• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जब दिक्तेलको खाल्लेमा बस पुग्यो

by
१ फाल्गुन २०८०,
0
जब दिक्तेलको खाल्लेमा बस पुग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ । दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस सेवा सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले सो सेवाको सोमबार शुभारम्भ गरे । सो अवसरमा उहाँसँगै ८६ वर्षीय गङ्गाबहादुर कटवाल, ८० वर्षीय तेजबहादुर राईलगायतका खाल्लेका स्थानीय बासिन्दा केहीबेर धक खोलेर नाचगान गर्दै रमाएका थिए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट बस लिएर आहाले पुगेका चालक र सहचालकलाई खाल्लेवासीले अबिर र खादाले स्वागतसमेत थिए ।

आफ्नो घर नजिकैबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्नेगरी निर्माण गरिएको सडकमा पहिलोपटक गुडेको बस चढेर आहाले पुगेका उनीहरू सोही बसमा चढेर दिखुवाफेदीसम्म पुगेर पुनः आ–आफ्नो घर फर्किएका थिए । दिक्तेलबाट खाल्लेस्थित खानीडाँडा हुँदै पुरानोगाउँबाट रेग्मीटारस्थित सगरमाथा राष्ट्रिय राजमार्ग जोडिने सडकमा सोमबार परीक्षणका लागि खोटाङ यातायात प्रालिको दुईवटा बस सञ्चालन गरेको थियो ।

खाल्लेस्थित आहालेबाट दिखुवाफेदीसम्मको सडक स्तरोन्नति गरेपछि पुरानोगाउँ हुँदै रेग्मीटारसम्म नियमित बस सञ्चालन गर्ने तयारीस्वरुप परीक्षण गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिएका छन् ।

“दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक सञ्चालन हुँदा करिब एक घण्टा छोटो हुन्छ । यो सडक सञ्चालन गर्ने तयारीमा छौँ”, उनले भने, “दिक्तेल–महुरे–रेग्मीटार सडक घुमाउँरो छ । दिक्तेल–खानीडाँडा–पुरानोगाउँ हुँदै रेग्मीटार ३१ दशमलव ५० किलोमिटरमात्र छ । यो सडकलाई तत्कालका लागि राजापानीस्थित पुरानोगाउँ हुँदै रेग्मीटारसम्म नियमित यातायात सञ्चालन गर्ने योजना बनाएका छौँ ।”

तत्कालीन जिल्ला विकास समितिले ट्र्याक खोलेको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक स्तरोन्नतिका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रु ८६ लाख बजेट उपलब्ध गराएको थियो । उपभोक्ता समितिमार्फत स्तरोन्नतिको काम गरिएको उक्त सडकमा उपभोक्ता समितिले रु छ लाख ७९ हजार सात सय २१ को श्रमदान गरेका छन् ।

सगरथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत रेग्मीटारबाट घर्तीभिरसम्म सिधा ट्रयाक खोलिएको सडकलाई यसै वर्षभित्र घर्तीभिर वारपार गराउने योजना बनाइएको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिएका छन् ।

“घर्तीभिरमा ठूलो चट्टान भएकाले अहिलेसम्म दुवैतर्फको ट्रयाकलाई जोड्न सकिएको छैन । यो चट्टान फुटाउन मेरो व्यक्तिगत तर्फबाट पनि सहयोग रहन्छ । मसँग स्काभेटर छ । नगरपालिकाले इन्धन उपलब्ध गराएमा मसँग भएको स्काभेर निःशुल्क उपलब्ध गराउछु”, उनले भने, “दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक हामी खाल्लेवासीका लागि मात्र नभई जिल्लाको प्रमुख मार्ग हो । यो सञ्चालनमा ल्याउन सकिएमा तराईका विभिन्न जिल्ला एकै दिनमा पुगेर पुनः बेलुका घर फर्कन सकिन्छ ।”

दिखुवाखोला पारीबाट थ्रिस्टार हाइड्रोपावर कम्पनीले निःशुल्करूपमा राजापानीको पुरानोगाउँसम्म सडक निर्माण गरिदिएको छ । उक्त सडकमा नियमित यातायात सञ्चालन भएमा जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानी मूल्यमा प्रतिकेजी रु दुईदेखि पाँचसम्म घट्ने अनुमान गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका वरिष्ठ उपाध्यक्ष मनोज बजिमयले जानकारी दिएका छन् ।

दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक निर्माणका लागि यस वर्ष प्रदेश सरकारबाट रु ८० लाख बजेट आएको नगरउपप्रमुख विशन राईले जानकारी दिए । “घर्तीभिरको चट्टान तोडेर दुवैतर्फको ट्रयाक जोड्ने पहल भइरहेको छ । यो सडक नगरपालिकाको गौरवको आयोजना हो”, उनले भने, “अहिले दिक्तेलबाट महुरे, बुइपा, राजापानी हुँदै घुमेर रेग्मीटार पुग्नुपर्ने बाध्यता छ । दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक जोड्न सक्यौँ भने दिक्तेलबाट सिधँै डेढ घण्टामा रेग्मीटार पुग्न सकिन्छ । यसलाई मध्यनजर गरेर निर्माणको कामलाई तीव्रता दिइरहेका छौँ ।”

कालोपत्रको काम भइसकेको दिक्तेल–महुरे २० किलोमिटर र कालोपत्रको काम भइरहेको महुरे–राजापानी–रेग्मीटार सडक २९ किलोमिटर गरी दिक्तेल–रेग्मीटार सडक ५९ किलोमिटर लामो छ । सञ्चालनमा ल्याइएको दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा १७ दशमलव ५० किलोमिटर छोटो छ ।

दिक्तेल–खानीडाँडा सडक पनि पुनः कालोपत्रको काम थालिएको छ । रु २१ करोड एक लाख ८८ हजार लगानीमा कालोपत्रको काम थालिएको सो सडक ठेकेदारको लापरवाहीले करिब एक वर्ष ६ महिना अलपत्र अवस्थामा थियो ।

ठेकेदार कम्पनीले विसं २०७६ चैत ७ गतेभित्र सम्पन्न गर्नेगरी निर्माणको जिम्मा लिएको उक्त सडक सम्झौता अवधि गुज्रिएपछि थप भएको समय पनि विसं २०७८ वैशाख २९ गते सकिएको छ । अलपत्र अवस्थामा रहेको दिक्तेल–खानीडाँडा सडक कालोपत्रको भौतिक प्रगति ४८ प्रतिशत र वित्तीय प्रगति ४७ दशमलव ७६ प्रतिशतमात्र सम्पन्न भएको हो ।

दिक्तेल–खानीडाँडा सडक सुरुका दिनमा कालोपत्रको कामलाई तीव्रता दिइए पनि क्रमशः सुस्तगतिमा झरेपछि निर्माण कम्पनीको आलोचना हुँदै आएको छ । लामो समयसम्म अलपत्र छाडिएको सडक तत्काल सम्पन्न गर्न ठेकेदार कम्पनीलाई लिखितरूपमै निर्देशन दिइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिएका छन् ।

Previous Post

कांग्रेस महासमिति बैठकः आवास समन्वय उपसमितिमा दश सदस्य थप

Next Post

पौवादुङमामा फुसको छानो हटाउने अभियान सुरु

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
पौवादुङमामा फुसको छानो हटाउने अभियान सुरु

पौवादुङमामा फुसको छानो हटाउने अभियान सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In