काठमाडौं । माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्ण बहादुर महरालाई प्रहरीले कपिलवस्तुबाट नियन्त्रण गरेर काठमाडौं ल्याएको छ ।यति एअरलाइन्सको विमानबाट उनलाई काठमाडौं ल्याइएको हो ।उनलाई केन्द्रिय अनुसन्धान ब्यूरोमा लगिँदै छ ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरालाई मुद्दा चलाउन सिफारिस गरेको आधारमा प्रहरीले आज उनलाई कपिलवस्तुबाट पक्राउ गरेको हो ।
जाँचबुझ आयोगको सिफारिसका आधारमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रबि लामिछानेले हिजो मात्र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई आयोगले दोषी ठह¥याएका महरासहितलाई पक्राउ गर्न निर्देशन दिएका दिएका थिए ।।
महराका छोरा राहुल महरा विद्युतीय चुरोट भेप मार्फत सुन तस्करीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।













