• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी, इरानले चाहेमा वार्ता जारी रहने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साँगा–धुलिखेल सडकः खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ

by
१२ चैत्र २०८०,
0
साँगा–धुलिखेल सडकः खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ ।

तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको हो ।

सडक विस्तारका क्रममा बनेपा नगर र धुलिखेल नगरमा बिछ्याइएका खानेपानीका पाइप र ढल व्यवस्थापनमा कठिनाइ भएको छ । सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार यी दुई नगरमा सडकमुनि विभिन्न खानेपानी आयोजनाका पाइप र पुराना अव्यवस्थित ढलका पाइप बिछ्याइएकाले यसको व्यवस्थापनमा समस्या भएको छ ।

सूर्यविनायक–धुलिखेल कूल १५ दशमलव पाँच किलोमिटर लामो सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेलसम्म आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका एक वर्षअघि सुरु गरिएको थियो ।

आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी रहेको छ । विशेष गरी बनेपा नगरको मुख्य बजार क्षेत्र पुल बजारदेखि बुडोलस्थित चण्डेश्वरी खोलासम्मको तीन दशमलव दुई किलोमिटर सडक दायँबायाँ पुरिएका खानेपानी र ढल व्यवस्थापनमा चुनौती देखिएको इन्जिनियर खनालले बताए ।

धुलिखेल नगरमा एक किलोमिटर ढलको व्यवस्थापनमा बढी समस्या देखिएको छ । खानेपानी र ढलको व्यवस्थापन गर्नुपर्ने देखिएपछि धुलिखेल, बनेपा नगर तथा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई अनुरोध गरी हाल धुलिखेल नगर क्षेत्रभित्रका खानेपानी र ढल व्यवस्थापनको काम गरिरहेको इन्जिनियर खनालले बताए ।

धुलिखेलमा खानेपानीको व्यवस्थापनमा एक करोड तथा ढल व्यवस्थापनमा चार करोड खर्च हुने अनुमान गरिएको छ । सडक मापदण्डमा परेका खानेपानीका पाइप तथा घर स्थानान्तरण र भत्काउन सरोकारवालासँग विभिन्न चरणमा छलफल भएको छ ।

आयोजना कार्यालयका अनुसार उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार थालिएको हो । आयोजनाको सुरुआतबाट सूर्यविनायकदेखि धुलिखेलसम्मनै सडक छेउमा पर्खाल निर्माणको काम भइरहेको छ भने विभिन्न स्थानमा हाल कल्भर्ट निर्माणको काम थालिएको छ ।

उक्त सडकखण्डको भैँसेपाटीमा संरचना निर्माणार्थ खन्दा पुरातात्विक वस्तु फेला परेपछि पुरातत्व विभागको निर्देशनअनुसार केही भागको काम रोकिएको छ ।

पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाखको सम्झौता भएको इन्जिनियर खनालले बताए ।

साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटो दूरीको सिन्धुपाल्चोकको तातोपानी नाका केही महिनाअघि खुला भएपछि यस राजमार्गमा सवारी चाप बढेको छ ।

Previous Post

चन्द्रयान–३ ल्याण्डिङ साइटको नाम ‘शिव शक्ति पोइन्ट’

Next Post

बिक्दैनन् दारबाट बनेका ठेकाठेकी

सम्बन्धित खबर

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी, इरानले चाहेमा वार्ता जारी रहने

२७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

२६ असार २०८३,
व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
आर्थिक

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

२६ असार २०८३,
कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
आर्थिक

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

२६ असार २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
आवाज

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

२६ असार २०८३,
जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या
कृषि

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

२६ असार २०८३,
Load More
Next Post
बिक्दैनन् दारबाट बनेका ठेकाठेकी

बिक्दैनन् दारबाट बनेका ठेकाठेकी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In