• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पार्टीले कारवाही गरेपछि कृषिमा रमाउँदै धर्मराज

by
२१ माघ २०८०,
0
पार्टीले कारवाही गरेपछि कृषिमा रमाउँदै धर्मराज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका धर्मराज पोखरेलले विसं २०७८ मा ‘विजय अग्र्यानिक भिजेल कम्पनी प्रालि’ मार्फत आफ्नै गाउँमा कृषि फार्म सुरु गरेका थिए । बूढानीलकण्ठ नगरपालिका–८ काठमाडौँमा परिवारसहित बसोबास गर्दै आएका उनले आफ्नो जन्मथलो विजयखर्कका फरक–फरक १३ ठाउँ तथा बुइपा र राजापानीमासमेत बङ्गुर, बाख्रा, गाई–भैँसी, कुखुरा, माछा, फलफूल र तरकारी खेती लगाएका छन् ।

विजयर्खस्थित उनले आफ्नै जग्गामा १३ बङ्गुर फार्म सञ्चालन गरेका छन् । राजापानीमा दुईवटा बाख्रा फार्म छन् । बङ्गुर र बाख्राको मल प्रयोगका लागि फार्म आसपासमा फलफूल र तरकारी खेती लगाइएको छ । जस्ताले छाइएको सिमेन्टेड फार्मभित्र बँदेल पनि पालिएको छ । भूगोल, हावापानीअनुसार माटो परीक्षण गरेर व्यावसायिक कृषि फार्म सञ्चालन गरिएको उनले जानकारी दिए ।

विजयखर्कको रामबाडीस्थित दुईवटा बङ्गुर फार्ममा ५० का हाराहारीमा बङ्गुर र बँदेल छन् । वरपर कागती, लिची, कटहर, केरा, माछापोखरी, तरकारीखेती लगाइएको छ । विजयखर्ककै भैरमपुरबेँसीमा पाँच बङ्गुर फार्म छन् । जहाँ करिब दुई सय हाराहारीमा बङ्गुर र बँदेल छन् । त्यही सातवटा पोखरीमा माछापालन गरिएको छ । एउटा कुखुरा फार्ममा करिब पाँच सयको हाराहारीमा कुखुरा छन् । आसपासमा अनार, अङ्गुर, आँप, लिची, कटहर, सुन्तला, कागती, एभोकाडो, चेरीमैया, जापानिज कटुस, केरा, अम्बा, रुद्राक्षलगायतको व्यावसायिक खेती लगाइएको छ ।

बुइपाको स्वाराटोलमा चारवटा बङ्गुर फार्म छन् । जहाँ करिब दुई सयको हाराहारीमा बङ्गुर छन् । सँगै अम्बा, अमला, कागती, सुन्तला, एभोकाडो लगाइएको छ । बुइपाकै तमरुङमा एउटा बङ्गुर फार्म राखिएको छ । सो फार्ममा ५० वटाको हाराहारीमा बङ्गुर छन् । सँगै सिताके च्याउ, किबी, अनार, कागती, सुन्तला, स्याउ, अङ्गुर, कुरिलो र तरकारीखेती लगाइएको छ । बुइपाकै दम्कुमा भैँसीगोठ, सुँगुर खोर, कुखुरा फार्मसँगै कागती, सुन्तला, लिचीलगायतको खेती लगाइएको छ । हरेक ठाउँमा सञ्चालित फार्मबाट उत्पादन समेत दिन थालेको पाइएको छ ।

यस्तै राजापानीको खाम्तेलडाँडामा एउटा बङ्गुर फार्ममा ६० बङ्गुर छन् । बङ्गुरसँगै गाई र भैँसीपालन गरिएको व्यवसायी पोखरेल बताउँछन् । राजापानीकै तल्लोबडकामा दुईवटा बाख्रा फार्ममा करिब चार सयको हाराहारीमा बाख्रापालन गरिएको छ । पाँचवटा गाईपालन गरिएको छ । गाई बाख्राका लागि डाले र भुइँघाँस लगाइएको छ । फार्म आसपासमा कागती, सुन्तला, लिची, तरकारी खेती लगाइएको छ । हरेक ठाउँका फार्ममा एक–एक परिवारलाई पारिश्रमिकसहित सेयर सदस्यका रूपमा राखिएको छ । सेयर सदस्यका रूपमा राखिएका नौ घरपरिवारका ६५ जनाले फार्मको हेरचाह गर्ने गरेका छन् ।

फार्ममा तयार भएका बङ्गुरको मासु बिक्री वितरणका लागि उनले बुइपाको पञ्चदोबाटोमा खाने बस्ने व्यवस्थासहितको होटल र कोल्डस्टोरसहितको मासु कटिङ सेन्टर खोलेका छन् । फार्ममा पाल्नका लागि धरान र चितवनबाट बँदेलको पाठा ल्याइएको हो । प्रतिकेजी रु एक हजार दुई सयका दरले फार्मबाटै ५६ बँदेल बिक्री भइसकेको उनी बताउँछन् । राजनीतिमा समेत सक्रिय रहेका पोखरेलले काठमाडौँमा विजय इन्जिनियरिङ कन्सल्ट्यान्सी सञ्चालन गर्दै आएका छन् ।

बहुउद्देश्यीय तरिकाले स्थापना गरिएको कृषि फार्मका लागि संरचना निर्माण तथा सञ्चालनमा अहिलेसम्म एकोहोरो लगानी मात्र भइरहेको पोखरेलले बताए । ‘कृषिमा वास्तविक किसानले अनुदान पाउँदैनन् । अहिले व्यक्तिगतरूपमा लगानीमात्र भइरहेको छ । आम्दानी सुरु भएको छैन । अहिलेसम्म रु १५ करोडभन्दा बढी लगानी गरिसकेको छ’, उनले भने, ‘जिम्मेवार निकायमा बसेकाहरू कृषिमा सम्भावना छ भनेर गफ मात्रै गर्ने गरेका छन् । मैलेचाहिँ आफै गरेर देखाऔँ भन्ने हो । फार्मले आम्दानीसमेत दिन थालेको छ । मेरो कृषि फार्म देखेर यहाँका धेरैजना स्थानीय बासिन्दाले आ–आफ्नो क्षेत्रमा व्यावसायिक खेती सुरु गरेका छन् । कृषि पेसालाई व्यावसायिक तथा आधुनिक तरिकाले अपनाउन अभियान समेत चलाइरहेको छु ।’

फार्ममा उत्पादित अधिकांश कृषि उपज तथा पशुपक्षी काठमाडौँ निर्यात हुने गरेको जनाइएको छ । केही समयपछि काठमाडौँको विभिन्न ठाउँमा आफ्नै बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरिएको पोखरेलले जानकारी दिए । कृषि पेसामा ठूलो धनराशि लगानी गरेका उनले विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस प्रदेश समितिबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर प्रमुखको टिकट पाए पनि अन्तिममा उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर तीर्थराज भट्टराईलाई सघाए ।

प्रदेशसभा निर्वाचनमा पनि पोखरेलले खोटाङ प्रदेशसभा (क) मा वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका थिए । निर्वाचन परिणामअनुसार गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी) का वीरबलकाजी राई पराजित भए भने, नेकपा एमालेका पाँचकर्ण राई विजयी भए । कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका पोखरेललाई केन्द्रीय अनुशासन समितिले पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेपछि अहिले आफ्नै गाउँमा आएर कृषि कर्ममा रमिरहेका छन् ।

Previous Post

चिलीमा डढेलो, कम्तीमा ४६ जनाको मृत्यु

Next Post

हत्यापछि आफै प्रहरी कार्यालय पुगेर भने–श्रीमतीको दवाव सहन नसकेर मारें

सम्बन्धित खबर

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
फिचर-ब्यानर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

२० फाल्गुन २०८२,
वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ
फिचर-ब्यानर

वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

२० फाल्गुन २०८२,
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
फिचर-ब्यानर

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

२० फाल्गुन २०८२,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
Load More
Next Post
हत्यापछि आफै प्रहरी कार्यालय पुगेर भने–श्रीमतीको दवाव सहन नसकेर मारें

हत्यापछि आफै प्रहरी कार्यालय पुगेर भने–श्रीमतीको दवाव सहन नसकेर मारें

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In