• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

    गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    रौतहटमा बाघ गणना जारी

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

    गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    रौतहटमा बाघ गणना जारी

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नेपाल–जापान सम्बन्धमा नेपाली समाज उदाहरणीय छ : राजदूत सुवेदी

by
२६ फाल्गुन २०८०,
0
नेपाल–जापान सम्बन्धमा नेपाली समाज उदाहरणीय छ : राजदूत सुवेदी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टोकियो (जापान), २६ फागुन : जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानमा रहेको नेपाली समाजले नेपाल–जापान सम्बन्ध विस्तारमा पु¥याउँदै आएको योगदान उदाहरणीय रहेको बताउनुभएको छ । दुई देशबीचको सम्बन्ध विस्तारमा जापानस्थित नेपाली समाजले हासिल गरेको उचाईबाट जापान सरकार तथा यहाँको समाजले नेपाली परिचय र पहिचान दिलाउन सफल भएको उहाँले उल्लेख गर्नुभयो ।

राजदूत डा सुवेदीले नेपाल–जापानबीचको सांस्कृतिक, धार्मिक र जनस्तरमा सम्बन्ध विस्तारमा यहाँको नेपाली समाजले उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभयो । जापानमा हाल करिब एक लाख ६३ हजारको सङ्ख्यामा नेपाली रहेको अनुमान गरिएको छ । नेपालीहरु विभिन्न पेसा व्यवसाय, रोजगारी र अध्ययनका सिलसिलामा जापानमा बस्दै आएका छन् ।

उच्च शिक्षा अध्ययन र रेष्टुराँ व्यवसायमा संलग्न नेपालीको सङ्ख्या बढी छ । जापानमा हाल करिब ४० हजार नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनमा छन् भने करिब आठ सयको सङ्ख्यामा नेपाली रेष्टुराँ सञ्चालनमा रहेको बताइएको छ । त्यहाँका रेष्टुराँ नेपाली पहिचान झल्कने रातोमाटो, निम्तो, चिनो, आँगन, हार्दिक, नेपाली खाजाघरजस्ता नामाकरण दिएर सञ्चालन गरिएको पाइन्छ । नेपाली दालभात तरकारीका अलवा कोदो र फापरको ढिँडो, मःमजस्ता परिकार र व्यञ्जनले नेपाली खानालाई जापानमा समेत परिचय गराएको राजदूत डा सुवेदी बताउनुहुन्छ ।

“जापानमा रहेको नेपाली समाज अन्य देशको तुलनामा सु–सङ्गठित, सुविचारित र समृद्ध हुँदै गएको छ”, राजदूत डा सुवेदीले भन्नुभयो ।

गैरआवासीय नेपाली सङ्गठन (एनआरएन) का पूर्वअध्यक्ष भवन भट्ट तथा मनि एक्सचेन्जका क्षेत्रका ओम गुरुङ, रवीन शेरचन, महेशलाल श्रेष्ठ एवं व्यापार तथा व्यवसाय क्षेत्रमा भूषण घिमिरे, शिवप्रसाद पौडेललगायत जापानमै ख्याति कमाएका व्यक्ति हुनुहुन्छ । अहिले जापानमा रहने नेपाली कुक अथवा वेटर मात्र नभई विभिन्न क्षेत्र तथा ठूला र स्थापित पेसा व्यवसायमा अघि बढिरहेका छन् । जापानमा प्रा डा केशवलाल महर्जन, प्रा डा नेत्रप्रकाश भण्डारी, प्रा डा रमेश पोखरेल, प्रा डा प्रमिला न्यौपानेलगायत प्राध्यापनमा संलग्न हुनुहुन्छ । स्वास्थ्यदेखि इन्जिनियरिङ, वातावरणका क्षेत्रसम्ममा समेत विद्यावारिधि गर्ने क्रममा नेपाली विद्यार्थी रहेका छन ।

राजदूत डा सुवेदी भन्नुहुन्छ, “हामीले गौरव गर्नुपर्छ । नेपालीहरु विद्या र वुद्धिको क्षेत्रमा प्रखररुपमा अघि बढी रहनुभएको छ । नेपाली प्रकृति, संस्कृति, कला र साहित्यको अनुसन्धानमा त्यतिकै समर्पित छन् ।” नेवारी संस्कृतिमा मात्र नभई नेपालका कुना कन्दरामा पुगेर मगर भाषामा विद्यावारिधि गर्ने समेत जापानी नागरिक रहेका राजदूत डा सुवेदी बताउनुहुन्छ ।

“नेपालको प्रकृतिदेखि, कला, सङ्गीत, संस्कार, धर्म र संस्कृतिसम्म अनुसन्धान गर्ने जापानी रहेका छन्”, उहाँले भन्नुभयो । नेपाल–जापानबीचकोे अनुपम सम्बन्ध र सहयोगलाई जापानले सदासर्वदा उच्च प्राथमिकतामा राख्दैआएको छ । जापानले नेपालको शिक्षा, स्वास्थ्य, सडक, हवाई, सडक, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा लामो समयदेखि सहयोग पु¥याउँदै आएको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ तारिखमा औपचारिकरुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तर करिब डेढ सय वर्ष अघिदेखिनै दुवै देशबीच सम्बन्ध ऐतिहासिक र प्रगाढ थियो । त्यसअघि सन् १८९९ मा जापानका बौद्ध भिक्षु एकाइ कावागुचीले बौद्धधर्म ग्रन्थको अनुसन्धानका सिलसिलामा नेपालको भ्रमण गर्नुभएको थियो ।

राणाकालमा आठ विद्यार्थीलाई खनिज, मेकानिकल, खरखजाना, प्रविधि र कृषिबारे उच्च शिक्षा अध्ययनका लागि जापान पठाइएको इतिहास छ । शैक्षिक हिसाबले त्यो घटना निकै महत्वपूर्ण विषय हो । तत्कालीन सरकारले ती विद्यार्थीका लागि खाना पकाउने भान्सेसहित पानीजहाज चढाएर अध्ययन गर्न जापान पठाएको थियो । उनीहरु नेपाल फर्कने क्रममा जापानबाट उन्नत जातको गोदावारी फूल र हलुवावेद नेपाल ल्याएको बताइन्छ ।

नेपाल र जापानबीच दौत्य सम्बन्धको नो वर्षपछि टोकियोमा नेपाली दूतावास स्थापना भएको हो । त्यसको लगत्तै जापानले काठमाडाँैमा आफ्नो दूतावास खोलेको थियो । नेपालका सबै राजनीतिक परिवर्तनलाई जापान सरकार र जापानी जनताले आत्मसात् गर्दै सम्मान र स्वीकार गर्दैआएका छन् । अनुशासित र मेहनती जनता, नवीनतम उच्च प्रविधिको प्रयोग र शान्त कूटनीतिका माध्यमद्वारा अघि बढिरहेको जापान विश्वका सबै मुलुकका लागि आकर्षण र अध्ययनको केन्द्र बनेको छ ।

कुलेखानी जलविद्युत् आयोजना, महाराजगञ्ज शिक्षण अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडार जडान, रेडियो नेपालको भवन, सिन्धुली–बर्दिवास विपी राजमार्ग र नागढुङ्गा सुरुङ नेपालको विकासमा जापानी सहयोगका उदाहरण भएको राजदूत डा सुवदी बताउनुहुन्छ । कुनै रणनीतिक उद्देश्य नराखी केवल नेपाली जनता र नेपालको आर्थिक तथा सामाजिक विकासलाई केन्द्रित गरी जापानले निरन्तर सहयोग गर्दैआएको उहाँले बताउनुभयो । सरकारीसगै जनस्तरमा रही आएको घनिष्ट र प्रगाढ सम्बन्धकै कारण ठूलो सङ्ख्यामा नेपाली जापान पुगेका हुन् ।

विदेशी मुलुकमा नेपाली पाठ्यक्रमका आधारमा पठनपाठन हुँदैआएको टोकियोस्थित एभरेष्ट इन्टरनेसनल स्कुलले पनि जनस्तरमा दुई देशबीचको सम्बन्ध विस्तारमा सेतुको काम गरेको छ । त्यस विद्यालयलाई जापानले अन्तर्राष्ट्रियस्तरको विद्यालयको मान्यता प्रदान गरेको विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्ट बताउनुहुन्छ । टोकियोस्थित नेपाली समाजकै अग्रसरमातामा खोलिएको सो विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म नेपालकै पाठ्यक्रमका आधारमा पठनपाठन भइरहेको छ ।

उक्त विद्यालयले नेपाली भाषा, साहित्य, शिक्षा, वेशभूषा, परम्परा, रहनसहन, कला, संस्कृति र सभ्यतालाई विश्वसमुदायमा पु¥याउन योगदान पु¥याइरहेको संस्थापक सदस्य एवं विद्यालय सञ्चालक समिति सदस्य भूषण घिमिरेले बताउनुभयो । विद्यालयमा हाल जापानीसहित ४५० विद्यार्थी अध्ययनरत छन् । टोकियोमा नेपाली पाठ्यक्रमअनुरुप पढाइ हुने विद्यालय सञ्चालन गरी नेपालीपन र नेपाली मन बचाउने कार्यमा नेपाली समाजले गरेको कार्य आदरणीय रहेको राजदूत डा सुवेदीले बताउनुभयो । सन् १९९० मा जापानमा नेपाली समाज गठन भएको हो ।

Previous Post

भिजिट भिसामा यूएई जान लागेका ३ महिला विमानस्थलबाट फिर्ता

Next Post

मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दा लाभान्वित

सम्बन्धित खबर

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
आवाज

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

११ जेष्ठ २०८३,
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान
आर्थिक

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

११ जेष्ठ २०८३,
डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक
आर्थिक

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

११ जेष्ठ २०८३,
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
आवाज

रौतहटमा बाघ गणना जारी

११ जेष्ठ २०८३,
हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
Load More
Next Post
म्याग्दीका वन पाखामा फक्रँदै सिमल

मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दा लाभान्वित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In