• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सैन्य शक्ति र विविध संस्कृतिको शानदार प्रदर्शनसहित भारतीय गणतन्त्र दिवस मनाइयो

by
१३ माघ २०८०,
0
सैन्य शक्ति र विविध संस्कृतिको शानदार प्रदर्शनसहित भारतीय गणतन्त्र दिवस मनाइयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँदिल्ली । भारतका राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रवार आयोजित ७५ औँ गणतन्त्र दिवसको अवसरमा कर्तव्य पथमा राष्ट्रिय झण्डा फहराएर गणतन्त्र दिवस समारोहको औपचारिक शुरुआत गरे ।

सन् १९४७ अगष्ट १५ मा भारतलाई स्वतन्त्र राष्ट्र घोषणा गरिएको भएपनि सन् १९५० जनवरी २६ मा संविधान जारी गरी भारतले आफूलाई सार्वभौम, लोकतान्त्रिक र गणतान्त्रिक राज्य घोषणा गरेको थियो । यसै दिनको सम्झनामा हरेक बर्ष जनवरी २६ मा भारतमा गणतन्त्र दिवस मनाउने गरिन्छ ।

७५ औँ गणतन्त्र दिवसको अवसरमा आयोजित समारोहस्थलमा राष्ट्रपति मुर्मू र प्रमुख अतिथि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलाई प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए । उनीहरूलाई राष्ट्रपति मुर्मूका अङ्गरक्षकको सुरक्षा घेरामा राष्ट्रपति भवनतर्फ लगिएको थियो ।

राष्ट्रपतिको अङ्गरक्षक भारतीय सेनाको सबैभन्दा शीर्षस्थ सैन्य इकाई हो । गणतन्त्र दिवसमा यस शीर्षस्थ सैन्य इकाइको भूमिकालाई विशेष मानिन्छ किनकि यसको स्थापना सन् १७७३ मा भएको र सेवाको २५० वर्ष पूरा गरेको छ ।

राष्ट्रपतिका सुरक्षागार्डका कमान्डेन्ट कर्णेल अमित बर्वाल राष्ट्रपतिको बग्गीको दाहिनेतिर चढेर घोडसवारहरूको यो प्राचिन सैन्य इकाईको नेतृत्व गरेका थिए । समारोहमा राष्ट्रगान बजाइएको थियो र राष्ट्रपतिलाई २१ तोपको सलामी दिइएको थियो ।

भारत भ्रमण गरौँ र प्रजातन्त्रकी जननी भारत भन्ने दुई नाराका साथ आयोजित समारोहमा चार दशकको अन्तरालपछि पुनरागमन भएको ‘परम्परागत बग्गी’ सवारीमा दुई राष्ट्रपतिलाई कर्तव्य पथबाट राष्ट्रपति कार्यलयतर्फ लगिएको थियो ।

यसपटकको सैन्य परेडमा पहिलो पटक महिला त्रिसैनिक दस्ताले भाग लिएको थियो भने १६ वटा राज्य र केन्द्र शासित प्रदेशले पनि सांस्कृतिक प्रस्तुति र झाँकीमार्फत् आफ्नो सम्पदा विविधता प्रदर्शन गरेका थिए ।

यसअघि परेडमा फ्रान्सेली सेनाको एक टुकडीले पनि भाग लिएको थियो । सैन्य शक्ति र विविध संस्कृतिको शानदार प्रदर्शनसहित आयोजित समारोह शुक्रबार नै समापन भएको छ ।

भारतको सैन्य शक्ति र विविध संस्कृतिको शानदार प्रदर्शनपछि कर्तव्य पथमा सैन्य प्रदर्शनसहित राष्ट्रपति मुर्मू र गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि तथा उनका फ्रान्सेली समकक्षी म्याक्रोँलाई राष्ट्रपति भवनतर्फ लगेपछि गणतन्त्र दिवसको औपचारिक समारोह सम्पन्न भएको हो ।

गणतन्त्र दिवसका अवसरमा शुक्रबार देशभरी र देशबाहिर रहेका कुटनीतिक नियोग तथा समुदायले पनि विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाएका छन् ।

Previous Post

विमानस्थलमा प्रहरीले अध्यागमनका कर्मचारी कुटेको घटना छानबिन गर्न समिति गठन

Next Post

कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि सुरु हुँदै

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
केन्द्रीय सदस्य कोइरालासहित ७४ जना नेता कांग्रेसबाट निष्कासित

कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि सुरु हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In