• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !

    बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

    फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

    पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सडक पहुँचले नागरिकको जीवनशैली फेरिँदै

by
२६ चैत्र २०८०,
0
सडक पहुँचले नागरिकको जीवनशैली फेरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन (बागलुङ)। करिब एक दशकअघिसम्म बागलुङका धेरै बस्तीमा मोटरेबल सडकको पहुँच नै थिएन । केही बजारी क्षेत्रमा कच्ची सडकको पहुँच पुगे पनि ग्रामीण क्षेत्रमा यातायतको सुविधा पुग्न सकेको थिएन ।

सङ्घीयता कार्यान्वयनपछि स्थापना भएको स्थानीय तहले पहिलो प्राथमिकतामा सडकमार्गलाई राखेपछि यतिबेला यहाँका १० वटै पालिकाका बस्तीमा सडकको पहुँच पुगेको छ । दुरदराजका बस्तीसम्म सडक पु¥याएपछि अहिले केही विकट बस्तीमा बाहेक अधिकांश स्थानमा गाडी गुड्न थालेका छन् । घरै अगाडिबाट गाडी गुड्न थालेपछि यहाँका पाका मानिसहरु दङ्ग छन् ।

जिल्लाको सबैभन्दा विकट मानिने निसीखोला, तमानखोला, ढोरपाटन, ताराखोला लगायतका क्षेत्रमा कच्ची मात्रै होइन पक्की सडक पनि धमाधम निर्माण भइरहेका छन् । जसले स्थानीयको जीवनस्तरनै बदलिन थालेको छ । ढोरपाटन नगरपालिका–६ पुरानो गाउँमा चालु आर्थिक वर्षमा पहिलो पटक मोटरबाटो पुग्यो । यसभन्दा अगाडि बजारबाट सामान ढुवानी गर्न घोडा खच्चडकै भरपर्नु पर्ने स्थानीयको बाध्यता हट्यो ।

निकै विकट मानिने पुरानो गाउँमा ढोरपाटन नगरपालिकाले यसवर्ष करिब २० लाखको लागतमा सडक निर्माण गरेको हो । करिब एक घण्टाको दुरीमा रहेका गाडीखोला र मोराङ गाउँमा वर्षौँ पहिले सडक पुगे पनि पुरानो गाउँमा पुग्न सकेको थियो ।

गाउँमा सडक पुगेपछि हिजोआज दैनिक गाडी गुड्न थालेका छन् । गाउँमा सडक पुग्नुभन्दा पहिले यहाँका हजारौँ नागरिकले बजारबाट सामान ढुवानी गर्दा साह्रै समस्या खेप्ने गरेको भन्दै गाउँमा कोही बिरामी पर्दा बोकेरै अस्पताल पु¥याउनुपर्ने बाध्यता थियो ।

मोटरबाटोले स्थानीयवासीको वर्षौंदेखिको समस्या समाधान गरेको स्थानीय कुलबहादुर बढा मगरले बताए । गाउँमा अधिकांश स्थानीय कृषि र पशुपालनमा आवद्ध रहेको हुँदा अब यहाँ उत्पादन भएका वस्तु बजारसम्म पु¥याउन र बजारबाट सामान ल्याउन सहज हुने बुढा मगरको भनाइ छ । अब दोकानबाट सामान ल्याउन मान्छेले बोक्नु नपर्ने उनी बताउँछन् । यसभन्दा अगाडि छिमेकी गाउँमा सडक आएको सुनाउँदै यसवर्ष बल्ल सरकारले यस क्षेत्रका नागरिकको समस्या बुझेर सडक पु¥याइदिएको बुढा मगरको भनाइ छ ।

उनले भने, “यो गाउँमा धेरै पहिलेनै सडक आउनुपर्ने हो तर विकटताका कारण अहिलेसम्म जोडिन सकेको थिएन, गाउँलेहरुले धेरै पटक सरकारलाई आग्रह गरेका थिए, यसपाली बल्ल आयो, धेरै खुसी लागेको छ, हामी वन जङ्गलमा घाँस दाउरा गर्ने, पशु पाल्ने र खेती किसानी गर्नेलाई बजार जाँदाआउँदा गाडीको सुविधा हुने भयो, पहिला सबै सामान बोकेर ल्याउँथ्यौँ, बजारमा पुग्न तीन÷चार घण्टा लाग्थ्यो अब त छिट्टै पुग्न सकिने भयो ।”

ताराखोला गाउँपालिका–५ मदमडाँडामा सडक पुगेको तीन वर्ष भयो । सडक पुगेपछि अहिले स्थानीयवासीले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न पाएका छन् । जिल्लाको विकट गाउँ मानिने मदमडाँडामा लामो समयपछि सडक पुग्दा स्थानीयको दैनिकीनै बदलिएको छ । म्याग्दीको सिमानासँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ । स्थानीय सरकार आउनुपूर्व मदमडाँडासँगै ताराखोला गाउँपालिकाले धेरै गाउँमा सडक पुगेका थिएनन् ।

गाउँपालिकाले अहिले गाउँसँगै अधिकांश बस्तीमा समेत सडक पु¥याएको छ । बस्तीमै सडक पुगेपछि स्थानीयवासी खुसी भएका छन् । गाउँमा सडक आएपछि गाउँलेहरुले जीवनशैलीनै बदलिएको स्थानीयवासी प्रेमबहादुर घर्तीले बताए । बजारभन्दा गाउँ निकै टाढा हुँदा यहाँका सयौँ नागरिकले घण्टौँ लगाएर नून, तेल जोहो गर्नुपरेको घर्तीले स्मरण गर्दै अहिले घर–घरमा दोकान खुलेको उनी बताउँछन् । ताराखोला गाउँपालिका आलु र भाँगो उत्पादनमा उर्वर मानिन्छ । गाउँ बस्ती सडक सञ्जालले जोडिएपछि यहाँ उत्पादन भएका कृषि उपज वस्तु बजारीकरणमा सहज भएको उनको भनाइ छ ।

सडकको पहुँच नहुँदा किसानले उत्पादन गरेका आलु, सिमी र भाँगो बजारमा बिक्री गर्न सकिएको थिएन । तर अलिहे सहज भएको घर्तीको भनाइ छ । “यो गाउँभन्दा तल फेँदी छ, त्यहाँ त १० वर्ष अगाडि सडक आएको थियो, यहाँबाट फेँदी पुगेर सामान ल्याउने गथ्यौँ, त्यसभन्दा पहिला त बागलुङ बजार हटिया बजार जानुपथ्र्यो, त्यहाँ जान एक दिन लाग्ने गथ्र्यो, अहिले त सामान घरमै आउँछ, गाडी पनि गाउँमै आउँछन्, उतिबेला त महिनौँका लागि सामान बजार गएको बेला एकै पटक ल्याउनुपथ्र्यो, अहिले त्यो समस्या छैन” उनले भने ।

सडकले गाउँ मात्रै जोडेको छैन, यसले त गाउँलेलाई आम्दानीसँग जोडेको उनको बुझाइ छ । “ताराखोलामा धेरैजसो किसानको बसोबास छ, उनीहरुले धेरै थरीका खाद्यन्न उत्पादन गर्दै आएका छन्, अहिले पहिलेको जस्तो बिक्री नहोला भन्ने चिन्ता हुँदैन”, उनले भने ।

पछिल्लो समय बागलुङको १० वटा पालिकाका ८५ वटै वडा र बस्तीसम्म सडकको पहुँच पुगेको छ । कतै अहिलेसम्म नयाँ ट्र्याक खुलाउने चरणमा छन् भने कतै स्तरोन्नति हुन थालेको छ ।

विकट पालिकामध्ये तमानखोला गाउँपालिका पनि एक हो । तमानखोला गाउँपालिकाले ६ वटै वडाको बस्ती–बस्तीसम्म सडक पु¥याएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । उनले अघिल्लो कार्यकालदेखि नै सबै बस्तीमा सडक पु¥याउनका लागि ठूलो लगानी गर्दै आएको बताए । अहिले सडक नपुगेको बस्तीनै नभएको अध्यक्ष बुढा मगर बताउँछन् ।

उनी भन्छन्, “एकदेखि अर्को गाउँ पुग्न अग्ला–अग्ला पहाड छिचोल्नुपर्छ, खोलानाला पार गर्नुपर्छ । नागरिकको सहजताका लागि सडकको पहुँच हुनुपर्छ भन्ने हिसाबले लगानी गरिएको हो । अहिले सडकले नजोडिएको गाउँ छैन ।” उनका अनुसार बर्खामा यातायात सञ्चालन गर्न असहज भए पनि हिउँदमा कुनै समस्या छैन । सडकको पहुँचले नागरिकको दैनिकीसमेत बदलिएको छ ।”

Previous Post

गुगलले सूर्यग्रहणलाई विशेष ‘एनिमेसन’सहित देखाउने

Next Post

कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

सम्बन्धित खबर

३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !
आवाज

बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

९ असार २०८३,
फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा
आवाज

फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

९ असार २०८३,
भिरमा अल्झिएको भे‌डागोठालाको जीवन
आर्थिक

भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
फिचर-ब्यानर

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
फिचर-ब्यानर

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

९ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
फिचर-ब्यानर

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

९ असार २०८३,
Load More
Next Post
कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In