• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डेङ्गुविरुद्ध सचेतनाः ‘खोज र नष्ट गर’ अभियान

by
६ चैत्र २०८०,
0
डेङ्गुविरुद्ध सचेतनाः ‘खोज र नष्ट गर’ अभियान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ।व्यास नगरपालिकाले डेङ्गुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि ‘खोज र नष्ट गर’ अभियान थालनी गर्न लागेको छ। गर्मी याम सुरु भएसँगै डेङ्गुको फैलने भएकाले नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गर्न लागेको हो।

नगरपालिकाको स्वास्थ्य शाखाले १४ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालाई परिपत्र गर्दै अभियान सञ्चालनका लागि निर्देशन दिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए।

गत वर्ष नगरभित्रका सबै वडाका क्षेत्रमा डेङ्गु ज्वरोको सङ्क्रमण फैली जनस्वास्थ्य समस्याको रूपमा रहेको विदितै रहेकाले यस वर्ष पूर्वतयारी अपनाउन आवश्यक रहेको सोतीले बताए।

वर्षायाम सुरु हुनु अगावै सजगता अपनाउनुपर्ने भएकाले डेङ्गु ज्वरो लाग्न नदिन पूर्वतयारी, रोकथाम तथा लामखुट्टे नियन्त्रणमा प्रभावकारी कार्य समयमा सञ्चालन गरी नागरिकको स्वास्थ्य सुरक्षाका लागि प्राथमिकतामा राख्नुपर्ने अहिलेको आवश्यकता रहेको सोतीको भनाइ छ।

उनले भने, ‘यस रोगको रोकथाम, नियन्त्रण र न्यूनीकरणका लागि सरोकारवालासँग समन्वय गरी जनस्तरसम्म सचेतनाका क्रियाकलाप गरी लामखुट्टेको बासस्थान र फूल पार्ने ठाउँ खोजी गरी लार्भा नष्ट गर्न खोज र नष्ट गर अभियान सञ्चालन गरिनेछ।’

अभियानका क्रममा आ–आफ्नो घर वरपर सरसफाइ गरी पानी जम्न नदिने, खाडल पुर्ने र टिनका डब्बा, टायर, गमला, फूलदानी, बाल्टीमा पानी जम्न नदिने अभियान सञ्चालन गरिने सोतीले जानकारी दिए।

त्यस्तै बिहान र साँझपख यो रोगको लामखुट्टे बढी सक्रिय हुने र टोक्ने हुँदा सकेसम्म घरबाहिर खेतबारी, हाँस, सुङ्गुर, बङ्गुर फार्ममा ननिस्कन आग्रह गरिएको छ।

स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले गत गर्मी महिनाको डेङ्क्रमणको अवस्थालाई ध्यानमा राखेर सबै स्थानीय तहले पूर्वतयारी थाल्नुपर्ने बताए।

एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो। यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ। यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेसी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन्।

Previous Post

आजको मौसमः पहाडी भू-भागका केही स्थानमा बर्षा हुने

Next Post

रुसी सेनामा कार्यरत थप १६ नेपालीको मृत्यु

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
रुसी सेनामा कार्यरत थप १६ नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप १६ नेपालीको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In