• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

    नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न

    आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

थारु कला संस्कृतिको संरक्षणमा नयाँ पुस्ताको आकर्षण

by
११ मंसिर २०७९,
0
थारु कला संस्कृतिको संरक्षणमा नयाँ पुस्ताको आकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाङ, थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न कार्यक्रमसँगै मेला तथा महोत्सवमा थारु जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यको माग बढ्न थालेपछि उक्त कला र संस्कृतिको संरक्षणसँगै विकासमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो ।

विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभा सम्मेलनमा थारु जातिसँग सम्बन्धित नाचको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उमहानगरपालिका–१० निवासी अनिता चौधरी बताउछिन्। ११ कक्षामा अध्ययनरत उनी पछिल्लो समय फुर्सदका बेलामा थारु नृत्य सिक्नेदेखि कार्यक्रममा समेत सहभागी हुने गर्छिन् ।

“आफूले जानेका नृत्य नाच्ने र नजानेका सिक्दै कार्यक्रममा सहभागी हुने गरेको छु”, उनी भन्छिन्, “जसले गर्दा आफ्नो कला र संस्कृतिका बारेमा थप ज्ञान पाउनका साथै आर्थिकरुपमा केही आम्दानीसमेत हुने र हौसला बढाउने काम पनि भइरहेको छ।”

अनिता जस्तै घोराही उपमहानगरपालिका–१७ निवासी सुस्मीता चौधरी पनि संस्कृति संरक्षणमा जुटेकी छिन् । आफ्नो मौलिक पहिचानका रुपमा रहेका थारु वेषभूषा र गरगहना लगाउनदेखि नाच्न पनि लजाउने उनी पछिल्लो समय जातीय वेषभूषामा सजिएर विभिन्न कार्यक्रममा सहभागी हुँदै आएको बताउछिन् । सत्र वर्षीय सुस्मिताले थारुको पहिचानका रुपमा रहेका बढ्का नाच, छोक्रा नाच, सङ्ख्या नाच नाच्नसमेत सिकेकी छिन् ।

“सुरुमा नाच्न मन लागे पनि लाजका कारण डर लाग्ने भएकाले सार्वजनिक कार्यक्रममा सहभागी हुन र नाच्न मन लाग्दैन थियो”, उनी भन्छिन्, “तर अहिले सहज भएजस्तो लाग्छ । आफ्नो जातिगत वेषभूषा र पहिरनमा सजिएर नृत्य देखाउँदा खुसी लाग्छ ।”

नृत्यसँगै सुस्मिता आफूलाई अहिले थारु जातिका महिलाले परापूर्वकालदेखि चाडपर्वमा लगाउने गरेको लहङ्गा, घुर्या, हातमा कर्या, घाँटीमा लगाउने सुत्यालगायत पहिरनमा सजिनसमेत मन लाग्ने गरेको बताउनुहुन्छ । कला र संस्कृतिप्रतिको रहरले आफू गाउँदेखि सहरसम्म हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको उनको भनाइ छ ।

थारुबस्ती बाक्लो भएका गाउँबाट पछिल्लो समय थारु समुदायका युवायुवती आफ्नो वेषभूषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुनेक्रम बढ्दै गएको छ । जिल्लामा हुने धेरैजसो कार्यक्रममा आफ्नो वेषभूषा र परिहनमा सजिएर नाचगान गर्नेदेखि पाहुनको स्वागतमा समेत उनीहरु खटिने गर्छन् ।

पछिल्लो समय योक्रम झनै बढेको थारु समुदायका अगुवा चन्द्रप्रसाद चौधरी बताउछन् । आधुनिकतासँगै बाह्य संस्कृतिका कारण ओझेलमा परेको थारु संस्कृतिको विकासका साथै युवापुस्ताको अग्रसरताले वेषभूषा तथा संस्कृति संरक्षणमा सहयोग पुगेको उनको भनाइ छ ।

थारु जातिमा सखिया गीत गाउने र माघीमा मघौटा नाच नाच्ने चलन छ । त्यस्तै जहिले पनि नाचिने छोक्रा नाच, हातमा रङ्गीविरङ्गी टालो बाँधेर नाचिने झुम्रा नाच, बड्का नाच पनि नाच्ने गरिन्छ ।
रासस

Previous Post

भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

Next Post

चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन

सम्बन्धित खबर

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै
आर्थिक

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

११ साउन २०८३,
गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
आर्थिक

गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

११ साउन २०८३,
आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात
फिचर-ब्यानर

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

११ साउन २०८३,
स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न
अन्तर्राष्ट्रिय

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

११ साउन २०८३,
नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन
फिचर-ब्यानर

नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

११ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

११ साउन २०८३,
Load More
Next Post
चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन

चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In