• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

प्रहरीको ‘गुप्तचर’ निकाय र सीआईबी अमेरिकी कालोसूचीमा, सेनाका केही एकाइलाई पनि सहयोगमा रोक

by
१४ माघ २०८०,
0
प्रहरीको ‘गुप्तचर’ निकाय र सीआईबी अमेरिकी कालोसूचीमा, सेनाका केही एकाइलाई पनि सहयोगमा रोक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राज्य अमेरिकाले गम्भीर मानव अधिकार उल्लङ्घनमा संलग्न रहेका विश्वसनीय आरोपका आधारमा नेपाल प्रहरीको गुप्तचर निकायसहित दुई रणनीतिक एकाइलाई कालोसूचीमा राखेको खुलेको छ।

सन् २०२१ यता नेपाल प्रहरीको मुख्यालयमा रहेको विशेष फौज र महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई लेही कानुन अनुसार अमेरिकाले सहयोगका लागि अयोग्य ठहर गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

दश वर्षे सशस्त्र द्वन्द्वकालका मुद्दासहित कतिपय गम्भीर मानव अधिकार उल्लङ्घनका आरोपलाई ध्यान दिँदै अमेरिकाले विगतमा पनि सेना र प्रहरीका एकाइ तथा अधिकारीहरूलाई त्यस्तो सूचीमा राख्ने गरेको पाइन्छ।

सुरक्षा निकायका अधिकारीहरूले त्यस्तो सूचीमा पर्दा वृत्तिविकास लगायतमा बाधा पुगिरहेको बताइरहँदा काठमाण्डूस्थित अमेरिकी राजदूतावासले गम्भीर मानवअधिकार उल्लङ्घनमा संलग्नहरूलाई न्यायको कठघरामा ल्याउन प्रभावकारी कदम चाल्ने विषयमा नेपाल सरकारसँग कुरा गर्न आफू खुला रहेको जनाएको छ।

कुन(कुन एकाइ किन प्रतिबन्धमा परे ?
अमेरिकी विदेश मन्त्रालयले उल्लेख गरेको विवरण अनुसार वैदेशिक सहयोग कानुन १९६१ को धारा ६२० एम अन्तर्गत कुनै पनि सहयोग उपलब्ध नगराइने सुरक्षा फौजको सूचीमा नेपाल प्रहरी र नेपाली सेनाका एकाइहरू पनि परेका हुन्।

त्यसरी वैदेशिक सहयोगमा रोक लगाइएका एकाइहरूको नाम अमेरिकी सरकारले सन् २०१७ देखि सार्वजनिक गर्न थालेको थियो।

उक्त वर्ष नेपाली सेनाको युद्धकार्य महानिर्देशालयअन्तर्गत विशेष फौजका रूपमा राखिएका भैरवनाथ गण र युद्धभैरव गण सो सूचीमा परेका थिए।

सन् २०१८ को सूचीमा नेपाली सेनाको मध्यपृतना अन्तर्गतका देवीदत्त गण, नम्बर २ जगदल गण र सुदूरपश्चिम पृतनाअन्तर्गतका रुद्रध्वज गण रहेका थिए।

सन् २०२१ को सूचीमा चाहिँ प्रहरीका दुई एकाइ परेका थिए। त्यसमा नेपाल प्रहरीको मुख्यालयमा रहेको विशेष ब्यूरो र महाराजगञ्जस्थित सीआईबी रहेका छन्।

प्रहरी अधिकारीहरूका अनुसार नक्सालस्थित प्रहरी मुख्यालय हाताभित्र रहेको विशेष ब्यूरोले गुप्तचर निकायले जस्तै काम गर्छ र राष्ट्रिय सुरक्षाबारे संवेदनशील जानकारीहरू सङ्कलन गर्छ।

सीआईबीले विशेष खालका अपराधहरूको अनुसन्धान गर्ने जिम्मेवारी पाएको छ।

यी एकाइहरू त्यसरी प्रतिबन्धमा पर्नुका कारणबारे बीबीसीले काठमाण्डूस्थित अमेरिकी राजदूतावासलाई सोधेको थियो।

जबाफमा राजदूतावासले भनेको छ, “हामी एकएक वटा निकाय सूचीमा परेको परिस्थितिबारे छलफल गर्न सक्ने अवस्थामा छैनौँ। साधारणतया व्यक्ति वा एकाइहरूले गम्भीर मानव अधिकार उल्लङ्घन गरेको भरपर्दो सूचना रहेको र सरकारले ती अधिकारी वा एकाइलाई कानुनी दायरामा ल्याउन त्यस बेलासम्म प्रभावकारी कदम चालेको जानकारी ९अमेरिकी विदेश मन्त्रालयसँग० नभएको अवस्थामा ‘स्टेट लेही’ कानुन अनुसार सहयोग रोकिन सक्छ।”

अमेरिकी सरकारले गम्भीर मानव अधिकार उल्लङ्घनको आरोपमा आफूले सूचीकृत गरेका कुनै पनि एकाइलाई सहयोगमा रोक लगाइने उल्लेख गरेको छ।

काठमाण्डूस्थित अमेरिकी राजदूतावासको भनाइ छ, “हाम्रो कानुन अनुसार अमेरिकी सरकारले गम्भीर मानव अधिकार उल्लङ्घनमा सलंग्न भएको भरपर्दो सूचना रहेको एकाइलाई सहयोग वा तालिम उपलब्ध गराउँदैन। ती एकाइबाट व्यक्तिगत तहबाट मनोनीतहरूलाई पनि हामी सहयोग दिँदैनौँ वा तालिम गराउँदैनौँ।”

त्यस्तोमा वैकल्पिक एकाइ वा अधिकारीलाई छनौट गर्न सुझाव दिने गरिएको अमेरिकी राजदूतावासको भनाइ छ।

नेपाली अधिकारी के भन्छन्रु
नेपाली अधिकारीहरूका अनुसार सुरक्षा निकायका एकाइ र कैयौँ सदस्यले अमेरिकी सूचीमा परेका कारण तालिम र विदेश यात्रामा सहभागी हुँदा समस्या भोग्नु परिरहेको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बीबीसीसँग भने, “सहयोग नै रोकिएको भन्ने त आएको छैन। तर भेटिङ भनेर कुनै मानव अधिकार उल्लङ्घनसँग जोडिएको आधारमा कुनै सेमिनार, तालिम र राष्ट्रसङ्घीय मिसनमा पनि जान नपाउने स्थिति हामीले देखिरहेका छौँ।”

उनले जाँचबुझबाट निष्कर्ष ननिस्केको भए पनि कुनै संस्थाको प्रतिवेदन या कसैको उजुरी अनि समाचारहरूका आधारमा त्यस किसिमको निर्णय लिइँदा कर्मचारीहरूको मनोबलमा नै प्रभाव परिरहेको बताए।

कार्यालय नै भेटिङमा पर्दा वृत्तिविकासमा बाधा पुग्ने ठानेर सुरक्षा अधिकारीहरू त्यहाँ काम गर्न जान अनिच्छुक हुने गरेको पनि उनले उल्लेख गरे।

प्रहरी प्रवक्ता ढकालले थपे, “यस्तो हुनु हुँदैन भनेर हामीले सम्बन्धित मानव अधिकार आयोगहरूमा कुरा राखिरहेका छौँ। जहाँजहाँ कुरा गर्दा हुन्छ, त्यहाँत्यहाँ हाम्रो सङ्गठनको तर्फबाट कुराहरू भइरहेको छ।”

जानकार अधिकारीका अनुसार सन् २०१७ यता सार्वजनिक भएका बाहेक कतिपय अन्य एकाइ पनि त्यस्तो निगरानीमा छन्।

एक अधिकारी भन्छन्, “हनुमानढोकास्थित प्रहरी परिसर पनि अमेरिकाको सूचीमा छ। त्यहाँका कुनै पनि प्रहरी अधिकारीले अमेरिकाको भिसा लिन खोज्दा भेटिङमा रहेका कारण अप्ठेरो पर्ने अवस्था छ।”

नेपाली सेनाका प्रवक्ता के भन्छन् ?
नेपाली सेनाका प्रवक्ताले मानव अधिकार उल्लङ्घनबारे शून्य सहनशीलताको नीति सङ्गठनले अँगालेका र त्यसबारे व्यक्त भएका चासोहरूलाई सम्बोधन गर्दै आएको बीबीसीलाई बताए।

ब्रिगेडियर जेनरल कृष्णप्रसाद भण्डारीले भने, “धेरैवटा युनिट सूचीबाट हटिसकेका छन्। केही हट्ने प्रक्रियामा रहेको मैले जानकारी पाएको छु।”

उनले सेनाको नीतिभन्दा बाहिर कहीँ कतै गल्ती भएको अवस्थामा कारबाही गरिएको बताए।

“कुनै विशेष घटनालाई लिएर कुनै पनि देशबाट सोधियो भने हामी वास्तविकता जानकारी गराउँछौँ। छानबिनपछि कतिपय आरोप मात्रै हुन् भनेर टुङ्गिएका पनि छन्, कतिपय घटनामा दोषीलाई कारबाही पनि गरिएको छ।”

नेपाली सेनालाई ‘फरेन मिलिटरी फाइनान्सिङ कार्यक्रम’ अन्तर्गत सहयोग उपलब्ध गराउँदा मानवीय तथा विपद् प्रतिकार्य र पुनर्निर्माण गतिविधि, अन्तर्राष्ट्रिय शान्ति अभियान, सैन्य व्यावसायिकीकरण तथा तालिम र सीमा सुरक्षा गतिविधिमा मात्रै सहयोग गरिने अमेरिकी सरकारले बताउने गरेको छ।

त्यसबाहेक अन्य क्षेत्रमा सहयोग उपलब्ध गराउनुपर्ने अवस्थामा अमेरिकी विदेशमन्त्रीले अमेरिकी सदनको विनियोजन समितिसमक्ष नेपाल सरकारले मानव अधिकार र सेनाबाट भएका युद्धसम्बन्धी कानुनहरूको उल्लङ्घनका विषयमा छानबिन गरी कारबाही गरिरहेको जानकारी गराउनुपर्ने उल्लेख छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी भण्डारीले अमेरिकाको नीतिले केहीलाई व्यक्तिगत स्तरमा प्रभाव परेको हुन सक्ने भएपनि संस्थागत आदानप्रदानहरू चलिरहेको बताए।

उनले भने, “संयुक्त सैन्य अभ्यास गर्नेदेखि लिएर वृत्तिविकासका लागि हाम्रा शिक्षार्थीहरू जाने र उताबाट आउने क्रम भइरहेकै छ।”

अमेरिकी सूचीबाट हट्न के गर्नु पर्छ ?
सन् १९९७ मा सुरुमा कार्यान्वयनमा आएको लेही कानुनलाई सन् २००८ मा वैदेशिक सहयोग कानुन १९६१ मा संशोधन गरी स्थायी रूपमा समावेश गरिएको थियो।

अमेरिकी विदेशमन्त्रीसँग कुनै पनि विदेशी फौजका एकाइले मानव अधिकार उल्लङ्घनमा भाग लिएको भरपर्दो सूचना रहे त्यसलाई हातहतियारसहित कुनै पनि सहयोग दिनबाट उक्त कानुनले रोक लगाउँछ।

सूचीमा राखिएको खण्डमा विदेशी सरकारलाई तत्कालै त्यस्तो कदम चाल्नको कारणबारे जानकारी दिनुपर्ने र सुरक्षा फौजका दोषी सदस्यलाई कानुनको दायरामा ल्याउन प्रभावकारी कदम चाल्न सघाउनुपर्ने भनिएको छ।

अमेरिकी विदेश मन्त्रालय र रक्षा मन्त्रालय दुवैले दिन सक्ने सहयोगमा उक्त कानुन आकर्षित हुन सक्ने भनिएको छ।

सन् १९९६ देखि सन् २००६ सम्म चलेको एक दशक लामो सशस्त्र द्वन्द्वपछि नेपाली सेनाका कतिपय युनिटहरू अझै पनि अमेरिकी प्रतिबन्धको सूचीमा छन्।

सन् २०१८ मा आफ्नो कार्यकाल सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले विगतमा अमेरिकी ‘मानव अधिकार भेटिङ’ सूचीमा परेका चारवटा एकाइ त्यसबाट मुक्त भएको भन्दै त्यसलाई आफ्नो कार्यकालको प्रमुख उपलब्धिका रूपमा उल्लेख गरेका थिए।

उक्त सूचीबाट हटेका एकाइमा काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रसहितका थिए।

एक किशोरी मैना सुनुवारलाई सन् २००४ मा उक्त ब्यारेकमा यातना दिएर हत्या गरिएको आरोप नेपाली सेनामाथि लागेको थियो।

सन् २०१७ मा काभ्रे जिल्ला अदालतले त्यस बेलाका तीनजना सैनिक अधिकारीलाई २० वर्षको जेल सजाय सुनाएको थियो।

काठमाण्डूस्थित अमेरिकी दूतावासले अमेरिकी विदेशमन्त्रीले नेपाल सरकारले सम्बन्धित एकाइमा भएका भनिएका गम्भीर मानव अधिकार उल्लङ्घनका दोषीलाई न्यायको कठघरामा ल्याउन प्रभावकारी कदम चालेको विश्वसनीय जानकारी रहेको ठहर गर्दै अमेरिकी संसद्लाई जानकारी गराएको खण्डमा सहयोग खुला गर्न सकिने पनि जनाएको छ।

त्यसमा विश्वसनीय अनुसन्धान भइरहेका, आवश्यकता अनुसार विश्वसनीय कारबाही र दण्ड भएका कुरा जानकारी गराइनुपर्छ।

नेपाल सरकारलाई गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाहरू सम्बोधन गर्न प्रभावकारी कदम चाल्न सहयोग गर्नेबारे छलफल गर्न आफूहरू खुला रहेको अमेरिकी राजदूतावासले आफ्नो लिखित प्रतिक्रियामा जनाएको छ।

मानव अधिकार भेटिङको विषय सैनिकहरूलाई राष्ट्रसङ्घीय मिसनहरूमा पठाउन छनौट गर्दा पनि गम्भीर रूपमा उठ्ने गरेको पाइन्छ।

स्रोतः बीबीसी नेपाली

Previous Post

‘नो ड्याम’ को सट्टामा ‘हाई ड्याम’, नागमती बाँधको औचित्यमा वन मन्त्रालयकै प्रश्न

Next Post

शीतलहरले जनजीवन कष्टकर, घाम ताप्न पहाड उक्लिँदै सर्वसाधारण

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
शीतलहरले जनजीवन कष्टकर, घाम ताप्न पहाड उक्लिँदै सर्वसाधारण

शीतलहरले जनजीवन कष्टकर, घाम ताप्न पहाड उक्लिँदै सर्वसाधारण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In