श्वासको नासिकाबाट शरीरभित्र जानु जीवन हो, जन्म हो, बाँच्नु हो । श्वाँसको नासिकाबाट बाहिर जानु मृत्यु हो, विश्राम हो, अन्त हो । श्वास फर्किने ठाउँमा अमृततत्व छ, शून्यपद छ, मनको अभाव छ समयको त्यहाँ प्रवेश छैन । श्वासका प्रवाहले, शरीरलाई सञ्चालन गर्दा, भोकप्यास भन्ने कर्म हुन्छ ।
अन्न ग्रहण गरेपछि, रस, रक्त, वीर्य एवं ओज बन्द छ, यहीँ स्मृतिको निर्माण हुन्छ । यो स्मृति क्षणिक हो, धोखा हो, यही स्मृतिले व्यक्तिगत एवं सामूहिक भएर इच्छा आशा, लोभ, मूर्खता, एवं अज्ञानहरूको निर्माण गर्छ । स्मृति नै आसक्ति हो, आसक्ति नै अहङ्कार हो अहङ्कार नै व्यक्तिपना हो । व्यक्तिपनाको आसक्ति नै सबै मोह, लोभ, क्रोध, आशा, तृष्णा, सब निराशाको बीज हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













