पोखरा । पोखरा–२९ भण्डारढिक स्थित आर्दश यूवा क्लवले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा मंगललबार आयोजना गरेको रक्तदान कार्यक्रममा ९६ यूनिट रगत संकलन भएको छ ।
क्लवले २९औं पटक आयोजना गरेको रक्तदान कार्यक्रमका प्रमुख वक्ता पोखरा महानगरपालिका वडा नं. २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले पहिलो रक्तदाता सुरजजङ्ग राणालाई ब्लड ब्याग हस्तान्तरण गरेर शुभारम्भ गर्नुभएको हो ।
सो अवसरमा बोल्द्रै गुरुङ्गले खेलकुदको क्षेत्रमा क्लवले पु¥याउँदै आएको कार्यको प्रशंसा गर्दै क्लवको स्वामित्वमा रहेको रंगशालाको स्तरोन्नति र कर्बडहलको निर्माणको लागि वडाको तर्फबाट सबै पक्षसँग समन्वय गरी अगाडि वढ्ने बताउनुभयो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले खेलकुदको क्षेत्रमा परिचित आर्दश यूवा क्लवले रक्तदानबाट जीवनदानको कार्य गरेकोमा प्रशंसा गर्दै भोलिको दिनमा अझै उत्कृष्ट कार्य गर्न सुझाब दिनुभयो । संस्थाका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । संयोजक कर्ण बहादुर गुरुङ रहेको उक्तरक्तदान कार्यक्रमको सञ्चालन सचिव ओमप्रकाश गुरुङ्गले गर्नुभएको थियो ।













