• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नयाँ मन्त्री थपिए पनि सुुदूरपश्चिम सरकार अल्पमतमै, अरु प्रदेशमा पनि दाउपेच चल्दै

by
२६ फाल्गुन २०८०,
0
नयाँ मन्त्री थपिए पनि सुुदूरपश्चिम सरकार अल्पमतमै, अरु प्रदेशमा पनि दाउपेच चल्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

केन्द्रमा पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै प्रदेशहरूमा पनि पुरानो सरकार भत्काउने र नयाँ सरकार बनाउने प्रयास शुरु भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हिजो नागरिक उन्मुक्ति पार्टीका थप ३ जनालाई मन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री शाहले मन्त्रिपरिषद् विस्तार गरे पनि उहाँ अझै अल्पमतमा हुनुहुन्छ।५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । कांग्रेससँग १८ सांसद र नागरिक उन्मुक्ति पार्टीसँग ७ सांसद छन् । कांग्रेस नेतृत्वको सरकार जोगाउन अझै २ सांसद अपुग छ ।

बहुुमत पुर्‍याउन मुख्यमन्त्री शाहले राप्रपा र स्वतन्त्र सांसदको समर्थन जुटाउने प्रयास थाल्नुुभएको छ।स्वतन्त्र सांसद तारा जोशी र राप्रपाकी खेमादेवी विष्टले साथ दिएमा सुुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकार नै कायम रहने छ । तर मन्त्रिपरिषद् विस्तार भएसँगै नागरिक उन्मुक्ति पार्टीभित्र विवाद भएको छ । पार्टीको निर्णय र नीतिविपरीत सरकार विस्तारमा सामेल भएको भन्दै केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले कारबाहीको चेतावनी दिनुुभएको छ ।

केन्द्रको सत्ता गठबन्धनलाई पनि सुदूरपश्चिममा सरकार बनाउन सहज छैन । नागरिक उन्मुक्ति पार्टीले साथ दिएमा मात्रै सुुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको सरकार बन्न सक्छ । नयाँ सत्ता गठबन्धनले कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेश प्रदेशमा पनि तत्कालै सरकार हेरफेरको तयारी गरेको छ । कोशी प्रदेशमा भने संवैधानिक सङ्कट उत्पन्न हुने जोखिम भएकाले सत्ता गठबन्धन हच्किएको छ ।

कर्णाली प्रदेशमा शुरुदेखि नै माओवादी नेतृत्वको सरकार छ । ४० सदस्यीय कर्णाली प्रदेशमा माओवादी १३, एमाले १० र नेकपा एकीकृत समाजवादीसँग एक सिट गरी २४ सिट छ । कांग्रेसका १४ र राप्रपाको एक सिट छ । कर्णालीमा सत्ता गठबन्धनबाहिर सरकार बन्ने अवस्था छैन । वैकल्पिक सरकार बनाउने अवस्था नभएपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् ।

केन्द्रमा बनेको नयाँ सत्ता समीकरणपछि कर्णालीमा भागबण्डाको समस्या देखिएको छ । एमालेले मुख्यमन्त्री आफूले पाउनुपर्ने दाबी गरे पनि माओवादी छाड्न तयार भएको छैन । अहिले कांग्रेस नेतृत्वको सरकार रहेको लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनलाई सरकार बनाउन सहज छैन । ८७ सदस्य प्रदेश सभामा एमालेसँग २९, माओवादी केन्द्रसँग आठ, जसपासँग तीन र नेकपा एकीकृत समाजवादीसँग एक सिट छ ।

बहुमतका लागि ४४ सिट आवश्यक परे पनि सत्ता गठबन्धनमा आबद्ध दलसँग ४१ सिट मात्र छ । कांग्रेससँग २७, नागरिक उन्मुक्ति र राप्रपासँग चार-चार तथा लोसपा र जनमतसँग तीनरतीन सिट छ।स्वतन्त्रको तीन सिट भएको लुम्बिनीमा सत्ता गठबन्धनबाहिर ४५ सिट छ । स्वतन्त्र तीनजनाको समर्थन पाउन सकेमा मात्र सत्ता गठबन्धनले बहुमतको लागि आवश्यक ४४ सिट पुर्‍याउन सक्छ ।

गण्डकी प्रदेशमा अहिले कांग्रेस नेतृत्वको सरकार छ । नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री सुरेन्द्र पाण्डेले माओवादीका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ । ६० सदस्य प्रदेश सभामा कांग्रेससँग २७ सिट छ । कांग्रेसलाई चार सिट भएमा सरकार कायम रहने अवस्था छ । प्रदेश सभामा एमालेसँग २२, माओवादी केन्द्रसँग सात सिट छ । राप्रपासँग दुई सिट मात्र रहेको छ ।

नेपाल समाजवादी पार्टीसँग एक सिट तथा राजिब गुरुङ स्वतन्त्र सांसद हुनुहुन्छ । राप्रपा, नेपाल समाजवादी पार्टी र एक स्वतन्त्र सांसद आफ्नो पक्षमा पार्न सकेमा गण्डकीमा कांग्रेसको सरकार जोगिन्छ । तर, उनीहरूको समर्थन लिन कांग्रेसलाई सहज छैन । सत्ता गठबन्धनलाई पनि बहुमत जुटाउन गाह्रो छ ।

बाग्मती प्रदेशमा अहिले माओवादी नेतृत्वको सरकार छ । केन्द्रमा गठबन्धन हेरेफेर भएपछि सरकारमा सहभागी कांग्रेसले समर्थन फिर्ता लिएको छ । ११० सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धन एमालेसँग २७, माओवादीसँग २१, एकीकृत समाजवादीसँग ७ सिट छ । बहुमतका लागि ५६ सिट आवश्यक पर्नेमा सत्ता गठबन्धनसँग ५५ सिट मात्र छ । सत्ता गठबन्धनबाहिर रहेको कांग्रेससँग ३७ र राप्रपासँग १३ सिट छ । नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली पार्टीसँग दुई सिट छ ।

अहिले जसपा नेतृत्वको सरकार रहेको मधेश प्रदेशमा सत्ता गठबन्धनलाई सहज छ । मधेशमा एमालेको २३, जसपाको १८, माओवादीका नौ सिट र एकीकृत समाजवादीको सात सिट गरी सत्ता गठबन्धनसँग ५७ सिट छ । कुल १०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ सिट पर्याप्त हुन्छ।

कोशीमा गठबन्धनसँग नयाँ सरकार बनाउन आवश्यक मत रहे पनि संवैधानिक सङ्कट निम्तिने जोखिम छ । कोशीमा संविधानको धारा १६८ को उपधारा ५ को सरकार छ । संविधानतः सरकार निर्माणको अन्तिम धारा प्रयोग भइसकेको अवस्थामा कोशीमा सजिलै नयाँ सरकार बन्ने अवस्था छैन।संविधानको धारा १६८ ९५० को सरकारले विश्वासको मत नपाएमा मध्यावधि चुनावमा जाने संवैधानिक व्यवस्था छ । त्यहाँ अहिले कांग्रेस नेतृत्वको सरकार छ ।

Previous Post

प्रा.डा दिव्यश्वरी मल्लको निधन

Next Post

अस्ट्रेलियन पर्वतारोहीले बिना अक्सिजन अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
अस्ट्रेलियन पर्वतारोहीले बिना अक्सिजन अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने

अस्ट्रेलियन पर्वतारोहीले बिना अक्सिजन अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In