• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘चलचित्र ‘गोर्खा वारियर’मा पुर्खाले भोगेका वास्तविक घटना चित्रण’

by
३० फाल्गुन २०८०,
0
‘चलचित्र ‘गोर्खा वारियर’मा पुर्खाले भोगेका वास्तविक घटना चित्रण’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ब्रिटिस गोर्खा सैनिक ९बेलायती सेना०ले लडाइँमा भोगेका सत्य कथामा आधारित नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो दिक्तेलमा सुरु गरिएको छ।

खोटाङकै भूमिमा जन्मिएर ब्रिटिस आर्मी (बेलायती सेना) को विमान चालक क्याप्टेन रितेश चाम्सको मुख्य भूमिकामा निर्माण गरिएको चलचित्र ‘गोर्खा वारियर’ यही फागुन २८ गतेदेखि चैत १ गतेसम्म दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा विशेष च्यारिटी शोको व्यवस्था गरिएको हो।

दिक्तेलमा प्रदर्शन गरिएको चलचित्र गोर्खा वारियरको च्यारिटी शोको पहिलो दिन हल भरिएको आयोजक नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष फुर्वा शेर्पाले जानकारी दिए। चार दिनसम्म सञ्चालन हुने विशेष च्यारिटी शोअन्तर्गत हरेक दिन बिहान ११, अपराह्न २ र बेलुका ५ बजे गरी तीन शो राखिएको आयोजकले जनाएको छ।

खोटाङकै निर्माता र खोटाङकै नायकले तयार पारेको चलचित्र गोर्खा वारियरको विशेष च्यारिटी शोअन्तर्गत पहिलो दिनको शोमा जिल्लास्थित उच्चपदस्थ व्यक्त सहभागी थिए।

संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, जिल्लास्थित स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिलगायतले अवलोकन गरेका छन्।

चलचित्र गोर्खा वारियरले पुर्खाहरुले भोगेका वास्तविक घटनालाई चित्रण गरेको पाइएको संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का पोलिटब्यूरो सदस्य राईले बताइन्। चलचित्र गोर्खा वारियर पुर्खाका इतिहास बुझ्न भावी पुस्ताका लागि सजिलो भएको दर्शकले प्रतिक्रिया दिएका छन्।

चलचित्र गोर्खा वारियर पुर्खाहरुको वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर निर्माण गरिएको नायक क्याप्टेन रितेशले बताए। ‘चलचित्र गोर्खा वारियरमा ७० वर्षअघिको इतिहासलाई देखाउन खोजिएको छ, युद्धमा गोर्खाली सेनाले भोगेका वास्तविक कथावस्तुमा आधारित भएर चलचित्र निर्माण गरिएको हो’, उनले भने, ‘चलचित्रमा गोर्खाली सेनामा आबद्ध रहेकाहरुको जीवनको भोगाइ र पीडालाई समावेश गरिएको छ, चलचित्रमार्फत मौलिकपना देखाउन खोजिएको छ।’

चलचित्र गोर्खा वारियरका लागि सोलुखुम्बुका पहाडी क्षेत्र, सर्वोच्च शिखर सगरमाथा, सिन्धुलीको दरबार क्षेत्रका साथै मलेसियामा छायाङ्कन गरिएको छ। चलचित्र निर्देशक मिलन चाम्सले निर्देशन गरेको चलचित्र गोर्खा वारियर नेपालीले हेर्नैपर्ने चलचित्र बनेको निर्माता सुमन राईले दाबी गरे।

चलचित्रमा नायक क्याप्टेन रितेशसँगै नायिका रेविका गरुङ, विजय लामा, कविता आले, रिअर राई, सुरज तमु, भुवनसिं राई, त्रिछु राई, दिग्गज खत्रीलगायत कलाकारको अभिनय छ। चलचित्र गोर्खा वारियर ब्रिटिस एकेडेमी फिल्म एन्ड टेलिभिजन अवार्ड ९बाफ्टा० मा पहिलो चरणमा छनोट भएको चलचित्र हो।

गोर्खालीको इतिहास, बहादुरी, हाम्रा पुर्खाले भोगेको दुःख कष्ट र त्यसबेलाको नेपालको परिवेश झल्किने गरी चलचित्र गोर्खा वारियर निर्माण गरिएको निर्देशक मिलनले बताए।

‘विगतमा नेपालीहरुले गोर्खा लाहुरे हुनुपर्ने बाध्यतालाई चलचित्रको विषयवस्तु बनाइएको छ, चलचित्र गोर्खा वारियरमा अभिनय, कला र मार्सलआर्टसमेत समेटिएको छ’, उनले भने, ‘चलचित्र गोर्खा वारियर नेपाली चलचित्र इतिहासमै सबैभन्दा बढी लगानीमा तयार भएको चलचित्र हो, चलचित्र गोर्खा वारियरमा लगानी गरेअनुसार दर्शकको मन जित्न पनि उत्तिकै सफल भएको छ।’

लन्डनको आइम्याक्स सिनेमा घरमा प्रिमियर शो गरिएको चलचित्र गोर्खा वारियर फागुन ११ गतेदेखि देशभर प्रदर्शन भइरहेको जनाइएको छ। चलचित्र गोर्खा वारियर हङकङ, अमेरिका, दक्षिण कोरियालगायत ठाउँमा विशेष प्रिमियर शो गर्ने तयारी गरिएको निर्माता राईले जानकारी दिए।

Previous Post

मिथिला माध्यमिकी यात्राका सहभागी महोत्तरीमा

Next Post

अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई ७०० अर्ब अमेरिकी डलरको घाटा

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई ७०० अर्ब अमेरिकी डलरको घाटा

अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई ७०० अर्ब अमेरिकी डलरको घाटा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In