• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१९ देशका सैनिक सहभागी ‘अभ्यास शान्ति प्रयास’ आजदेखि सुरु

by
८ फाल्गुन २०८०,
0
१९ देशका सैनिक सहभागी ‘अभ्यास शान्ति प्रयास’ आजदेखि सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार एक सय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सैनिक मुख्यालय टुँडिखेलमा आयोजित विशेष समारोहमा उक्त तालिमको उद्घाटन गरे ।

शान्ति स्थापना मिसनमा सहभागी हुने फौजको पेसागत दक्षता, आपसी समन्वयात्मक क्षमता अभिवृद्धि सुनिश्चित गर्ने उद्देश्यले आयोजित तालिम काभ्रेस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखाल सञ्चालन हुनेछ । संयुक्त राज्य अमेरिका ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोग एवं नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा अभ्यास सञ्चालन भएको हो ।

नेपालमा सन् २००० मा पहिलोपटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो । त्यस्तै, सन् २०१३ र सन् २०१७ मा यस अभ्यासका दोस्रो तथा तेस्रो संस्करणका अभ्यास सञ्चालन भइसकेका छन् । यस पटकको अभ्यास फागुन २१ सम्म सञ्चालन हुनेछ ।

अभ्यासबाट शान्ति स्थापनामा देखापरेका चुनौतीबारे सहभागी राष्ट्रका सैनिकबीच अनुभव आदानप्रदानका साथै चुनौती सामना गर्न आवश्यक क्षमता एवं समान व्यावसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

तालिम उद्घाटन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वशान्ति प्रयासका लागि संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहभागितालाई महत्व दिँदै आएको बताए । उनले भने, ‘नेपाली सेनाले शान्ति मिसनमा समावेशी संग्लनतालाई प्राथमिकता र महत्व दिँदै आएको छ, शान्ति स्थापनाका हिसाबले अति संवदनशील गोलनहाइटदेखि अफ्रिकाको सहारा मरुभूमिसम्म पुगेर देखाएको बहादुरीलाई विश्वले प्रशंसा गरेको छ । हाम्रो विश्वशान्तिमा लामो अनुभव र ऐतिहासिक उपस्थिति छ ।’

अमेरिकको राजनीतिक तथा सैन्य मामिला ब्यूरोकी योजना तथा कार्यक्रमसम्बन्धी उपसहायक विदेशमन्त्री रेचल शिलर सिलरले अमेरिकाले विश्वशान्ति र सुरक्षामा संलग्न देशलाई क्षेत्रीय शान्तिका सन् २००५ देखि हालसम्म डेढ अर्ब डलर खर्च गरिसकेको बताए । उनले भने, ‘विगतका तुलनामा शान्ति मिसनमा शान्ति सुरक्षाकर्मीप्रति बहुआयामिक सुरक्षा चुनौती बढ्दै गएको छ । अमेरिका शान्ति मिसनको प्रभावकारिता बढाउन कटिबद्ध छ ।’

नेपालका शान्ति स्थापनाप्रतिको प्रतिबद्धताका कारण आज हामी यहाँसम्म आइपुगेको बताउँदै उनले नेपालको शान्ति कायम गर्ने कार्यमा उत्कृष्ट उपलब्धिका लागि प्रशंसा गर्न चाहन्छु भने । सो अवसरमा नेपाली मौलिकता झल्कने भेषभूषासहितको गीत–संगीत र नृत्य प्रस्तुत गरियो भने जीवित देवी कुमारीको झझल्को दिने संस्कार र संस्कृति प्रस्तुत गरियो ।

नेपाली सेनाको हेलिकोप्टरले समारोहमा पुष्पवृष्टिसहित अभ्यास शान्ति प्रयास चार लेखिएको ब्यानर हेलिकोप्टरबाट प्रदर्शन गरियो । नेपाली सेनाको एक टुकडीले त्यस अवसरमा सैनिक ब्यान्ड सो अवसरमा प्रस्तुत गरिएको थियो । समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्यसचिव डा। बैकुण्ठ अर्याल, रक्षासचिव किरणराज शर्मालगायत सहभागी थिए ।

अभ्यासका क्रममा स्थलगत परिचालन, कार्यालयसम्बन्धी काम र अनुभव आदानप्रदानसम्बन्धी विषय सञ्चालन हुनेछ । संयुक्त राष्ट्रसंघको विश्व शान्ति अभियानमा नेपालको ६५ वर्षदेखि दर्विलो साथ र सहयोग रहँदै आएको छ ।

नेपालले कुनै गुट वा उपगुटमा संलग्न नभई राष्ट्रसंघको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति सेना उपलब्ध गराउने सिलसिलामा संयुक्त राष्ट्रसंघको झन्डामुनि मात्र जाने राष्ट्रिय नीति अवलम्बन गरेको छ ।

सन् १९४५ अक्टोबर २४ राष्ट्रसंघको स्थापना भएकामा नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको थियो । नेपालले सन् १९६९–१९७० र सन् १९८८–१९८९ मा दुईपटक राष्ट्रसंघको शक्तिशाली सुरक्षा परिषद्को अस्थायी सदस्यको भूमिकासमेत सफलतापूर्वक निर्वाह गरिसकेको छ । राष्ट्रसंघको शान्ति सहायता अभियानमा नेपाली सेनाको सहभागिता साढे छ दशकभन्दा बढीको छ ।

सन् १९५८ मा लेवनानमा पाँच सैनिक पर्यवेक्षकको तैनाथबाट सेनाको राष्ट्र संघ शान्ति सहायता अभियानसँगको सहकार्य सुरु भएको हो । नेपाल तत्कालीन समयदेखि नै राष्ट्रसंघका अधिकांश शान्ति ‘मिसन’मा सक्रिय सहभागी हुँदैआएको छ ।

यस अवधिमा लगभग ४४ मिसनमा एक लाख ६७ हजार नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन् । नेपाली शान्ति सैनिकको कर्तव्यप्रति निष्ठा र उत्कृष्ट कार्यसम्पादनको राष्ट्रसंघलगायत निकायबाट उच्च प्रशंसा हुँदै आएको छ । शान्ति स्थापनार्थ खटिएका नेपाली सैनिकले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन जिम्मेवारी बहन गर्दै आएका छन् ।

विश्व शान्ति स्थापनामा संलग्न हुने सिलसिलामा हालसम्म ७३ नेपाली शान्ति सैनिकको वीरगति प्राप्त गरेका छन् भने ६८ जना घाइते भएका छन् । शान्ति सैनिक खटाउने मुलुक सूचीमा नेपाल हाल पहिलो वरियतामा भएको राष्ट्र हो । महिला सैनिक खटाउने सूचीमा पनि नेपाल यसअघि नै पहिलो नम्बरमा रहिआएको छ ।

विश्वका १२ मिसनमा हाल छ सय ३२ महिला सुरक्षाकर्मीसहित छ हजार एक सय ३१ सुरक्षा फौज तैनाथ छन् । राष्ट्रसङ्घको आह्वान भएको खण्डमा नेपालले शान्ति कार्यमा दश हजारसम्म तालिम प्राप्त शान्ति सेनालाई परिचालन गर्न सकिने प्रतिबद्धता यसअघि नै जनाइसकेको छ ।

राष्ट्रसंघले नेपालमा भएको दशवर्षे सशस्त्र द्वन्द्व समाधानका लागि नेपालस्थित संयुक्त राष्ट्र संघीय मिसन ९अनमिन० पठाएरसमेत सहयोग पु-याएको थियो ।

Previous Post

चुट्किलाः चाहेको भए जे पनि हुन्थ्यो

Next Post

विष्णुमति करिडोरका अवैध संरचना हटाउन सुरु

सम्बन्धित खबर

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
आवाज

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

१२ असार २०८३,
पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश
समाचार

पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

१२ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ असार २०८३,
Load More
Next Post
विष्णुमति करिडोरका अवैध संरचना हटाउन सुरु

विष्णुमति करिडोरका अवैध संरचना हटाउन सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In