आज मङ्गलबार । मङ्गलबार भगवान् श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ । भगवान् गणेश सबै शक्तिका श्रोत पनि मानिन्छन् । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान् गणेशको पूजा गर्ने प्रचलन छ । गणेश भगवान् मङ्गलदाता हुनुहुन्छ । गणेश भगवान्मा सबै गुण र शक्तिहरू शोभायमान छन् । गणेश देवताहरूमध्ये गुणको देवता मानिन्छन् ।
– सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले भगवान् श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ ।
– मङ्गलबार भगवान् गणेशको पूजा, अर्चना र व्रत बस्दा मनोकामना पूरा हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ ।
– गणेश भगवान्को व्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ ।













