• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इन्धनको मूल्य बढेसँगै अमेरिकी मुद्रास्फीति उच्च

by
१७ चैत्र २०८०,
0
कति छ आजको विदेशी मुद्रा विनिमय दर ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।इन्धनको मूल्यवृद्धिका कारण गत महिना मुद्रास्फीतिको मापन उच्च भएको अमेरिकी केन्द्रीय बैङ्कले शुक्रबार प्रकाशित तथ्याङ्कले देखाएको छ । तथ्याङ्कले मुद्रास्फीति अझै पनि फेडरल रिजर्भको दुई प्रतिशतको दीर्घकालीन लक्ष्यतर्फ अन्यौलपूर्ण अवस्थामा रहेको देखाएको छ ।

उच्चस्तरको मुद्रास्फीतिको अङ्कले अमेरिकी राष्ट्रपति जो बाइडनको पुनः निर्वाचन अभियान टोलीमा चिन्ता सिर्जना गरेको छ । अमेरिकी सत्ताधारी दल डेमोक्र्याटिक पार्टीले अझै पनि अर्थतन्त्रप्रति शङ्का राख्ने उपभोक्ताहरूलाई विश्वस्त पार्ने प्रयास गर्दै अर्थव्यवस्था नोभेम्बरको मतदान अघि सही दिशामा जाँदैछ भन्ने देखाउने प्रयास गरिरहेको छ ।

व्यक्तिगत उपभोग खर्च (पीसीई) मूल्य सूचकाङ्क फेब्रुअरीमा वार्षिक २.५ प्रतिशतको दरले बढेको छ, जुन एक महिना अघिको तुलनामा ०.१ प्रतिशत बिन्दुले वृद्धि भएको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘डाउ जोन्स न्युजवायर्स’ र ‘द वाल स्ट्रिट जर्नल’ ले अर्थशास्त्रीहरूको सर्वेक्षणमा गरेको औसत पूर्वानुमानसँग यो आँकडा मिल्दोजुल्दो देखिएको छ । गत महिना वस्तुको मूल्य ०।५ प्रतिशतले बढेको छ भने सेवाको लागत ०.३ प्रतिशतले बढेको छ ।

प्राकृतिक इन्धन (पेट्रोलियम पदार्थ) को कारोबार गर्ने देशहरूको साझा संस्था ओपेक प्लस गठबन्धनले जूनको अन्त्यसम्म दैनिक आपूर्ति कटौती विस्तार गर्ने हालैको निर्णयसहित धेरै कारकहरूको पछाडि सामानको लागतमा फेब्रुअरीको अधिकांश वृद्धि ऊर्जा मूल्यहरूबाट आएको हो ।

मासिक आधारमा हेर्दा व्यक्तिगत उपभोग खर्चमा भएको मूल्य वृद्धि जनवरीको तुलनामा फेब्रुअरीमा केही कम अर्थात् ०.३ प्रतिशतले वृद्धि देखिएको छ ।

अक्सफोर्ड इकोनोमिक्सका माइकल पियर्सले ग्राहकहरूलाई लेखेको सूचनामा भनिएको छ, “श्रम बजारको अवस्था शिथिल हुनु, स्थिर मुद्रास्फीतिको अपेक्षा र भाडामा हुने सम्भावित अवमूल्यनले यस वर्षभरिमा मुद्रास्फीति अझै पनि केही कम हुने कुराले हामीलाई विश्वस्त बनाएको छ ।

उहाँले भन्नुभयो, “यो फेडलाई यस वर्षको अन्त्यमा केही नीतिगत कडाइ हटाउन सुरु गर्न विश्वास दिलाउन पर्याप्त हुनुपर्दछ, यद्यपि वास्तविक अर्थव्यवस्थाको लचिलोपनको कारण अर्थ नीति निर्माताहरू कुनै हतारमा छैनन् ।”

हालैको तथ्याङ्कले फेडका केही अधिकारीहरूलाई नीति निर्माताहरूले यस वर्ष तीन वटा ब्याज दर कटौती हुनसक्ने हालैको भविष्यवाणीमा प्रश्न उठाएका छन् । अमेरिकी केन्द्रीय बैंकले मौद्रिक नीतिलाई कडाइ गर्नबाट रोक्छ ।

फेडरल रिजर्वका गभर्नर क्रिस्टोफर वालरले बुधबार न्युयोर्कमा आयोजित एक सम्मेलनमा भन्नुभयो, “मेरो विचारमा, हालको तथ्याङ्कको प्रतिक्रियामा दर कटौतीको समग्र सङ्ख्या घटाउनु वा भविष्यमा थप धकेल्नु उपयुक्त छ ।”

प्रमुख अर्थशास्त्री क्याथी बोस्टजान्सिकले लेख्नुभएको छ, “फेब्रुअरी र जनवरीमा मुख्य वस्तु तथा सेवाको मुद्रास्फीतिको अवस्थामा देखिएको स्थिरताले पछिल्लो समय कम खराब मनोदशालाई फेड अधिकारीहरूले सही ठहराएको देखिन्छ ।”

Previous Post

मिनभवनको ४ रोपनी बढी जग्गा कब्जा प्रकरणमा रियल स्टेट सञ्चालक कालु गुरुङको कनेक्सन

Next Post

मङ्गोलियामा नौ प्रतिशतभन्दा बढी चौपायाको चिसोबाट मृत्यु

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
मङ्गोलियामा नौ प्रतिशतभन्दा बढी चौपायाको चिसोबाट मृत्यु

मङ्गोलियामा नौ प्रतिशतभन्दा बढी चौपायाको चिसोबाट मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In