• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आन्तरिक पर्यटकको गन्तव्य बन्दै रत्नेचौर

by
१९ माघ २०८०,
0
आन्तरिक पर्यटकको गन्तव्य बन्दै रत्नेचौर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलेश्वर (म्याग्दी) । म्याग्दीको रत्नेचौर यति बेला विदेशमा समेत चर्चित छ । परम्परागत तोरी खेतीलाई सामाजिक सञ्जालसँग जोडेर राख्न थालेदेखि यो गाउँको चर्चा हुन थालेको हो ।

बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर केही समययता सामाजिक सञ्जालमा ‘भाइरल’ बनेकाले अहिले आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बनेको छ । भौगोलिक वनावटका साथै प्राकृतिकरूपले सुन्दर रत्नेचौर सबैलाई आकर्षित गर्न सफल भएको छ ।

परम्परागत कृषिलाई व्यवस्थित गरेर सूचना प्रविधिसँग जोडिएकाले यो गाउँको कायापलट भएको स्थानीय अगुवा भरत खत्री बताउँछन् । उत्तरतर्फ चाँदीझैँ टल्किएका धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत हिमशृङ्खला, तोरी र गहुँ झुलेर आकर्षक देखिने समथर फाँट, बेनी–बागलुङ सडकको बायाँतर्फ विशाल खेलमैदान र समथर खेतको बीच भागको सडक कालोपत्रे भएकाले पनि रत्नेचौरको रौनक झन बढेको छ ।

रत्नेचौरदेखि अर्जम, भकुण्डे हुँदै भकिम्ली जोड्ने सडकको रत्नेचौर–अर्जम खण्ड कालोपत्रे गरिएको छ । समथर फाँटमा झुलेको धान, फाँटको बीचमा कालोपत्रे सडकका साथै धौलागिरि, नीलगिरिलगायत हिमशृङ्खला देखिने गरी तस्बिर खिचाउन, टिकटक बनाउन र रमाउन दैनिक सयौँको सङ्ख्यामा युवायुवती आउन थालेपछि अहिले रत्नेचौर बेफुर्सदिलो बनेको छ ।

कृषिमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहाँका बासिन्दाले समथरफाँटलाई प्राङ्गारिक कृषिफाँट बनाउन थालेका छन् । गाउँको फाँटमा रैथाने बालीको खेती गर्ने, होटल, रेष्टुराँ र होमस्टे ९घरबास० विस्तार गर्ने, दूध, ताजा तरकारी र फलफूल सबैको घरको करेसाबारीमा लगाउने र पशुपालन गर्नेजस्ता कामको सुरुआत भइसकेको अगुवा खत्री बताउँछन् । त्यसैगरी ढोडेनी खोलामा निर्माण भएको रत्नेचौर–कुडुले जोड्ने झोलुङ्गे पुलले पनि रत्नेचौरको आकर्षण बढाएको छ ।

“पूर्वतर्फ मोहोडा भएको फराकिलो रत्नेचौरको फाँटमा धेरै पहिलेदेखि नै तोरी लगाइन्थ्यो । रत्नेचौरबाट उत्तरतर्फ सेता हिमाल, बागलुङ, पर्वत र म्याग्दीका अनेकौँ गाउँबस्ती पहिले पनि देखिन्थे”, बेनी नेपाली कांग्रेस स्थानीय नेता नेत्रबहादुर महत भन्छन्, “यी दृश्य हेर्न पर्यटक पहिले आउँदैनथे । जब, फाँटको बीचमा सडक पिच भयो र सामाजिक सञ्जाल तथा आम सञ्चारमाध्यममा यहाँको समाचार आउन थाल्यो त्यसपछि गाउँको रौनक बढ्यो ।”

“विसं २०७७ मा फाँटको सडक कालोपत्र भयो । बेनी–बागलुङ सडकको स्तरोन्नति भयो । परम्परागतरूपमा गरिँदै आएको कृषिलाई व्यवस्थित गर्न थालियो । प्रविधिको पहुँचसँगै फोटो र भिडियो सामाजिक सञ्जालमा देखिन थालेकाले विगत चार वर्षयता रत्नेचौर देश विदेशमा ‘भाइरल’ बन्यो” वडा नं १का वडाध्यक्ष टेकबहादुर थापा भन्छन् ।

म्याग्दी, बागलुङ, पर्वत र कास्कीका साथै मुस्ताङ जाने र फर्कने पर्यटक रत्नेचौरको तोरीबारीमा रमाउँछन् । पर्यटकको चहलपहलसँगै रत्नेचौरमा व्यापार व्यवसाय पनि फस्टाउँदै गएको छ । पर्यटकको वृद्धिसँगै यहाँ विकासका पूर्वाधार पनि थपिएका छन् । होटल र रेष्टुुराँ खुल्नाका साथै रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि निर्माण भएकाले यो क्षेत्र नयाँ गन्तव्य बनेको स्थानीयवासीको भनाइ छ ।

धौलागिरि हिमाल देखिने गरी सडकमा उभिएर तोरीको पहेँलो र गहुँको हरियो दृश्यसहित तस्बीर खिच्न र भिडियो बनाउन यो याममा यहाँ दैनिक आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । बिदाको दिनमा पर्यटकको भीडले सडक खचाखच भरिने गरेको स्थानीयवासी बताउँछन् । पोखराको बिरौटाबाट चार साथीसहित रत्नेचौर आएका प्रविण शेरचन हिमाल हेर्दै तोरीबारीको बिचमा रमाउन पाउँदा निकै आनन्द आएको बताउँछन् ।

पछिल्लो समय यहाँ मुस्ताङ जाने र फर्किने विदेशी पर्यटकसमेत आउन थालेका स्थानीय दिनेश बोगटीको भनाइ छ । उनका अनुसार यहाँ दैनिक तीन सयदेखि पाँच सय जनाको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

Previous Post

दयाहाङ राईको हातमा अहिले १७ चलचित्र

Next Post

आज शनिबार शनिदेवको पूजा गर्ने विशेष दिन

सम्बन्धित खबर

पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

११ असार २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
Load More
Next Post
आज शनिबार कुन भगवानको पुजा गर्ने ?

आज शनिबार शनिदेवको पूजा गर्ने विशेष दिन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In