बलिउडका अभिनेता सलमान खानको हिट भएको फिल्म थियो, वान्टेड। फिल्मले सलमानको करिअरमा नयाँ उडान भर्यो।
फिल्मको कारण एक्शन र स्टाइलिश नायकको रूपमा उनको चर्चा झनै चुलिदैं गयो। पूरै फिल्ममा सलमानको वर्चस्व थियो। तर फिल्मकी अभिनेत्री आयशा टाकियाले पनि उत्तिकै चर्चा बटुलिन्। उनको सुन्दर मुहार र मिठो मुस्कानले।
फिल्मबाट चर्चा बटुलेकी उनी लामो समयदेखि फिल्मी दुनियाँबाट टाढा थिइन्। तर फेरि उनी एकपटक देखा परेकी छिन्। तर विल्कुलै नयाँ लुक्समा।
वान्टेडमा देखिएकी आयशा टाकियाको सिजलिंग स्टाइल र सौन्दर्यलाई भुल्न सकिँदैन। फेरि पनि आयशा टाकिया क्यामेराको अगाडि देखिएकी छिन्। तर, यसपटक कुनै सुटिङमा नभई एयरपोर्ट देखापरेकी छन्।
एयरपोर्टमा उनी छोरासँग देखिएकी थिइन्। निलो रङको ड्रेसमा उनी निकै सुन्दर देखिएकी थिइन्। उनको स्टाइल सुन्दर थियो। तर कुनैबेलाको त्यो सुन्दर मुहार भने अहिले फेरिएको छ।
प्लास्टिक सर्जरीको कारण उनको अनुहार नै फेरिएको छ। तर दर्शकहरूलाई वान्टेडमा देखिएकी आयशा नै मनपरेको छ।
सामाजिक सञ्जालमा आयशाको भिडियो देखिएपछि उनका फेन्सले भनिरहेका छन्, ु कस्तोबाट कस्ती भइन्ु। उनको नयाँ लुक्सलाई दर्शकले समेत चिन्नबाट हिच्की रहेका छन्।
शल्यक्रिया अघि सुन्दर आयशाले आफ्नो अनुहार बिगारेको दर्शकहरूको भनाइ छ।













