• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

विभेदलाई जित्न हिँडेका दाहालको जनयुद्धदेखि राष्ट्रिय सभा अध्यक्षसम्मको यात्रा

by
२९ फाल्गुन २०८०,
0
विभेदलाई जित्न हिँडेका दाहालको जनयुद्धदेखि राष्ट्रिय सभा अध्यक्षसम्मको यात्रा

काठमाडौँ ,२९ फागुन : राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष-दाहाल राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाल । तस्बिर : प्रदीपराज वन्त/रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । परिपक्व राजनीतिज्ञ नारायणप्रसाद दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका छन् । लामो राजनीतिक जीवन व्यतित गरेका दाहाल साझा जीवन, उच्च विचारले प्रेरित व्यक्तित्व हुन् ।

कास्कीको ढिकुरपोखरीमा बुबा कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालका जेठो सन्तानका रुपमा दाहालको जन्म विसं २०१२ साल चैत १६ गते भएको हो । माओवादीभित्र उनलाई ‘सरल’ नामले चिनिन्छ ।

माओवादी जनयुद्धलाई सफल बनाउन सक्रिय र ठूलो योगदान पुर्याउने योद्धा हुन् दाहाल । बाल्यकालदेखि नै कम्युनिष्ट पार्टीप्रतिको आस्था राखेका दाहाल विद्यार्थी जीवनमै पार्टीको सक्रिय सदस्यका रुपमा क्रियाशील भए ।

पार्टीका कामका लागि प्रवासमा अनेकौँ पीडा, कष्ट र हण्डर सहँदै नेपाली जनयुद्धलाई राजनीतिक, वैचारिक, साङ्गठनिक काममा सक्रिय हुँदै आर्थिक र भौतिक साधन स्रोत जुटाएर सफल बनाउन दाहालले अतुलनीय योगदान पुर्याएका थिए ।

विसं २०१९ उनि सात वर्षको हुँदा नै परिवार चितवन बसाइँसराइ गरेको थियो । उनले शिवनगरको नारायणी माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरे दाहाल विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय भए । उनि बाल्यकालमै कम्युनिष्ट पार्टीप्रति आस्थावान् बनेका थिए । कम्युनिष्ट पार्टी सत्तामा आएपछि सबै नागरिक बराबर हुन्छन् र कसैप्रति विभेद हुँदैन भन्ने चेतनाले आफूलाई कम्युनिष्ट पार्टीप्रति आकर्षित गरेको उहाँले सार्वजनिक रुपमा बताए ।

कम्युनिष्ट पार्टीप्रतिको आकर्षण बढिरहेको अवस्थामा बजारका पुस्तक पसलमा समेत कतिपय चिनियाँ कम्युनिष्ट पार्टीका प्रकाशनहरु निःशुल्क र कतिपय पुस्तकहरु सस्तो मूल्यमै पाइन्थ्यो । विद्यार्थीकालमा नै दाहाललाई धेरै चिनियाँ कम्युनिष्ट पार्टीका ‘चीन सचित्र’, ‘रेडबुक’ जस्ता पुस्तकले थप प्रेरित गरेको थियो । विसं २०२७ जेठ १ मा विद्यार्थी दिवसका अवसरमा अनेरास्ववियूद्वारा आयोजित कार्यक्रममा नेपाल कम्युनिट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै दुई घन्टा हिँडेर जुलुस र कार्यक्रममा सहभागी हुनुभएका दाहाल दाजुभाइ दुवैले सोही दिन सँगै अनेरास्ववियूको सदस्यता लिएका थिए ।

माध्यमिक विद्यालय पढ्दै अनेरास्ववियूमा आबद्ध दाहालले २०३१ सालमा वीरेन्द्र क्याम्पस भरतपुरमा अध्ययन गर्न थालेपछि नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहको पार्टी सदस्यता लिए । तीन सदस्यीय स्थानीय पार्टी युनिट गठन गरी दाहाल पार्टी गतिविधिमा सक्रिय बने ।

विसं २०३६ मा स्नातक तह उत्तीर्ण गरेपछि एरिया पार्टी कमिटीको कोषाध्यक्ष चयन भए । सो कमिटीमा एक वर्ष काम गर्नुभएका दाहाललाई मोहनविक्रम सिंहको सल्लाहअनुसार नै पूर्णकालीन सदस्य भई भारत प्रवासको जिम्मेवारीमा काम गर्न पुगे ।

अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सह–सचिव, कोषाध्यक्ष र सचिव हुँदै २०३८ सालदेखि समाजको केन्द्रीय सचिव हुँदै दोस्रो सम्मेलनपछि महासचिव र अध्यक्षको जिम्मेवारी बहन गर्दै दाहाल पार्टी सङ्गठन विस्तारमा समर्पित रहे । सङ्गठनको मुखपत्र नेपाली एकता प्रकाशन गरी भारतमा रहने नेपालीबीच राजनीतिक कार्य अगाडि बढाउन मुख्य भूमिका खेले ।

विसं २०३७ देखि पार्टीको पूर्णकालीन सदस्य बनेका दाहालले निरन्तर १८ वर्ष अखिल भारत एकता समाज र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरे । नवनिर्वाचित अध्यक्ष दाहालले २०५७ सालदेखि पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाले ।

विसं २०४६ देखि नेपाल फर्किएर पार्टी आन्दोलनमा योगदान गर्ने उद्देश्यले नेपाल फर्किएका दाहाल प्रवासको पार्टी गतिविधिमा कमी आएपछि पार्टी केन्द्रको निर्देशनमा पुनः भारत गए । सशस्त्र सङ्घर्ष उत्कर्षमा चल्दै गरेको बेला २०६० मा पार्टी निर्देशनमै नेपाल आएका दाहालले भेरी–कर्णाली क्षेत्रका विभिन्न तीन जिल्लाको पार्टीको जिम्मेवारी पूरा गरे । उनले कास्कीको समेत जिल्ला इञ्चार्जको भूमिका निर्वाह गरे । यस्तै, काठमाडौँ उपत्यकाभित्रका तीन जिल्ला इञ्चार्ज र उपत्यका आसपासका विभिन्न जिल्लाको समेत जिल्ला इञ्चार्जको भूमिकाा निर्वाह गर्नुभएका दाहाल जनतासँग जोडिएका नेताका रुपमा स्थापित थिए ।

तत्कालीन नेकपा माओवादीको मुख्य राजनीतिक ‘एजेन्डा’ मानिएको संविधानसभामार्फत नयाँ संविधान बनाउने उद्देश्य पूरा गर्न गठन गरिएको व्यवस्थापिका–संसद् २०६३ मा उनि सदस्यका रुपमा भूमिका निर्वाह गरे । विसं २०६४ को संविधानसभा सदस्यको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्यमा निर्वाचित बनेका दाहालले नेपालको ऐतिहासिक संविधानसभामार्फत समाजवाद उन्मुख संविधान निर्माणमा महत्वपूर्ण योगदान पु¥याए । अध्यक्ष प्रचण्डको दोस्रो प्रधानमन्त्रीकालमा दाहालले प्रधानमन्त्री कार्यालयमा प्रमुख प्रशासनिक सल्लाहकारको भूमिकासमेत कुशलतापूर्वक निर्वाह गरे ।

परिवारका सबै सदस्य पूर्णकालीन रुपमा विभिन्न सङ्गठनमा क्रियाशील गराउनुभएका दाहालले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने विषय नै प्रमुख विषय भएको बताउँछन् । विशेषगरी पदलाई भन्दा जिम्मेवारीलाई महत्वपूर्ण ठान्ने दाहाल पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी पनि इमान्दारीपूर्वक निर्वाह गर्नुभएको उनका सहकर्मीहरु बताउँछन् । उनले एउटा प्रसङ्गमा भनेका थि, “म निष्पक्ष ढङ्गले पार्टीले खटाएको काम गर्छु, निष्ठाको राजनीतिमा विश्वास गर्छु, पार्टी ‘कमान्ड’को निर्देशन पालना गर्छु, मेरो इतिहासमा बेइमान भन्ने चाहिँ हुँदैन ।”

विधिमा पार्टी चल्ने कुरालाई आदर्श मान्ने दाहाल कम्युनिष्ट आचरणलाई प्रेरित गर्ने कुरामा विश्वास गर्छन् । पार्टीलाई जनमुखी बनाउनुपर्ने धारणा राख्नुहुने दाहाल जनतालाई उचित लागेको कुरामा निरन्तर लाग्नुपर्ने बताउँछन् ।

वामपन्थी आन्दोलनमा नयाँ विचारको विकाससहित वैज्ञानिक समाजवादमा पुग्न सकिने उनको कथन छ । प्रधानमन्त्री प्रचण्ड र दाहालका हजुरबुबा भने सहोदर दाजुभाइ थिए । प्रचण्डका बुबा र नारायणका बुबा कास्कीको ढिकुपोखरीबाट एकै दिन २०१९ सालमा पाँच कट्ठा जमिन किनेर चितवन बसाइँ सरेका थिए । हाल नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को स्थायी समिति सदस्यसमेत रहेका दाहाल २०७८ साल चैत २५ गते राष्ट्रपतिबाट मनोनित भई राष्ट्रियसभा सदस्य बनेका थिए ।

भारतका विभिन्न सहरमा नेपालीले गरेको दुःखदेखि गरिबी र पछौटेपनले पछाडि पारेको कर्णालीका विभिन्न बस्तीको राम्रो जानकारी राख्नुहुने दाहाल राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी सम्हाल्ने ठाउँमा पुगेका थिए । यो भूमिकालाई उनले इमान्दारीपूर्वक निर्वाह गर्ने सोमबार उम्मेदवारी दर्ताकै क्रममा बताइसकेका छन् ।

Previous Post

सुनको सिक्री नदिएको भन्दै विवाह रोक्ने बेहुला प्रहरीको नियन्त्रणमा

Next Post

कर्णालीबाट ३२ सय क्विन्टल जडिबुटी निकासी

सम्बन्धित खबर

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आर्थिक

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

३० बैशाख २०८३,
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
अन्तर्राष्ट्रिय

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

३० बैशाख २०८३,
Load More
Next Post
हेल्थ टिप्सः नीरमसीको औषधीय महत्व

कर्णालीबाट ३२ सय क्विन्टल जडिबुटी निकासी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In