• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

    इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

    बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनसँग जोडियो तमोर कोरिडोर

by
१० फाल्गुन २०८०,
0
चीनसँग जोडियो तमोर कोरिडोर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ताप्लेजुङ । निर्माणाधीन तमोर कोरिडोर सडकले छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएसँगै तमोर कोरिडोरले चीनलाई जोडेको हो । तमोर कोरिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरी भएको सडकका रूपमा लिने गरिएको छ ।

तमोर कोरिडोर अन्तर्गत लेलेप–ओलाङ्चुङगोला सडक खण्डको जङ्गिन नजिकको क्षेत्रमा बाँकी रहेको ट्र्याक निर्माणको काम मङ्गलबार साँझ सम्पन्न भएको हो । कोरिडोरको सदरमुकाम फुङ्लिङ–ओलाङ्चुङगोला खण्डमा २०७४ फागुनदेखि ट्र्याक निर्माणको काम सुरु भएको थियो । कोरोना महामारी र सामान्य रूपमा अन्य अवरोधका कारण ट्र्याक निर्माण सुरु भएको छ वर्षपछि मात्र काम सम्पन्न भएको हो ।

निर्माण कम्पनी एलाइट जेभी कम्पनीका आयोजना सम्पर्क अधिकृत राजीव लामिछानेका अनुसार बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएसँगै चीनको स्वशासित क्षेत्र तिब्बत–नेपाल सिमाना टिपतालालाई सडकले जोडेको छ ।

उनका अनुसार लेलेप र तापेथोकको सिमाना रानीपुलदेखि ओलाङ्चुङगोलातर्फ ३७ किलोमिटर दुरी बराबर ट्र्याक निर्माणको काम गर्ने जिम्मा एलाइट जेभी कम्पनीले पाएको थियो । उत्तर दक्षिण (सुभाङ खोला–मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्र्यालयमार्फत ट्र्याक निर्माणको काम भइरहेको छ । लेलेप–ओलाङ्चुङगोला खण्डमा ट्र्याक निर्माणको काम सम्पन्न भएपछि पाँचथरको सुभाङ खोलादेखि टिपतालासम्म १२१ किलोमिटर सडकको ट्र्याक जोडिएको योजना कार्यालयले जनाएको छ ।

यता ट्र्याक निर्माण भइसकेपछि तिब्बतसँगको सिमाना टिपतालासम्म तमोर कोरिडोरमा तत्काल यातायात सञ्चालन हुने अवस्था भने नभएको बताइएको छ । ट्र्याक जोडिए पनि पहिले निर्माण भएको टिपतालासम्मको करिब ४२ किलोमिटर दुरीभित्र सडक सरसफाइ, मर्मत तथा पुनर्निर्माणको काम गर्नुपर्ने भएकाले यातायात सञ्चालन हुने अवस्था नरहेको हो ।

टिपतालादेखि ओलाङ्चुङगोला हुँदै जङ्गिन नजिकसम्म गोलाका स्थानीयले रकम सङ्कलन गरी ट्र्याक निर्माण गरेका थिए । नयाँ र पुरानो ट्र्याक जोडिएको ठाउँदेखि जङ्गिन हुँदै ओलाङ्चुङगोला बस्ती, मौवाटार–टिपतालासम्म सडक मर्मत तथा पुनर्निर्माण गर्न करिब दुई महिना लाग्ने निर्माण कम्पनीले जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Previous Post

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Next Post

१८ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

सम्बन्धित खबर

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च
अन्तर्राष्ट्रिय

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

२४ भदौ २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

२४ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
फिचर-ब्यानर

नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

२४ भदौ २०८३,
इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव
अन्तर्राष्ट्रिय

इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

२४ भदौ २०८३,
मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
समाचार

मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

२४ भदौ २०८३,
पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी
टुरिजम

बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

२४ भदौ २०८३,
Load More
Next Post
तिहारमा आपराधिक घटना कम, सवारी दुर्घटना बढी– प्रहरी

१८ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In