काठमाडौँ– इनुमा राईद्धारा निर्मित झर्ना डकुमेन्ट्री नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री घोषित भएको छ । उक्त डकुमेन्ट्री जलवायु सम्बन्धी रहेको छ ।
काठमाडौँ स्थित अष्टे«लियाली दुताबासले आर्थिक सहयोगमा निर्मित उक्त डकुमेन्ट्री उत्कृष्ट भएकोमा दुताबासले खुसी व्यक्त गरेको छ । उक्त डकुमेन्ट्री मानव अधिकार चलचित्र केन्द्र र अष्टे«लियाली दुतावासबीच भएको सहकार्यको एक हिस्सा हो ।
अष्टे«लियाली दुताबासले महिला र केटीहरूमा जलवायु परिवर्तनको प्रभावका बारेमा कथाहरू उत्पादन गर्न उदीयमान फिल्म निर्मातासँग सहकार्य गर्दै आएको छ ।













