काठमाडौं । विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्।सीआईबीले उनलाई पक्राउ गरेको हो। बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको घटनामा अरुण चौधरीलाई सिआईबीले पक्राउ गरेको हो ।
बाँसबारीको उक्त जग्गामा अहिले चाँदबाग स्कूल सञ्चालनमा छ ।
सरकारी जग्गा अरुण चौधरीको नाममा नामसारी गरिँदा छालाजुत्ताको सञ्चालक समितिका अध्यक्ष रहेका थापा समेत पक्राउ परेका हुन् । अदालतबाट पक्राउ पुर्जी जारी गरेर उनीहरूलाई नियन्त्रणमा लिइएको सीआईबी स्रोतको भनाइ छ ।
१० रोपनी जग्गा निजी कम्पनीमा नामसारी गरिँदाका कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीमाथि समेत अनुसन्धान हुने जनाइएको छ ।













