पाचन प्रणालीको अग्र स्थानमा रहेको मुखको स्वस्थ, सुन्दर जीवन निर्माणमा अग्रणी भूमिका रहेको हुन्छ । स्वस्थ मुखले नै व्यक्तिको सौन्दर्य उजागार गर्दछ । मुख स्वस्थ राखी सधैँभरि आकर्षक रहनको निमित्त निम्न बुँदाहरु पालन गर्नु अत्यन्त उपयोगी हुन्छ, यसले सम्पूर्ण शरीरलाई प्रभाव पार्दछ —
– खाना चपाई चपाई खाने ।
– खाना पछि दिनको दुई पटक ब्रस गर्ने ।
– गुलियो खानाहरु कम खाने र खाएपछि कुल्ला गर्ने ।
– प्रसस्त पानी पिउने ।
– नवजात शिशुलाई आमाको दूध मात्र दिने, सकभर बट्टाको दूध प्रयोग नगर्ने ।
– धुम्रपान, मद्यमान, ड्रग्स, पान, सुपारी, गुट्खा आदि नखाने ।
– गाजर, हरियो सागपात, पहेँला फलफूल, दूधका परिकार, मकै, भटमास, गेडागुडी आदि जस्ता पोषिला खाने कुराहरु खाने ।
– समय समयमा दन्त परीक्षण गर्ने ।
– धेरै चिसो र धेरै तातो नखाने ।











