वर्तमानमा रहनु भनेको, स्मृतिलाई सङ्कल्प, विकल्प, कहाँबाट उठ्छन् त्यहाँ लिएर जानु हो । यस्तो भइदिए हुन्थ्यो भन्नु मनको एउटै स्थिति हो, यस्तो कुरौटे मनलाई संयमित गर्नुपर्छ । न प्रयोगले बुद्धि प्रयोगले नहुने कार्य, धैर्य एवं क्षमाद्वारा सफल हुन्छ । यी चारै असफल भएमा त्यागले रामबाणको काम गर्दछ । मन शान्त भए सबै शान्त भइहाले । मन खोज मन कहाँ छ ?
व्यवहारमा धैर्य तप हो । मनोवृत्तिहरूमा सन्तोष तप हो । न्यायहरूमध्ये आशा एवं अपेक्षाको त्याग श्रेष्ठ हो । अभिमानको त्याग हुनेबित्तिकै महाशून्यको प्रवाह नै क्षण हो, जब हामी क्षणदेखि क्षणमा रहन्छौँ, त्यो स्थिति हो, मनको आहार चिन्तन हो । शरीरको आहार अन्न हो । प्राणको आहार शून्य हो । जो भइसक्यो, त्यो मेरो, उसको सम्झनाले के गर्छ ? जो हुँदै छ, त्यो सहज हो उसको साक्षी हुनु, मनलाई उसमा नलगाउनु । जो हुँदै छ उसमा सुधारको इच्छा परिवर्तनको इच्छा निरन्तरताको इच्छा । यी इच्छाहरू अज्ञान–सन्तति हुन् । यी सन्तति जहाँ छन्, त्यहाँ आवेग, भावावेग विक्षेप अरू पश्चात्तापका कल्पनाहरू आइरहन्छन् । ललकारलाई साहसका साथ भेट्नुपर्छ, समस्या बनाउँदै हिँड्न हुन्न । अचानक समस्या सामुमा आए भने राम, हनुमान् एवं कृष्णको चरित्र सामने ल्याउनुपर्छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट











