विश्वासका साथ सद्भाव एवं अविश्वासको मानसिक उपेक्षा युक्तिसङ्गत पथ हो । अपेक्षाको सर्वथा नाश हुनैपर्छ । इच्छा एवं अपेक्षाले धन, पात्र, मानहरू आउँदैनन् । यिनीहरू पूर्वजन्मको तप, दान, प्रार्थना, यज्ञ एवं आशीर्वाद अनुसार प्राप्त हुन्छन् । धेरै पुण्य भए प्रचुरतामा आउँछन् थोरै पुण्य भए सीमितमा आउँछन् । धेरै पाप भए साधन, व्यक्ति निकट भए पनि उपभोग हुँदैन । पापैपाप छ भने दिनको दुई छाकको व्यवस्था पनि कठिन हुन्छ ।
पापपुण्यको समान मिश्रण छ भने अन्ठानब्बे प्रतिशत मनुष्यहरूको जीवन क्रमको उतारचढाव अनुसार चल्दछ । जस्तो पूर्वजन्मको आत्मसाधना छ ऊ सबै साधनमा प्रकाशक हुन्छ, त्यो अपवाद हो । हामी प्रतिशतमा त्यस सत्वलाई वा तत्वलाई ल्याउन सक्तैनौँ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













