एकजना महिला साडी किन्न गइन् साडी पसलमा गइन्—
महिलाः दाइ एउटा आधुनिक डिजाइनको साडी देखाउनुस् त ।
व्यापारीः यो लिनुस् । नयाँ अनि चलेको डिजाइनको छ ।
महिलाः कति हो यसको मूल्य ?
व्यापारीः पाँच हजार रुपियाँ मात्र हो ।
महिलाः अलि मिलाएर रेट लगाउनुस् न दाइ, हरेक पटक तपाईंकै पसलबाट त लाने गरेकी छु नि !
व्यापारीः थोरै त दया गर्नुस् न बहिनी ! यो पसल हिजोबाट खुलेको हो ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













