• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता

    भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता

    कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश

    कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश

    दूध उत्पादन बढाउन अनुदान

    दूध उत्पादन बढाउन अनुदान

    वर्षाले विभिन्न सडक अवरुद्ध

    आज देशका कुन-कुन सडक अवरुद्ध छन् ?

    द्विपक्षीय बैठकका लागि अर्थमन्त्री वाग्ले भारत जाँदै

    द्विपक्षीय बैठकका लागि अर्थमन्त्री वाग्ले भारत जाँदै

    नेपालको कृषिमा आधुनिकीकरणको खाँचो: प्रविधिले फेर्न सक्छ भविष्य

    नेपालको कृषिमा आधुनिकीकरणको खाँचो: प्रविधिले फेर्न सक्छ भविष्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पौराणिक महत्व बोेकेको दन्तकाली मन्दिर

by
११ फाल्गुन २०८०,
0
पौराणिक महत्व बोेकेको दन्तकाली मन्दिर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । धरानको विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिरमा हिजोआज बिहानैदेखि दर्शनार्थीको भीडभाड बढ्न थालेको छ । स्वस्थानी ब्रतका कारण मन्दिरमा भीड बढेको हो ।

पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म चल्ने स्वस्थानी ब्रत कथामा दन्तकालीको कथा उल्लेख छ । मन्दिरका मूल पुजारी विश्वराज खनाल स्वस्थानीको समयमा ब्रत लिने र नलिने पनि मन्दिरमा दर्शनका लागि धेरै आउने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘स्वस्थानी सुरु भएपछि विहानैदेखि मन्दिर आउनेको संख्या बढेको छ । अब अन्तिम अन्तिम समयमा झनै भीडभाड हुन्छ ।’’

स्वस्थानी ब्रत कथाअनुसार दक्ष प्रजापतिकी छोरी सतीदेवीले पति महादेवको निन्दा गरेको सहन नसकी यज्ञकुण्डमा हामफालेर प्राण त्याग गरेपछि शोकमा पर्नु भएका महादेव सतीदेवीको मृत शरिर आफ्नो काँधमा बोकेर भौतारिंदै हिंड्ने क्रममा सतीदेवीको शरिरका अङ्ग खसेका ठाउँमा शक्ति पीठ स्थापना भए । यही क्रममा विजयपुरको पर्वत खण्डमा सतीदेवीको दाँत पतन भएको स्वस्थानी ब्रतकथामा उल्लेख छ । यसरी दाँत पतन भएको स्थानलाई दन्तकालीका रुपमा परापूर्वकालदेखि पूजा गर्न थालिएको धार्मिक इतिहास पाइन्छ ।

स्वस्थानी ब्रत कथामा उल्लेखित स्थल भएकाले पनि शक्तिपीठको रुपमा दन्तकालीको विशेष महत्व रहेको छ । यो शक्तिपीठको कथा सुनेका र महत्व बुझेकाहरु टाढाटाढादेखि दर्शनका लागि यहाँसम्म आउने गरेको पुजारी खनाल बताए । मन्दिरमा आठ जना पुजारी रहेका छन् । पुजारी कमल भट्टराईका अनुसार मन्दिरमा दर्शन गर्न सामान्यतः दैनिक दुई सय हाराहारीमा दर्शनार्थी आउने गरेका छन् । तर शनिबार भने ४०० देखि ७०० जनासम्म आउने गरेको उनको भनाइ छ ।

दन्तकाली मन्दिरमा प्रत्येक वर्ष चार वटा नवरात्र असोज, माघ, चैत र असार महिनामा विधिवत् पूजाअर्चना गरिन्छ । त्यसमध्ये पनि विजया दशमीको नवरात्रिमा मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्छ । घटस्थापनाका अष्टमी, नवमी र दशमीका दिन मन्दिरमा पुजा गर्नेहरुको विशेष भीड हुन्छ । दर्शनार्थीहरु यो बेला दन्तकालीमा पूजा आराधना गर्दा मनोकामना पूरा हुने, निरोगी रहने, दुःख हट्ने, शत्रु नास हुने जस्ता विश्वास रहेको छ । यस मन्दिरमा बोका र राँगाको बलि दिनुको साथै फूल अक्षता, धुप बत्तीले पुजा गर्ने गरिन्छ ।

धरान उपमहानगरपालिका–१६ बाट विजयपुर घुम्न आउनु भएका डिल्लीप्रसाद लुइटेल आफू दैनिकजसो दन्तकालीको दर्शन गर्न विजयपुर आउने गरेको बताए । मन्दिरमा दर्शन गर्दै भेटिनु भएका धरानकै कृष्ण भट्टराईको पनि दन्तकालीप्रति अगाध आस्था र विश्वास रहेको छ । आफूले मागेका र चिताएका कुराहरु पूरा हुँदै आएकाले आफू फुसर्द हुँदा मन्दिर आउने गरेको उनको भनाइ छ ।

दन्तकाली मन्दिर कहिले स्थापना भयो, कहिलेबाट पुजा गर्न थालियो भन्ने तिथि मिति त पाईंदैन तर स्वस्थानी ब्रतकथा र पुराणहरुमा उल्लेख भएकाले यो निक्कै पुरानो मन्दिर भएकोमा द्विमत छैन । पुराणमा समेत उल्लेख भएकाले यसलाई पौराणिक धार्मिक स्थलका रुपमा चिनिन्छ । दन्तकाली शक्तिपीठको चर्चा शिव पुराण र रुद्राक्षारण्य महात्म्यमा पनि रहेको पाइन्छ । इतिहासमा विजयपुरमा कुनै बेला सेन वंशको राज्य रहेको पाइन्छ । सेन र त्यसपछिका राजाहरुले पनि दन्तकालीलाई शक्तिपीठका रुपमा दर्शन गर्ने र मन्दिरमा घन्ट, त्रिशूल चढाउने गरेको पाइन्छ ।

यस मन्दिरमा सयौं वर्षदेखि खनाल थरका पुजारीले पूजा गर्दै आएका छन् । यहाँका खनालहरुसँग १८६८ सालमा राजा गिर्वाणयुद्ध विक्रम शाहले दिएका ताम्रपत्र, लालमोहर रहेका छन् । हाल दन्तकालीका मुल पुजारी विश्वराज खनाल आफू आठौं पुस्ताको पुजारी भएको बताए । उनका अनुसार दन्तकाली मन्दिरका पुजारीका रुपमा खनालहरु १५०२ सालतिर आएका थिए । अहिले यहाँ तिनै खनालका सन्तानका दशौं पुस्ता भइसकेका छन् ।

दन्तकाली मन्दिर नजिकबाट धरान बजारको रमणीय दृष्यावलोकन गर्न सकिन्छ । त्यसैले पनि धरान घुम्न आउने पर्यटकहरु विजयपुर उक्लिएर दन्तकालीको दर्शन गर्दै रमणीय स्थलहरुको अवलोकन गर्ने गरेका छन् । धरानको शिरका रुपमा रहेको विजयपुर धार्मिक तथा ऐतिहासिक स्थलकै रुपमा परिचित छ । दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर लगायतका मन्दिरहरु रहेको विजयपुरलाई धरान उपमहानगरपालिकाले पनि धार्मिक स्थलका रुपमा विकास गर्ने नीति लिएको छ ।

विजयपुर क्षेत्रमा धार्मिक पर्यटक आउने भएकाले यसलाई अझै व्यवस्थित बनाएर विकास गर्न सकिने धरान उपमहानगरपालिका–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको भनाइ छ । उनी भन्छन, “विजयपुर सिङ्गो धरानको शिर हो, यहाँ धार्मिकस्थल र मठमन्दिरहरु प्रशस्त रहेकाले यसको एकीकृतरुपमा विकास गर्न सके नेपाल र भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या अझै बढ्ने निश्चित छ । त्यसका लागि सबैले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्छ ।”

Previous Post

लिग-२ मा आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै

Next Post

चन्दा उठाएर तीन महिनापछि नेपाल पठाइयो शव

सम्बन्धित खबर

भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता
फिचर-ब्यानर

भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता

३० भदौ २०८३,
कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश
समाचार

कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश

३० भदौ २०८३,
दूध उत्पादन बढाउन अनुदान
समाचार

दूध उत्पादन बढाउन अनुदान

३० भदौ २०८३,
वर्षाले विभिन्न सडक अवरुद्ध
समाचार

आज देशका कुन-कुन सडक अवरुद्ध छन् ?

३० भदौ २०८३,
द्विपक्षीय बैठकका लागि अर्थमन्त्री वाग्ले भारत जाँदै
आर्थिक

द्विपक्षीय बैठकका लागि अर्थमन्त्री वाग्ले भारत जाँदै

३० भदौ २०८३,
नेपालको कृषिमा आधुनिकीकरणको खाँचो: प्रविधिले फेर्न सक्छ भविष्य
आर्थिक

नेपालको कृषिमा आधुनिकीकरणको खाँचो: प्रविधिले फेर्न सक्छ भविष्य

३० भदौ २०८३,
Load More
Next Post
चन्दा उठाएर तीन महिनापछि नेपाल पठाइयो शव

चन्दा उठाएर तीन महिनापछि नेपाल पठाइयो शव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In