धैर्य सबैभन्दा श्रेष्ठ एवं मूल्यवान् गुण हो । धैर्यविना अरू कुनै पनि सद्गुणको रक्षा, सम्भव छैन । व्यक्ति, धन, स्थानलाई लिएर उठ्ने विचार, कामना, अभिमानहरूलाई शान्त गरेर सन्मित्रका साथ एकान्तमा रही स्मृतिलाई श्वासमा राख्नु जरुरी छ ।
शतप्रतिशत मनुष्यको लक्ष्य हो – स्वार्थपूर्तिका साथ रुचि, प्रभाव एवं चतुरताको अनुगमन गर्नु । आफ्नै मनको सोच्ने, इच्छा गर्ने, कल्पना गर्ने प्रभावित हुने रुझान लिने, लोभिने, सुविधाको पक्ष लिने तरीका जान्न सकियो भने अरू सबै कुरा साफ र तर्लङ्ग भएर आउँछन् । ज्ञान, ध्यान अरू शान्तिका कुरा सामान्य मनुष्यका लागि बालकलाई दिएको लोभजस्तै प्रलोभन मात्र भएर रहन्छन् ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













