• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार

    पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जताजतै सीसीटिभी क्यामेरा, तर रोकिएन भ्रष्टाचार र घुस लेनदेन

by
१६ माघ २०८०,
0
जताजतै सीसीटिभी क्यामेरा, तर रोकिएन भ्रष्टाचार र घुस लेनदेन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले सडकमा सीसीटिभी क्यामेरा जडान गरेको छ । सीसीटिभी क्यामेरा जडान गर्दा नै जनताले तिरेको अर्बौं कर खर्चिएको छ । र, त्यो जडान गर्दा कमिसन वा भ्रष्टाचार हुने कुरा छुट्टै छ । सीसीटिभी क्यामेरा राखेर पनि सरकारले न त अपराधी समात्न सकेको छ, न त सवारी दुर्घटना नै कम भएको छ ।

अहिले पनि ‘नो पार्किङ’ लेखिएको ठाउँमा सवारीसाधन पार्किङ गर्ने क्रम जारी छ । हरेक सरकारी कार्यालयमा सीसीटिभी क्यामेरा जडान गरिएको छ । यद्यपि न त जनताको काम छिटोछरितो रूपमा भइरहेको छ, न त भ्रष्टाचार वा घुस लिने काम नै रोकिएको छ ।

सरकारको स्वीकृतिबिना कुनै व्यक्ति वा संस्थाले आफ्नो घर वा संस्थामा सीसीटिभी क्यामेरा जडान गर्न नपाउने कानुनमा उल्लेख छ । पछिल्लो समय धेरैजसो व्यक्ति तथा संस्थाले आफ्नो घर वा कार्यालयमा सीसीटिभी क्यामेरा जडान गरेका छन् । तर, सरकारको स्वीकृतिबिना । यो गैरकानुनी काम हो । सीसीटिभी क्यामेरा राखेर आफूलाई धनी देखाउने, बाटोमा हिँडिरहेका व्यक्तिहरूको भिडियो रेकर्ड गरेर सामाजिक सञ्जालमा भाइरल बनाउनेलगायत काम भइरहेका छन् ।

सार्वजनिक पदधारण गरेकाबाहेक बाटोमा हिँडिरहेका व्यक्तिहरूको फोटो खिच्नुपरेमा सञ्चारकर्मीले त्यस्ता व्यक्तिसँग अनुमति लिनुपर्ने प्रावधान छ । अनि आफ्नो घर वा संस्थामा सीसीटिभी क्यामेरा राखेर बाटोमा हिँडिरहेको जोकोहीको पनि फोटो, भिडियो रेकर्ड गर्ने तथा सामाजिक सञ्जालमा भाइरल बनाइदिने अनुमति व्यक्ति तथा संस्थालाई कसले दियो ?

अनुमतिबिना कति व्यक्ति तथा संस्थाले आफ्नो घरमा सीसीटिभी क्यामेरा जडान गरेका छन् रु भनेर सरकारसँग तथ्यांक छैन । वडा, नगरपालिका, प्रहरी चौकी पनि यस विषयमा मौन देखिएको छ । अहिले सानो चिया पसलमा समेत सीसीटिभी क्यामेरा जडान गरिएको देखिन्छ । यो उसको आवश्यकता होइन ।

बैंक तथा वित्तीय संस्था, भाटभटेनी, सुपरमार्केट, बिग मार्ट, हार्डवेयर पसलहरूमा पनि सीसीटिभी क्यामेरा जडान गरिएको पाइन्छ । यिनीहरूले पनि सरकारको स्वीकृतिबिना क्यामेरा जडान गरेका हुन् । जसले गर्दा राज्यले यसबाट एक सुको कर पनि पाएको छैन । सरकारले यसप्रति ध्यान नदिँदा पछिल्लो समय केही व्यक्ति तथा संस्थाले सीसीटिभी क्यामेरा दुरुपयोग गरिरहेका छन् । क्यामेरा जडान गरी अरुका दृश्य कैद गर्ने र ब्ल्याकमेल गर्ने काम भइरहेको छ ।

सार्वजनिक स्थल, मठमन्दिरमा सीसीटिभी क्यामेरा राखिएको छैन । जसले गर्दा सार्वजनिक स्थलमा लुटपाट हुने तथा मठमन्दिरमा भक्तजनहरूको विभिन्न सामग्री हराउने क्रम बढ्दो छ । तर, यस्तो ठाउँमा न त सरकारले सीसीटिभी क्यामेरा जडान गरिदिन्छ, न त कुनै व्यक्ति तथा संस्थाले ।

नेपाल प्रहरीले सडकमा सीसीटिभी क्यामेरा जडान गरेमा अपराधी र सवारी दुर्घटनामा संलग्नलाई समात्न सजिलो हुने भन्दै सरकारसँग बजेट माग्यो । र, सरकारले करोडौं बजेट दियो । तर, क्यामेरा जडान गरे पनि न त लुटपाट, चोरीका घटना घटेका छन्, न त प्रहरीले अपराधीलाई छिटो समात्न सकेको छ । अनि क्यामेरा राखेको के फाइदा भयो रु

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८÷७९ को बजेट ल्याउने क्रममा व्यापारीहरूलाई अर्थ मन्त्रालयमा बोलाएर उनीहरूको हितमा कर परिवर्तन गरेको भन्दै विपक्षी दल एमालेले सदन अवरोध गर्यो । पछि सदनले छानबिन समिति गठन गप्यो । अर्थमन्त्री शर्माले पनि छानबिन गर्न सजिलो होस् भनेर पदबाट राजीनामा दिए ।

छानबिन समितिले अर्थ मन्त्रालयको सीसीटिभी क्यामेरा चेकजाँच गर्ने क्रममा त्यो दिनको फुटेज नै गायब भेटियो । र, केही प्रमाण फेला परेन । समितिले केही प्रमाण फेला नपारेपछि शर्मा फेरि अर्थमन्त्री बने । यसरी सीसीटिभी क्यामेरा कमिसन र भ्रष्टाचारका लागि मात्र जडान गरिएको यसबाट पनि प्रस्ट हुन्छ ।

अहिले बाटोमा थोत्रा गाडीहरू धुँवाको मुस्लो फालेर गुडिरहेका छन् । २२ वर्षदेखि ३० वर्ष पुगेका सवारीसाधन धुँवाको मुस्लो फालेर बाटोमा गुडेका छन् । सरकारले २० वर्ष पुगेका सवारीसाधन हटाउने भनेर कानून बनाएर राजपत्रमा प्रकाशित गरिसकेको छ । नो पार्किङमा सवारीसाधन पार्किङ गरिएको छ । व्यवसायीहरूले फुटपाथमा व्यापार गरिरहेका छन् । सार्वजनिक यातायातमा यात्रुहरू झुन्डिएको देखिन्छ । यातायात व्यवसायीहरू यात्रुको ज्यानै जोखिममा राखेर ढोकामा उनीहरूलाई झुन्डाएर यात्रा गराइरहेको देखिन्छ ।

ट्राफिक प्रहरीकै अगाडि यातायात व्यवसायीहरूले गाडीको ढोका बन्द नगरी यात्रु झुन्डाइरहेका छन् । सरकारले एक किलोमिटरबाट पाँच किलोमिटरसम्म १९ रुपैयाँ भाडा निर्धारण गरेको छ । यातायात व्यवसायीहरू आधा किलोमिटरमै यात्रुसँग २५ रुपैयाँ असुल्छन् । जबकि सरकारले निर्धारण गरेको भाडादरअनुसार यात्रुले दुई रुपैयाँ मात्र तिर्नुपर्छ ।

ट्याक्सी व्यवसायीहरू चोक–चोकमा यात्रुसँग भाडाको विषयमा मोलमोलाई गरिरहेको भेटिन्छन् । केही दिनअघि काठमाडौंको चावहिल चोकमा बा१ज ७४२२र बा१ज ६८७९ नम्बरको ट्याक्सी पार्किङ गरेर बसिरहेको थियो । यी दुवै ट्याक्सी बाहिरबाट हेर्दा थोत्रा, पुरानो देखिन्थ्यो । ट्याक्सी पार्किङ राखेर चालकहरू गफ गरिरहेका थिए ।

सोही क्रममा हामीले यो ट्याक्सी कति वर्ष पुग्यो रु भनेर चालकलाई सोध्दा दुवैले २१ वर्ष पूरा भई २२ वर्ष लागेको बताए । अनि ट्राफिकले यस्तो सवारीसाधनलाई समात्दैन रु भन्ने प्रश्नमा उनीहरूले भने, ‘सुरुमा त चेकिङ नै गरिँदैन । केही गरी अनुगमन गरे पनि गाडीको अवस्था ठिक नभएको भनेर पाँच सयको चिट काटिदिन्छ ।’

सडकमा सीसीटिभी क्यामेरा केबल नाटकका लागि राखिएको छ । कुनै सीसीटिभी क्यामेरा बिग्रिएको छ त, कुनै अनावश्यक ठाउँमा जोडिएको छ । ट्राफिक प्रहरीहरू बाटोमा उभिएका बसेका हुन्छन् । जतातिर घाम लागेको हुन्छ, त्यतैतिर ट्राफिक उभिएको भेटिन्छ । अनि ट्राफिक यसरी घाम खोज्दै उभिने थालेपछि सवारीसाधनको कागजपत्र कसले चेकजाँच गर्ने रु कसले अनुगमन गर्ने रु

सरकारको कमिसनका लागि सीसीटिभी क्यामेरा जडान गर्यो । यसबाट सीमित व्यापारी र सरकारी निकायका केही पदाधिकारीलाई फाइदा भयो । तर, जनताले तिरेको अर्बौ कर मासिएको छ । अनावश्यक क्षेत्रमा खर्चिएको छ । विकसित मुलुकमा बाटोमा ट्राफिक प्रहरी भेटिन्न । त्यहाँ सबै काम सीसीटिभी क्यामेराले गर्छ । हाम्रो नेपालमा क्यामेरा पनि जोडिएको छ र ट्राफिक प्रहरी पनि राखिएको छ । तर, काम भने कोही कसैले गरेको छैन ।

बैंकका कर्मचारीहरूले बचतकर्ताको खाताबाट रकम चोरी गरेको घटना बाहिरिएको छ । सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीहरू बचतकर्ताको अर्बौं रकम लिएर रातारात फरार भएका छन् । व्यापारीहरूले कालोबजारी गरिरहेका छन् । सयको सामान पाँच सयमा बेचेर उपभोक्ता ठगिरहेका छन् । सरकारी कर्मचारीहरू बिहान १० बजे कार्यालय पुग्नुपर्नेमा १२ बजे पुग्छन् । ५ बजे कार्यालय बिदा हुनेमा कर्मचारीहरू ३ बजे नै टाप कस्छन् । अनि सीसीटिभी क्यामेरा जडान गरेको के उपलब्धि भयो त रु

Previous Post

लोकतान्त्रिक पद्धतिमा मात्र वैयक्तिक स्वतन्त्रताको रक्षा हुन्छः सभापति देउवा

Next Post

कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि

सम्बन्धित खबर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार
फिचर-ब्यानर

पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

१७ अशोज २०८३,
‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम
मनोरञ्जन

‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

१७ अशोज २०८३,
दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते
समाचार

दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

१७ अशोज २०८३,
Load More
Next Post
कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि

कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In