बिहिबार देवताका गुरु वृहस्पति तथा भगवान् विष्णु र लक्ष्मीको पूजा गरिन्छ । बिहीबारलाई ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने हुनाले धार्मिक दृष्टिले महत्वपूर्ण दिन मानिन्छ । बिहिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । सनातन हिन्दु परम्परा अनुसार बिहीबारका दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने बताइको छ ।
बिहीबारका दिन गर्नै नहुने कार्य
बिहीबारका दिन नुहाउनु अशुभ मानिन्छ । विशेषगरी महिलाहरुले त झन् नुहाउनै हुँदैन । बिहिबारको दिन कपाल वा दारी काट्नु, नङ काट्नु अशुभ मानिन्छ । बिहिबार कपाल धुने, कपडा सफा गर्ने, रौँ काट्ने, फेशियल गर्ने काम कहिले पनि गर्नुहुँदैन । बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहिबार नगर्नु नै राम्रो हुन्छ ।। बिहीबारलाई लक्ष्मी नारायणको दिन पनि मानिन्छ र यस दिन लक्ष्मीको पूजा गर्नु राम्रो हुन्छ ।













