थोमस एल्वा एडीसन एक वैज्ञानिक थिए । त्यो बेलामा स्टोरेज ब्याट्री बनाउन लागेका थिए । पच्चीसौँ पटक उनले प्रयत्न गरे, तर उनी आफ्नो उद्देश्यमा सफल हुन सकेनन् ।
जब उनले छब्बीसौँ पटक प्रयत्न गर्न थाले तब एक मानिसले उनीसँग सोधे, तपाईंले यो बनाउने कोसिस पच्चीस पटक गरिसक्नुभयो तर असफल हुनुभइरहेको छ । यति समय र परिश्रम व्यर्थमा नगुमाउनुस् । यसबाट तपाईंले के ज्ञान पाउनुभयो ?
एडीसन मुस्कुराए र भने — २५ यस्ता तरिका जसले स्टोरेज ब्याट्री कुनै पनि हालतमा बन्न सक्दैन ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













