• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

यस्तो छ खुम्बुको पर्यटन जोगाउने भरियाहरुको कथाव्यथा

by
८ चैत्र २०८०,
0
यस्तो छ खुम्बुको पर्यटन जोगाउने भरियाहरुको कथाव्यथा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सल्लेरी (सोलुखुम्बु) । टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरु सगरमाथा आधारशिविरतर्फको उकालो लाग्दै थिए । हिमालको चिसो हावा चलिरहे पनि चैतको चर्कँदो घामले उनीहरुको शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । त्यसमाथि उचाइ बढ्दै जाँदा एकोहोरो हिँड्न सकिने अवस्था थिएन ।

त्यसैले पर्यटकहरु लठ्ठीको साहारामा आधारशिविरको दूरी छोट्याउँदै गर्दा भरियाहरु नवराज विक, मिङ्मार तामाङ, जीवन कुलुङ, दारिन्जी शेर्पा र नवराज बस्नेत भने एकैछिन थकाइ मेट्न भारी बिसाए । विभिन्न देशबाट आएका पर्यटकहरु भरियाको सहारामा सगरमाथा आधारशिविर पुग्ने रहर पूरा गर्दैगर्दा उनीहरु भने घर खर्च जोहो गर्न पर्यटकसँगै उकालो लाग्दै थिए ।

विश्वका साहसिक पर्यटन रुचाउने अधिकांश पर्यटकका लागि सगरमाथा क्षेत्र ‘बकेटलिस्ट’को गन्तव्य भए पनि खुम्बु क्षेत्रमा उकालो लाग्दै गरेका यी र यी जस्तै भरियाका लागि भने यो आम्दानीको प्रमुख स्रोत हो । हजारौँ डलर खर्चेर सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकका साथरी भरियाका लागि भने यसै क्षेत्रमा भारी बोकेर दिनमा रु दुई हजार कमाउन पनि मुस्किल हुन्छ ।

‘आधार शिविरको ठाडो बाटो रित्तै हिँड्न त गाह्रो छ । त्यसमाथि ४० केजीको झोला बोकेर पर्यटकसँगै आधारशिविरसम्मको उकालो बाटो छिचोल्नु उत्तिकै कठिन पनि छ’, भरिया नवराज विकले भने, ‘जति उकालो लाग्दै गयो ‘अल्टिच्युड’ पनि बढ्दै जान्छ । कठीनाइ थपिँदै जान्छ । तर काम गरेअनुसारको पारिश्रमिक पाए त ती सबै दुःख बिर्सिन्थ्यो होला । तर सधैभरी त्यस्तो हुँदैन । तपाईंहरुले सोचे जस्तो राम्रो कमाइ पनि हुँदैन ।’

उमेरले ४० पुग्न लागेका विक यसैगरी खुम्बुमा पर्यटकको झोला बोक्न थालेको डेढ दशकभन्दा बढी भयो । सोलुखुम्बु महाकुलुङ गाउँपालिका–१ बुङका उहाँ पर्यटकको भारी बोकेरै घरखर्च चलाउँदै आएका छन् ।

तर ,यही भारी बोक्ने काम पनि वर्षभरी भने पाइँदैन । सगरमाथा क्षेत्र घुम्नका लागि दुईवटा याम राम्रो मानिन्छ । पहिलो असोजदेखि मंसिर र दोस्रो फागुनदेखि वैशाख । यी दुवै यामको सुरुआतमा लुक्लामा पर्यटक बाक्लिन थालेपछि विक जस्ता भरियाहरु काम खोज्दै खुम्बु क्षेत्र प्रवेश गर्छन् । अनी लुक्लाबाट पर्यटकको झोला बोकेर गन्तव्यसम्म पुग्न सहयोग गर्छन । उनीहरु सो ‘सिजन’भरी यसैगरी काम गर्छन् र पर्यटक पातलिन थालेपछि मात्रै घर फर्कन्छन् ।

‘श्रीमति र बालबच्चासहितको परिवार चलाउने खर्च यहीँ कमाउने हो । यहाँ काम नहुँदा घरमा कृषिलगायतको काम गर्छु । तर ज्यान जोखिममा राखेर सगरमाथाको ‘माइनस’ तापक्रममा काम गर्दा पनि खर्च धान्नै गाह्रो हुन्छ’, विकले पीडा सुनाए ।

विकका अनुसार दुई हजार आठ सय ६० मिटर उचाइको लुक्लादेखि पाँच हजार तीन सय ६४ मिटरको आधारशिविर पुग्न छदेखि सात दिनलाग्छ । त्यहाँबाट फर्कँदा दुईदेखि तीन दिन लाग्छ । यसरी उनीहरुले दैनिक रु एक हजार पाँच सयदेखि रु दुई हजारका दरले औसतमा एक टोली पर्यटकलाई सेवा दिँदा रु १८ हजारदेखि रु २० हजारसम्म कमाउँछन् । कमाएको पैसा खाना र बस्नमा पनि खर्च हुन्छ । खर्च कटाउँदा हातमा बच्ने पैसाले पसिनाको मोल दिँदैन ।

विकका अनुसार सुम्बु क्षेत्र पर्यटकका लागि जति महङ्गो छ भरियाका लागि त्योभन्दा कम छैन । ‘भरियासँग कम पारिश्रमिकको मात्रै पीडा छैन । महङ्गो खाना र बासको राम्रो प्रबन्ध नहुनु पनि हाम्रा लागि पीडा नै हो’, उनले भने, ‘पर्यटक जसरी महँगा होटलमा कहाँ बस्न पाउनु । हामी त भट्टी खोज्दै हिँड्नुपर्छ ।’

विकको जस्तै पीडा उहाँसँगै थकाइ मार्दै गरेका मिङ्मारले पनि सुनाए । ‘ब्याकप्याकसँगै खानाका लागि घरमा भुटेको मकै, रोटी र आलु बोक्नुपर्छ । पारिश्रमिकले होटलको खाना खाने हो भने त कमाएको पैसा घर पुग्दैन’ उनले भने, ‘भीड बढ्यो भने त सुत्नको जोहो गर्न पनि गाह्रो हुन्छ ।’

उनका अनुसार खुम्बुको माथिल्लो क्षेत्रमा भरियाले एक छाक खानाको रु पाँच सयदेखि सात सयसम्म तिर्नुपर्छ । ‘दुःखअनुसारको पारिश्रमिक त कसैले पाउँदैनन् । त्यही कहिलेकाँही पाइने टिप्सले दुःख भुलाइदिन्छ’, हल्का थकाइ मेटिएको अनुहारमा हल्का मुस्कान छर्दै उनले भने ।

खुम्बुका लागि भरियाहरु सस्ता ढुवानीकर्ता हुन् । ‘सवारी गुड्ने सडकको सुविधा छैन । हेलिकोप्टर, याक र जोक्पेबाट ढुवानी गर्दा महँगो हुन्छ’, गोरक्सेपमा भेटिनुभएका भरिया जीवन कुलुङले भन्ने, ‘ढुवानीमै धेरै पैसा खर्च गर्ने भए भरियाको के काम रु’ खुम्बु क्षेत्रमा पर्यटकको भारी बोक्न ओखलढुङ्गा, खोटाङलगायतका जिल्लाबाट पनि यहाँसम्म भरिया आउने गरेको उनले सुनाए ।

भरियालाई छैन सम्मान
सगरमाथा क्षेत्रको पर्यटनमा भरियाको ठूलो भूमिका छ । पर्यटकहरु खुम्बु क्षेत्रमा रहँदासम्म भरियाहरु हरपल साथमै रहन्छन् । भरियाको अभावमा लुक्लादेखि गह्रौँ झोला बोकेर हिमाल चढ्नु जो कोही पर्यटकले सक्ने कुरा पनि हुँदैन । उनीहरु भरियाकै कारण पर्यटकले सगरमाथा क्षेत्र छिचोल्न पाउँछन् । कैयन अवस्थामा त यिनै भरियाकै कारण कैयन पर्यटकको ज्यान पनि जोगिएको छ । खुम्बुको हावापानीसँग परिचित भरियाकै कारण मृत्युको मुखबाट बाँचेर धेरै पर्यटक घर फर्केका पनि छन् ।

तर, भरियाहरुले सम्मान भने पाउन नसकेको भरिया दारिञ्जी शेर्पाको गुनासो छ । ‘हामीहरु दिनभर भारी बोकेर उकालो चढ्दछौँ । रात परेपछि बासको चिन्ताले सताउँछ’, उनले भने, ‘होटलमा बास बस्न मुस्किल हुन्छ । भारी बिसाउनेवित्तिकै बास खोज्दै भट्टी चहार्नुपर्छ ।’ कतिपय अवस्थामा त बास पाउन निकै सास्ती भोग्नु परेको शेर्पाको अनुभव छ ।

पर्यटकका लागि होटलमा सबै सुविधा भए पनि भरियाका लागि उचित व्यवस्था नभएका भरिया नवराज बस्नेतको तर्क छ । ‘होटल व्यवसायीहरुले हामी गर्ने व्यवहार चित्त दुख्दो हुन्छ । त्यो हामीले भोग्दै आएका छौँ । हामीलाई त लेक लाग्दा वा कुनै गाह्रो अवस्था हुँदा सहज उद्धार पनि नहुने अवस्था छ’, उनले गुनासो गरे ।

‘पोर्टर हाउस’ बन्दै
खुम्बु पासाङल्हामु गाउँपालिकाले हाल भरियाहरुसँग प्रतिव्यक्ति रु २५ का दरले शुल्क लिँदै आएको छ । तर भरियाहरुका लागि भने उचित बन्दोबस्न हुन सकेको छैन । गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले भरियाहरुका लागि उचित बन्दोबस्त नभएको स्वीकार गर्दै पालिकाले हालै ‘पोर्टर हाउस’ अर्थात् भरिया घरको अवधारणा अघि सारेको बताए ।

‘भरियाहरुका लागि सगरमाथा क्षेत्रका विभिन्न स्थानमा पोर्टर हाउस निर्माणको प्रक्रिया अघि बढिसकेको छ । जहाँ उनीहरुका लागि खान र बस्नको राम्रो प्रबन्ध हुनेछ’, उनले भने । पोर्टर हाउसमा भरियाले निकै कम शुल्कमा खाना र बस्न पाउने उनको भनाइ छ । ‘गाउँपालिकाले पोर्टर हाउस निर्माण सुरु गरिसकेको छ । केही महिनाभित्रै सञ्चालन गर्ने गरी काम भइरहेको छ’ उनले भने ।

खुम्बुको पर्यटन बचाउन भरियाहरुले गरेको योगदानलाई कदर गर्दै पोर्टर हाउस निर्माण सुरु गरिएको उनको भनाइ छ । हाल नाम्चे, लुक्लासहितका क्षेत्रमा भट्टी पसलहरु प्रशस्त भएकाले समस्या नभए पनि माथिल्लो क्षेत्र थामे, दिङबोचे, दिबुचे, थुक्ला, गोरक्सेपलगायतका स्थानमा भने भरियाले समस्या भोग्नुपरेको अध्यक्ष शेर्पाले बताए । भरिया घर सञ्चालनमा आएपछि भरियाको उक्त समस्या दीगो रुपमा समाधान हुने उनको विश्वास छ । –रासस

Previous Post

किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा

Next Post

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख २८ हजार नजीक

सम्बन्धित खबर

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
आर्थिक

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

२६ असार २०८३,
कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
आर्थिक

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

२६ असार २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
आवाज

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

२६ असार २०८३,
जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या
कृषि

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

२६ असार २०८३,
आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव
आवाज

आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

२६ असार २०८३,
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
आवाज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

२६ असार २०८३,
Load More
Next Post
सुनको मूल्यका सामान्य गिरावट

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख २८ हजार नजीक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In