काठमाडौं – चर्चित पेजेन्ट कोरियोग्राफर अश्विनी झालाई क्वालिटी इन्टरटेनमेन्ट अवार्डको दोश्रो संस्करणमा यस वर्षको ुराष्ट्रिय वर्ष व्यक्ति सम्मानुबाट सम्मानित गरिएको छ ।
राष्ट्रिय नाचघर जमलमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि प्रथम उपराष्ट्रपति परमानन्द झा सहित आयोजक संस्था क्वालिटी फिल्मसका अध्यक्ष उमेश गुरुङ, कलाकार संघका उपाध्यक्ष मोहन निरौला लगायतले दोशल्ला र सम्मान(पत्र सहित झालाई सम्मानित गरे ।
कार्यक्रम आयोजक संस्थाका प्रमुख गुरुङ्गले नेपाली सौन्दर्य प्रतियोगिता तथा फेसन कोरियोग्राफीमा एक दरिलो खम्बाको रुपमा अडिग र पृथक पहिचान बनाउन सफल कोरियोग्राफर झालाई नेपाली फेशन तथा पेजेन्ट जगतमा पुर्याएको योगदानलाई कदर गर्दै सम्मानित गर्न पाएकोमा निकै खुशी लागेको बताए ।

यसअघि नेपाली कला क्षेत्रमा कोरियोग्राफीका माध्यमले पुर्याएको योगदनलाई मूल्यांकन गर्दै नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट प्रदान गरिने ‘राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७’ का विजेता कोरियोग्राफर झालाई मधेश प्रदेश सरकार महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयबाट ुमधेशका मानु सम्मानसहित नेपाल म्युजिक एण्ड फेशन अवार्डमा ुबेस्ट कोरियोग्राफरु लगायत अन्तर्राष्ट्रिय स्तरमा सिंगापूरमा गोल्डेन ब्रान्ड अवार्डबाट पनि सम्मानित भएका छन् ।
लामो समयदेखि पेजेन्ट तथा फेशन कोरियोग्राफरको रुपमा आफ्नो उत्कृष्टता प्रदान गर्दै आएका झाले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डका साथै सम्मान प्राप्त गरेका छन् । ब्यूटी पेजेन्ट एसोसिएशन अफ नेपालका संस्थापक सदस्य, अश्विनी फेशन डिजाइनर काउन्सिल अफ नेपालका सल्लाहकार समेत रहेका छन् । कोरियोग्राफर झा वर्तमान समयमा नेपालका निकै व्यस्त तथा सफल कोरियोग्राफर मानिन्छन् ।













