• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन

    ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ

    ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ

    शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट

    शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट

    स्याङ्जाको चराङमा फल्यो स्याउ

    स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

    अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

    अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

    मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

    मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मृगौला प्रत्यारोपणका लागि नेपाल मेडिसिटी

by
२९ फाल्गुन २०८०,
0
मृगौला प्रत्यारोपणका लागि नेपाल मेडिसिटी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – पछिल्लो समय नेपालमा मृगौला रोगको समस्या जटिल बन्दै गइरहेको छ । नेपालमा कूल जनसंख्याको १० प्रतिशत अर्थात करीब ३० लाख मानिसमा कुनै न कुनै रुपमा मृगौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छ । यी मध्ये तीन लाख मानिसको मृगौलाका दीर्घरोग रहेको छ । हरेक वर्ष नेपालमा मृगौलाका ३ हजार नयाँ बिरामीहरु डायलासिसका लागिथपिने गरेका छन् ।

दुबै मृगौला खराब भइसकेपछि गरिने डायलासिस पनि जिन्दगीभर गनुपर्ने हुन्छ र यसको उपयुक्त उपचार भनेकै मृगौला प्रत्यारोपणलाई मानिन्छ । तर प्रत्यारोपण गर्न बिरामीको घर जमिन बिक्री त हुन्छ नै तर समयमै प्रत्यारोपण गर्न अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था रहन्छ । यही समस्यालाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालमा २०७९ माघबाट मृगौला प्रत्यारोपण सेवा सुरु गरिएको छ । हालसम्म अस्पतालमा २३ जना बिरामीको मृगौलाप्रत्यारोपण गरिसकेको छ । अस्पतालमा १७वर्षको युवा देखि ६५ वर्षका बृद्धको सफल रुपमाप्रत्यारोपण गरिएको छ ।

बुटवल, पोखरा, काठमाडौं, रामेछाप, इलाम, दाङ, अर्घाखाँची, हेटौडा जस्ता ठाउँहरुबाट प्रत्यारोपणका लागि अस्पतालमा आउने गरेका छन् । प्रत्यारोपण भइसकेका बिरामीहरुमाआफ्नै आमाले छोरालाई, श्रीमान्ले श्रीमतीलाई र श्रीमतीले श्रीमान्लाई, भिनाजुले सालीलाई, सासूले ज्वाईंलाई र सानोबुबाले छोरीलाई मृगौलादिएका छन् । मृगौलादानगर्नेहरुमा १८ वर्षको दाता देखि ६५ वर्ष सम्मकादाताहरु रहेका छन्।

त्यस्तै, मृगौला दान गर्ने मामहिला बढि रहेका छन् । दान गर्नेमा १६ जनामहिला र ७जनापुरुष रहेका छन् भने मृगौला ग्रहण गर्नेमा१६ जनापुरुष र ७जनामहिला रहेका छन् । अस्पतालमा प्रत्यारोपण गर्न आएकाअधिकाशं बिरामीहरुको मृगौलाबिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको नेफ्रोलोजी तथा मृगौला प्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेलले बताए ।

“२३ जनामा अधिकाशं उच्च रक्तचाप र मधुमेहकै कारण मृगौला बिग्रेर उपचारका लागि आएका थिए । अर्को कारण भनेको ग्लोमेरुलो नेफ्राइटीस्, शरीरमा प्रोटिनको मात्रा बढि भएर लिकेज हुनथालेपछि मृगौला बिग्रेर जान्छ,” डा पौडेलले भने । यतिमात्र नभई प्रत्यारोपणका लागि विदेशबाट काम गरेर फर्केका व्यक्तिहरुको संख्यापनि बढेको छ । विशेषगरी खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा यो समस्या देखिएको छ । ५ जना मृगौला प्रत्यारोपण भएका व्यक्तिहरु कतार, दुवईबाट फर्केर उपचारका लागिआएका छन् ।

निकै गर्मीमा काम गर्ने तथापानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा मृगौलाको समस्या बढि देखिएको डा पौडेलले बताए । प्रत्यारोपण गर्न सरकारले पाँचलाखसम्मको उपचार खर्च प्रदानगर्ने गरेको छ । विभिन्न उपचार खर्च जोड्दा बिरामीकोे कूलखर्च ७ देखि ८ लाख पर्दछ । तर निकै लामो समय सम्म कुर्नुपर्ने अवस्था रहिआएको छ । नेपाल मडिसिटी अस्पतालमा प्रत्यारोपण देखि सम्पूर्ण उपचार खर्च १५ लाख सम्ममा हुने मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले बताए ।

“यहाँ ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ, जसका कारण मृगौला दातातथा ग्रहणकर्तालाई दुखाई पनिकम हुन्छ भने बिरामी चाँडै निको भएर घर जान पाउँछन्,” डा. काफ्लेले भने । मृगौलादाता ३ देखि ४ दिनमा र ग्रहणकर्ता ६ देखि ७दिनमा डिस्चार्ज हुने गरेका छन् ।

मृगौला प्रत्यारोपण गर्नु अगाडी धेरै थरीका टेस्ट गर्नुपर्ने हुन्छ । एउटै परिवारमा पनि मृगौलादिननमिल्ने हुन सक्छ । त्यसैले अस्पतालमा पिएर किड्नीएक्सचेन्जको पनि सुविधा रहेको छ । हालसम्म १५० भन्दा बढि बिरामीहरु प्रत्यारोपणका लागि अस्पताल आएकामध्येमात्र २३ जनाको सफलप्रत्यारोपण गरिएको हो भने ९ जनाप्रत्यारोपणका लागिकुरिरहेका छन् । उपचारका लागि अस्पतालमा भास्कुलर सर्जन, युरोलोजी, नेफ्रोलोजी , एनेस्थेसिया, ट्रान्सप्लान्स सर्जनको समूहमिलेर काउन्सिलिङ देखि अप्रेसन गर्ने गरिएको छ ।

विश्व मृगौला दिवसको अवसरमा मृगौला रोगको निदान तथा उपचारमा सम्पूर्ण नागरिकको सम्मानपहुँच रहेकोमा यस अस्पतालबाट पनि सकेसम्म धैरै भन्दा धेरै मृगौला रोगीहरुको पहिचान गर्न सर्वसुलभ तथा साधारण नागरिकको पनि पहुँचमा पुग्नेगरी उपचार विधिहरु अपनाइएको छ ।

Previous Post

कर्णालीबाट ३२ सय क्विन्टल जडिबुटी निकासी

Next Post

राष्ट्रसंघले हाइटीबाट फिर्ता बोलायो आफ्ना कुटनीतिज्ञ

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन

२७ असार २०८३,
ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ
आर्थिक

ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ

२७ असार २०८३,
शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट
आर्थिक

शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट

२७ असार २०८३,
स्याङ्जाको चराङमा फल्यो स्याउ
आर्थिक

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

२७ असार २०८३,
अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती
आर्थिक

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

२७ असार २०८३,
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
आवाज

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

२७ असार २०८३,
Load More
Next Post
रुसले युक्रेनमा ७७ नागरिकलाई मृत्युदण्ड दिएको राष्ट्रसङ्घको दाबी

राष्ट्रसंघले हाइटीबाट फिर्ता बोलायो आफ्ना कुटनीतिज्ञ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In