• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

    गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

    सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

    सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

    दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

    दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    सम्पत्ति छानबिन आयोगसम्बन्धी सर्वोच्चको आदेश

    आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चैतभित्र विद्यालयमा पुस्तक पुर्‍याउन केन्द्रलाई मन्त्रालयको निर्देशन

by
७ चैत्र २०८०,
0
चैतभित्र विद्यालयमा पुस्तक पुर्‍याउन केन्द्रलाई मन्त्रालयको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई चैत मसान्तभित्र स्थानीय तहहरुमा विद्यालय तहको पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएको छ ।

कक्षा ५ देखि १० सम्मको एक करोड ७५ लाख थान पुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रलाई मन्त्रालयले विसं २०८१ वैशाख २ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नेगरि व्यवस्था गर्न निर्देशन दिएको हो । कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको निजी क्षेत्रलाई पनि सोहीअनुरुप गर्न निर्देशन दिइएको छ ।

जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले केन्द्रले १६ लाख थान पाठ्यपुस्तक मात्र छपाइ गर्न बाँकी रहेको भन्दै छपाइ भएका पुस्तकको ढुवानी सुरु गरिसकेको जानकारी दिए । मन्त्रालयको निर्देशन आउनु अघिनै पाठ्यपुस्तक छपाइ अन्तिम चरणमा पुगेको उनले बताए ।

छपाइ सकिएका पुस्तकहरु उपत्यका बाहेक सातवटै प्रदेशमा रहेका वितरण केन्द्र एवं कार्यालयमा दैनिक ढुवानी गर्ने कार्य भइरहेको झाले बताए । उनले मन्त्रालयको निर्देशन कार्यान्वयन हुने, पुस्तक अभाव हुन नदिने भन्दै चैत १५ गतेदेखि पाठ्यपुस्तक पालिकामा ढुवानी गरिने बताए ।

पहिलो चरणमा हिमाली, दोस्रो चरणमा पहाडी, तेस्रो चरणमा तराई र अन्तिम चरणमा उपत्यकाका जिल्लाहरुमा पुस्तक पुर्‍याउने गरी जनक शिक्षाले कार्य गरिरहेको प्रबन्ध निर्देशक झाले जानकारी दिए । उनले मन्त्रालयको निर्देशन अनुसार चैत्र मसान्तसम्म सबै स्थानीय तहहरुमा पुस्तक पुर्‍याउने गरी केन्द्रले काम गरिरहेको बताए ।

मन्त्रालयले पाठ्यपुस्तक छपाइ, ढुवानीलगायत कामको प्रगति विवरण दैनिक रुपमा साँझ ७ बजे भित्र मन्त्रालयमा पेस गर्न पनि केन्द्रलाई निर्देशन दिएको छ ।
यसअघि चैत १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले केन्द्रको अनुगमन गर्दै पुस्तक छपाइको अवस्थाबारे जानकारी लिनुभएको थियो । उनले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएका थिए ।

Previous Post

ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउने तयारी

Next Post

नबिल बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकटमा विशेष छुट

सम्बन्धित खबर

गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
आवाज

गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

२७ असार २०८३,
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व
आवाज

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

२७ असार २०८३,
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
आर्थिक

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

२७ असार २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

सम्पत्ति छानबिन आयोगसम्बन्धी सर्वोच्चको आदेश

२७ असार २०८३,
आवाज

आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

२७ असार २०८३,
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा
अन्तर्राष्ट्रिय

स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

२७ असार २०८३,
Load More
Next Post
नबिल बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकटमा विशेष छुट

नबिल बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकटमा विशेष छुट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In