• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

    गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    रौतहटमा बाघ गणना जारी

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निजी क्षेत्रसँग हातेमालो गर्दै सरकार अघि बढ्छ : उपप्रधानमन्त्री महासेठ

by
२६ फाल्गुन २०८०,
0
निजी क्षेत्रसँग हातेमालो गर्दै सरकार अघि बढ्छ : उपप्रधानमन्त्री महासेठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २६, फागुन : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताउनुभएको छ । नेपाल तयारी पोशाक उद्योग सङ्घको २९औँ वार्षिक साधारणसभामा उहाँले निजी क्षेत्रका सबै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकार र निजी क्षेत्रका बीच सहकार्य बिना मुलुकले फड्को मार्न नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री महासेठले भन्नुभयो, “देश बनाउने तपाईं हामीले नै हो, मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक छ । “मुलुकको आर्थिक अवस्थालाई बलियो बनाउन सरकार केन्द्रित भएको बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनले बजार नपाउनाको कारण खोजेर समाधान गर्नुपर्ने बताउनुभयो । यसका लागि आफ्नो मन्त्रालय निजी क्षेत्रसँगै रहेको उहाँले बताउनुभयो । “निजी क्षेत्रसँग नजिकबाट सहकार्य गर्न सरकार तयार छ,” मन्त्री भण्डारीले भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । उहाँले निजी क्षेत्रलाई सरकारले विश्वासमा लिनुपर्छ भन्नुभयो ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले तयारी पोशाक तथा कृषिजन्य उत्पादनको निर्यात सहजीकरण गर्न, मुलुकमा लगानीको वातावरण निर्माण गर्न सुझाव दिनुभयो । उहाँले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा लैजान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा, उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्य एवं सङ्घका सदस्य गणेश पराजुलीले नेपालको निर्यातजन्य वस्तुको प्रमुख हिस्सा तयारी पोशाक रहेको उल्लेख गर्दै निर्यातमा सहजीकरण गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले निर्यातमा अनुदान दिने व्यवस्थालाई थप व्यवस्थित बनाउन सुझाव पनि दिनुभयो ।

प्रतिनिधिसभाको उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्य सीता मिजारले उद्योग व्यवसायलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिँदै निकासी प्रवद्र्धनमा ध्यान दिन आग्रह गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तयारी पोशाक उद्योग मुलुकको अर्थन्त्रको मेरुदण्डका रुपमा रहेकाले यो क्षेत्रको विकासमा ध्यान दिन अनुरोध गर्नुभयो । सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेकाले नेपाली उत्पादनलाई विश्व बजारमा पु¥याउन थप सहयोग आवश्यक भएको उहाँले बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थतन्त्रलाई चलायमान बनाउन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन सुझाव दिनुभयो । आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

नेपाल तयारी पोशाक सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले तयारी पोशाक उद्योगलाई प्रवद्र्धन गर्न नीतिगत सुधार, प्रक्रियागत सरलीकरण तथा व्यावसायिक वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

सन् १९८७ मा स्थापना भएको सङ्घमा एक सयभन्दा बढी तयारी पोशाक उद्योगी आबद्ध छन् । तयारी पोशाक उद्योग क्षेत्रमा ४० हजार रोजगारी सृजना भएको सङ्घले जनाएको छ ।

गत आवमा भारत तथा तेस्रो मुलुकमा करिब रु नौ अर्ब बराबरको तयारी पोशाक निर्यात भएको सङ्घले जनाएको छ । तयारी पोशाक प्रमुख निर्यातजन्य वस्तुको सूचीमा छ । गलैँचा प्रथम र तयारी पोशाक दोस्रो स्थानमा रहेको सङ्घका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

त्यस अवसरमा उपप्रधानमन्त्री महासेठले सन् २०२२÷२३ मा भारत तथा तेस्रो मुलुकमा सबैभन्दा बढी तयारी पोशाक निर्यात गर्ने तीन उद्योगलाई सम्मान प्रदान गर्नुभएको थियो । सो अवधिमा ट्राई क्रट इन्डस्ट्रिजले रु एक अर्ब १७ करोड, नेपाल फेसन प्रालिले रु ६६ करोड र पल्स फेसन सोलुसन प्रालिले रु ४३ करोडको तयारी पोशाक निर्यात गरेको थियो ।

सङ्घको कार्यसमितिमा १० वर्षभन्दा बढी समय सेवा गरेका पदाधिकारी एवं सदस्यलाई सम्मान गरिएको थियोभने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साधारणसभाको सफलताको कामना गर्दै पठाउनुभएको शुभकामना सन्देश सुनाइएको थियो ।

Previous Post

कालीगण्डकीको बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

Next Post

माल्दिभ्स: चीनको प्रभाव बढेपछि भारतीय सेना मालेबाट दिल्ली फर्कँदै

सम्बन्धित खबर

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
आवाज

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

११ जेष्ठ २०८३,
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान
आर्थिक

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

११ जेष्ठ २०८३,
डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक
आर्थिक

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

११ जेष्ठ २०८३,
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
आवाज

रौतहटमा बाघ गणना जारी

११ जेष्ठ २०८३,
हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
Load More
Next Post
माल्दिभ्स: चीनको प्रभाव बढेपछि भारतीय सेना मालेबाट दिल्ली फर्कँदै

माल्दिभ्स: चीनको प्रभाव बढेपछि भारतीय सेना मालेबाट दिल्ली फर्कँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In