• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

शिलान्यासमै सीमित रह्यो आधारभूत अस्पतालको भवन

by
२९ माघ २०८०,
0
शिलान्यासमै सीमित रह्यो आधारभूत अस्पतालको भवन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ । बराहपोखरी गाउँपालिकामा निर्माण गर्ने भनिएको पाँच श्ययाको आधारभूत अस्पताल भवन निर्माण शिलान्यासमै सीमित भएको छ । बराहपोखरी- ४ फाक्टाङको धर्तुङमा निर्माण हुने सो अस्पताल भवनका लागि बजेटको सुनिश्चितता नहुँदा शिलान्यासमै सीमित भएको हो ।

ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित तत्कालीन प्रधानमन्त्री केपी ओलीले विसं २०७७ मङ्सिर १५ गते भर्चुअल माध्यमबाट एकैसाथ पाँच, दश र १५ श्ययाको तीन सय नौ वटा अस्पतालको शिलान्यास गरेका थिए । दुई वर्षभित्रै सञ्चालनमा ल्याउने गरी शिलान्यास गरिएका त्यही तीन सय नौ आधारभूत अस्पतालको सूचीमा बराहपोखरीको पनि समावेश भएको थियो ।

धर्तुङमा आधारभूत अस्पताल बनाउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष रु दश लाख खर्च गरेर घडेरी सम्याउने काम सम्पन्न गरेको गाउँपालिकाका प्रशासन सहायक एवं सूचना अधिकृत रमेश पोखरेलले जानकारी दिएका छन् । धाप्लाङ(धर्तुङ सडक नजिकै आधारभूत अस्पताल निर्माणका लागि गाउँपालिका उपाध्यक्ष भूवलराज राईले चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

पालिकास्तरीय अस्पताल भवन निर्माणका लागि जग्गा जुटाएर भवनको विस्तृत परियोजना प्रतिवेदन ९ डिपिआर ० तयार पारेर अर्थमन्त्रालयमा बजेट माग्न जाँदा बजेटको सुनिश्चितता भएपछिमात्रै भवन बन्ने जवाफ आएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए । ‘पूर्वप्रधानमन्त्रीले शिलान्यास गर्दा हाम्रो पनि परेछ । अस्पताल बनाउन भनेर जग्गा जुटाएर घडेरी सम्यायौँ । डिपिआर पास गरेर अर्थमन्त्रालय गयौँ । मन्त्रालयले सबै पैसाको सुनिश्चितता छैन भन्छ ।’

अस्पताल भवन निर्माणका लागि अर्थ मन्त्रालयबाट आर्थिक वर्ष २०८०-०८१ मा रु २० लाख विनियोजन भएको गाउँपालिका प्रमुख बञ्जराले जानकारी दिएका छन् । तर, सो रु २० लाख रकमले ठेक्का खोल्नै नपुग्ने गाउँपालिकाले जनाएको छ ।

कार्यपालिकाको निर्णय, जग्गा व्यवस्थापन, डिपिआर तयार, बोलपत्र लगायतका प्रक्रिया पूरा नभएका कारण जिल्लामा शिलान्यास गरिएका धेरैजसो अस्पताल भवन निर्माणका लागि विनियोजित बजेट ‘फ्रिज’ भइरहेका छन् । दश स्थानीय तह रहेको जिल्लामा बराहपोखरीसँगै दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा दुई वर्षअघिमात्रै पाँचरपाँच श्ययाको अस्पताल निर्माणका लागि योजना परेको थियो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पहिलो वर्षअर्थात् आव २०७७-०७८ मा छवटा स्थानीय तहका लागि योजना परेको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा ऐसेलुखर्क, रावाबेँसी, केपिलासगढी, साकेला र जन्तेढुङ्गा गाउँपालिकामा अस्पताल भवन निर्माणको योजना परेको हो ।

पहिलो वर्ष नै योजना परेका अस्पतालको कामसमेत अहिलेसम्म सम्पन्न भएका छैनन् । जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा निर्माणाधीन पाँच श्ययाको अस्पताल भवनमा ठेकेदार कम्पनीको लापर्वाहीका कारण गुणस्तरहीन बालुवारगिट्टी प्रयोग भएको नपाइएपछि पुनः भत्काएर निर्माण सुरु गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र तथा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यसअघि नै १५ श्ययाको सरकारी जिल्ला अस्पताल सञ्चालनमा थियो । उनन्तीस वर्षसम्म १५ श्ययामा सञ्चालन हुँदै आएको जिल्लाको एकमात्र सरकारी अस्पताललाई अहिले ५० श्ययामा स्तरोन्नति गर्ने गरी स्तरोन्नतिको काम तीव्रगतिमा भइरहेको छ ।

Previous Post

मुग्लिन–पोखरा सडक विस्तारः पोखरामा कालोपत्र सुरु

Next Post

विरुद्ध मानहानिको उजुरी दर्ता, सय करोड क्षतिपूर्ति माग

सम्बन्धित खबर

वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

११ असार २०८३,
तिलाहारमा बेठीका साथ रोपाइँ
आर्थिक

कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

११ असार २०८३,
Load More
Next Post
विरुद्ध मानहानिको उजुरी दर्ता, सय करोड क्षतिपूर्ति माग

विरुद्ध मानहानिको उजुरी दर्ता, सय करोड क्षतिपूर्ति माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In