाई नै अगाडि सार्ने सम्भावना बढेर गएको धेरैको अनुमान छ । शशांकले कांग्रेसभीत्र एउटा समूहले उठाउँदै आएको हिन्दू राज्यका विषयमा समेतसमर्थन जनाएका छन ।

सभापति देउवाले आफ्नो उत्तराधिकारीका रुपमा शशांकलाई अगाडि बढाउँदा सबैभन्दा बढी सहज हुने र बीपी कोइरालाको लिगेसी पनि हुने विश्लेषण देउवाका विश्वासपात्रहरूको छ । बीपी कोइरालाका पुत्रलाई पार्टीको विरासत सुम्पँदा शशांक सभापतिमात्रै हुने छैनन पार्टी सञ्चालनमा देउवाकै हालिमुहाली चल्ने उनका विश्वासपात्रहरूको विश्वास छ । तर सभापति देउवालाई कोइराला परिवार एकै ठाउँमा आउने संभावनाले भने झस्काएको छ । आफुले शशांकलाई अघि सार्ने तर उनि नै कोइराला परिवारका अन्य सदस्यसंग मिले देउवालाई अप्ठेरो पर्नसक्ने समेत देउवाले वुझेका छन । त्यसो हुँदा वर्तमान महामन्त्री गगन थापा उनको रोजाइमा पर्न सक्ने विश्लेषण समेत सुरु भएको छ ।

गगन थापालाई अघि सार्दा चुनाव समेत जित्न सजिलो हुने छ । त्यसो त अहिले देउवालाई सघाउदै आएका विश्वासपात्र अनि उनकै टीममा रहेका पूर्णबहादुर खडका लगाएत पनि सभापतिका आकाक्षी हुन । तर खड्कालाई महाधिवेशनमा जित निकाल्न सहज छैन । खड्कालाई उनकै समूहका धेरैले नसघाउने विश्लेषण देउवा समूहमा छ । त्यसैले उपयुक्त पात्रको खोजिमा देउवा छन । आफूले समर्थन गरेको टीम जिताउन मात्र होइन देउवा आफ्नो वर्हिगमन हँुदै गर्दा श्रीमति आरजु देउवालाई पदाधिकारीमा ल्याउन चाहन्छन । महामन्त्री गगन थापाको टीममा राखेर महाधिवेशनमा जादा आरजुलाई स्थापित गर्न सहज हुने देउवाको वुझाई रहेको समेत कांग्रेसवृत्तमा चर्चा छ ।

त्यसो त केहि समय पहिले फरक गुटमा रहेको तथा आफुसंगै रहेका शेखर कोइरालालाई समेत निकट बनाउन खोजेको चर्चा हुने गरेको थियो । यद्यपी अहिले त्यो अवस्था देखिदैन । देउवाले शेखरलाई कोइरालालाई उत्तराधिकारी बनाउँदा पनि उनको गुटका सबै नेताहरूले मान्ने अवस्था छैन । अझै महाधिवेशन आउन धेरै समय बाँकी रहेकोले देउवाले यसै गर्छन र कांग्रेसको आगामी नेतृत्व फलानोकै हातमा जान्छ भनेर भन्न सकिने अवस्था नरहेको भएपनि महामन्त्री थापा समेत नेतृत्व पाउँने भएमा गुट परिवर्तन गरेर देउवा खेमामा जानसक्ने कतिपयको आकलन छ । त्यसो हुँदा अहिलेनै देउवाको उत्तराधिकारी को हुन्छ भन्न नसकिएपनि शशांक, गणग वा शेखर नै पनि देउवाको रोजाइमा पर्न सक्ने धेरैको अनुमान छ । यस्तै होला भन्न नसकिएपनि देउवाले फरक पात्र छनौट गर्ने धेरैको विश्लेषण छ ।

Previous Post

मुगुका ऊर्जा विकास कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Next Post

पश्चिम एसिया क्षेत्रको घटनाक्रममा चिन्तित छौँः परराष्ट्र

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदनमा अमेरिकालाई नेपालले पठायो कूटनीतिक नोटमा के उल्लेख छ ?

पश्चिम एसिया क्षेत्रको घटनाक्रममा चिन्तित छौँः परराष्ट्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In