काठमाडौं । ईपीएस कोरिया भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन गरिने भएको छ । ईपीएस उत्पादनमुलक क्षेत्रको भाषा परिक्षा फागुन ७ गते देखि सुरू गर्न लागिएको हो । हालसम्मकै उच्च १ लाख ६३ हजार ६३५ जनाले यस वर्षको उत्पादनमुलक क्षेत्रको भाषा परिक्षामा आवेदन दिएका छन् । परीक्षा तीन चरणमा हुनेछ ।
ईपीएस कोरिया शाखाका अनुसार बिहान साढे ९ बजे, बिहान ११ बजे दिउँसो १ र ३ बजे साथै अपरान्ह ४ः१० बजे गरी पाँच सिफ्टमा परीक्षा सञ्चालन गरिनेछ । पहिलो चरणमा ४७ हजार ५१९ जनाको परीक्षा लिइने छ । अप्रिल ५ अर्थात् चैत २२ गते समाप्त हुनेछ ।
२०८१ वैशाख ३१ गतेदेखि हुने दोस्रो चरणको परीक्षामा ७९ हजार ९३७ जना सामेल हुने छन् । प्रत्येक दिन २ हजारसम्म परीक्षार्थी सहभागी गराउँदा जुलाई ३० (साउन १५) सम्म दोस्रो चरणको सञ्चालन गरिने तयारी छ । त्यस्तै तेस्रो चरणको परीक्षा नोभेम्बर ११ ९कात्तिक २६० देखि सुरू गरेर डिसेम्बर १५ (२०८१ मंसिर ३०) सम्म सञ्चालन गर्ने तयारी छ । यो चरणमा ३६ हजार १७९ जना सहभागी हुनेछन् ।














