• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नेपालीलाई युएईमा अलपत्र पार्ने मेनपावरलाई कारबाही गर्न दूतावासको सिफारिस

by
१४ चैत्र २०८०,
0
भिजिट भिसामा यूएई पुगेका नौ नेपाली ११ महिनादेखि जेलमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले वैदेशिक रोजगारीका लागि युएई पुगेका नेपाली युवालाई अलपत्र पार्ने मेनपावरलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

युएई पठाएर १९ नेपाली युवालाई अलपत्र पार्ने काठमाडौँस्थित मेची इन्टरनेशनल ओभर्सिज प्रालिलाई कारबाही गर्न दूतावासले वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँलाई पत्राचार गरेको हो ।

“नेपाली श्रमिक समस्यामा परेको खबर विभिन्न सञ्चार माध्यमबाट थाहा भएपछि समस्या समाधान गर्न दूतावासले कम्पनी र मेनपावर एजेन्सीसँग सम्पर्क गर्दा हप्ता दिनभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए”, श्रम सहचारी आविद अन्सारीले लेखेको पत्रमा भनिएको छ, “तर अहिले पनि समस्या जस्ताको त्यस्तै रहेको तथा समस्या समाधानका लागि कुनै पनि पहल नगरेको देखिएकाले मेनपावर तथा कम्पनीलाई आवश्यक कारबाही गर्न आदेशानुसार अनुरोध छ ।”

मेची इन्टरनेशनल ओभर्सिजका एजेन्टले क्लिनरको कामका लागि युएईको नूर अल अफ्सा क्लिनिङ सर्भिसेस ईष्ट र यूनिक स्टार जेनेरल सेक्युरिटी गार्ड सर्भिसेसमा पठाएको तर, कामदार करारनामा अनुसारको काम, तलब र सेवा सुविधा नपाउँदा नेपाली कामदार अलपत्र परेको खबर चैत–१ गते सार्वजनिक भएको थियो ।

कामदार करारनामा अनुसारको काम र पारिश्रमिक नपाउँदा खोटाङको जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका पर्शुराम राई र राजकुमार राई (एकाघरको दाजु/भाइ) सहित १९ जना नेपाली अलपत्र परेको खबर चैत–२ गते सार्वजनिक भएको थियो ।

खोटाङ्गे दाजुभाइ ९पर्शुराम दाजु र राजकुमार भाइ०सँगै अलपत्र पर्नेमा सुर्खेतका भविष्य जिसी, पाल्पा तिनाउका देवसिं सुनारी, नवलपरासीका सुनिल श्रेष्ठ, दैलेखका मनबहादुर शाही, धादिङका तिलकबहादुर सुनार, कपिलवस्तुका मनोज थारु, उदयपुर गाईघाटका किशोर खत्री, गुल्मी मुसिकोटका हिमाल सरतुंगे, कालीकोटका जितेन्द्र शाही, मोरङका करन सरदार, तेह्रथुमका लक्ष्मीप्रसाद दुलाल, झापाका मिश्रीलाल दास, सिन्धुपाल्चोकका खड्कबहादुर श्रेष्ठ, उदयपुरका मानबहादुर कार्की, गोरखाका आशबहादुर गुरुङ, मोरङका पदम नेपाल र नुवाकोटका लाक्पा तामाङ रहेका छन् ।

खाने बस्ने सुविधासहित मासिक युएई दिराम रु एक हजार एक सयदेखि रु एक हजार २०० सम्म तलब पाउनेगरी युएई लगिए पनि खानासहित मासिक रु नौ सय दिराम र आफ्नै खाना खानेलाई मासिक रु १०० दिराम दिने व्यवस्था थियो ।

आफूहरुले एजेन्टलाई जनही रु एक लाख ९० हजारदेखि रु दुई लाख २० हजारसम्म बुझाएर युएई पुगेको उनीहरुले बताएका छन् । युएईमा रहेका नेपालका सञ्जय थापा र भारतका नियासले अरु कम्पनीमा काम खोजेर केही दिन काम लगाउने, काम नभेटेसम्म कोठामै राख्ने गरेका थिए । नियमित काम नपाउने र कोठामा आफ्नै खाएर बस्नुपर्ने अवस्था देखेपछि युवा मिडियाको सम्पर्कमा पुगेका थिए ।

मेची इन्टरनेशनल ओभर्सिज प्रालिका अध्यक्ष राजकुमार चौधरीले सम्झौता अनुसारको सेवा सुविधा उपलब्ध गराउने ग्यारेन्टीका लागि फागुन–७ गते नूर अल अफ्सा क्लिनिङ सर्भिसेस ईष्ट र यूनिक स्टार जेनेरल सेक्यूरिटी गार्ड सर्भिसेजलाई पत्र पठाएका थिए । तैपनि कामदारको समस्या हल नभएको पीडितमध्येका पर्शुराम राईले बताउँदै आएका छन् ।

वैदेशिक रोजगार विभागले मेनपावरलाई लिखित जवाफसहित उपस्थित हुन चैत–६ गते निर्देशन दिएको थियो । कामदार करारनामा अनुसारको काम, तलब र सेवा सुविधा नपाएपछि आवाज उठाउँदै विभिन्न मिडियाको सम्पर्कमा पुगेका १९ युवालाई थापाले ‘आफ्नै गल्ती भएको उल्लेख गर्दै भिडियो र कागज’ बनाउन दबाब दिइरहेका छन् ।

अलपत्र युवाका अनुसार युएईमा सम्झौता अनुसारको काम र दाम नपाई दुःख पाइरहेका कैयौँ नेपाली छन् । उनीहरुको हकहितमा आवाज उठाइदिने कोही छैनन् । चार महिनादेखि आफूहरु युएईमा अलपत्र पर्दासमेत नेपाल सरकारले कुनै चासो नदिएको भन्दै उनीहरु आक्रोशित बनेका छन् । राजकुमार फेब्रुअरी १० तथा पर्शुराम फेब्रुअरी २३ तारिख वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेका हुन् ।

Previous Post

गाजा युद्धविरामका लागि वार्ता‘ जारी छः कतार

Next Post

धनगढी उपमहानगरपालिकाका मेयर हमालकी छोरी भेटिइन्

सम्बन्धित खबर

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
आवाज

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

९ जेष्ठ २०८३,
केपिलासगढीमा ‘मह सिकार महोत्सव’
आवाज

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

९ जेष्ठ २०८३,
सोलेडाँडामा ‘जडीबुटी पार्क’
आर्थिक

सोलेडाँडामा ‘जडीबुटी पार्क’

९ जेष्ठ २०८३,
आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत
फिचर-ब्यानर

आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

९ जेष्ठ २०८३,
दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख
आर्थिक

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

९ जेष्ठ २०८३,
अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा
अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

९ जेष्ठ २०८३,
Load More
Next Post
धनगढी उपमहानगरपालिकाका मेयर हमालकी छोरी भेटिइन्

धनगढी उपमहानगरपालिकाका मेयर हमालकी छोरी भेटिइन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In