• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सडकले सहज बन्दै कालभैरवको यात्रा

by
९ माघ २०८०,
0
सडकले सहज बन्दै कालभैरवको यात्रा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट (बागलुङ) । कुनै सयम बागलुङ सदरमुकामदेखि मुस्किलले दुई घन्टामा पुगिने बलेवा कालभैरव मन्दिरमा अहिले एक घन्टामै पुगिन्छ । चार किमी सडक कालोपत्र र तीन किलोमिटर सडक स्तरोन्नति गरिएसँगै अहिले भैरवस्थापनसम्मको यात्रा समय छोटिएको हो ।

सडक स्तरोन्नति भएसँगै भैरवस्थानमा अहिले जिप, बस र ट्याक्सीसमेत पुग्न थालेको छ । पहिला धेरै भक्तजन हिँडेरै भैरवस्थान आउने गरेका थए ।

सडक बने पनि व्यवस्थित नहुँदा भक्तजनलाई निकै समस्या बनाएकामा अहिले भैरवस्थान आउने सडक स्तरोन्नतिसँगै ट्याक्सी र बससमेत आउन थालेको भैरवस्थानका देवीप्रसाद पाठकले बताए ।

“अहिले भक्तजन हिँडेर आउने कुरा भएन, सडक दुई वर्षअघिसम्म राम्रो थिएन, घरमुनि सवारीसाधन फसेर हैरान बनाउथ्यो, मन्दिर आउनै मुस्किल भएपछि भक्तजन कम आउन थालेका थिए”,उनले भने, “अहिले त ट्याक्सी र कारसमेत आउन थालेको छ आधाभन्दा धेरै बाटो त कालोपत्र भइसक्यो, सडक नै विकासको मुख्य ढोका रहेछ, अहिले भैरवस्थानको महिमा सडकका कारण ह्वात्तै बढेको छ ।”

जलकिनी घुम्तीदेखि जलजला हुँदै भैरवस्थान पुग्ने नौ किलोमिटर सडकमध्ये अहिले चार किलोमिटर सडक कालोपत्र भइसकेको छ भने थप दुई किमी सडक कालोपत्रका लागि ठेक्कामा गएको छ, अन्य तीन किमी सडकसमेत मर्मत गरिएको छ ।

विसं २०७९ मा जलकिनी घुम्तीबाट जलजलासम्म तीन किमी सडक नेपाल सरकारको समपूरक अनुदान र बागलुङ नगरपालिकाको साझेदारीमा कालोपत्र गरिएको थियो ।

सङ्घीय सरकारको ६० प्रतिशत र बागलुङ नगरपालिकाको ४० प्रतिशत साझेदारीमा उक्त सडक रु छ करोड नौ लाखमा कालोपत्र गरिएको बागलुङ नगरपालिकाका उपप्रमुख राज खड्काले बताए ।

नगरपालिकाले लगानी गरेर कालोपत्र गरेको हालसम्मकै धेरै बजेटको सडक भैरवस्थान जाने सडक रहेको जानकारी दिँदै उहाँले सो सडकलाई भैरवस्थानसम्मै पुराउन पहल भइरहेको जानकारी दिए ।

गत वर्ष सङ्घीय सरकारअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत रु ७९ लाख ६८ हजारमा एक किमी सडक कालोपत्र र स्तरोन्नति गरिएकामा चालु आर्थिक वर्षमा रु दुई करोड ५० लाख विनियोजन गरेर ठेक्कामा दिन लागिएको छ ।

उक्त बजेटबाट चालु आर्थिक वर्षमै ओखरबोटदेखि धापा खोलासम्म दुई किमी सडक कालोपत्र गरिनेछ । धापाखोलादेखि भैरवस्थानसम्मको बाँकी तीन किमी सडक मर्मत गर्न गण्डकी प्रदेशले रु ५० लाख बजेट विनियोजन गरेको प्रदेश सदस्य कृष्ण पाठकले जानकारी दिए ।

सङ्घीय सरकारले निरन्तर बजेट विनियोजन गरिरहेकाले भैरवस्थानसम्म दुई वर्षमै सडक कालोपत्र गरिने विश्वास व्यक्त गर्दै उनले प्रदेश सरकार पनि सराङ्गीदेखि भैरवस्थान पुग्ने सडक कालोपत्रका लागि बजेट विनियोजनको तयारीमा रहेको बताए ।

यो सडक कालोपत्र भएमा भैरवस्थान मन्दिर राष्ट्रिय राजमार्गसँग जोडिने छ । धार्मिक पर्यटकीय क्षेत्र भैवस्थानलाई बागलुङ बजारसँग कालोपत्र सडकले जोड्ने योजना आगमी दुई वर्षभित्रै पूरा हुने भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए ।

अहिले सडकले सहज गराएपछि भैरव स्थानमा शनिबार र मङ्गलबार दर्शनार्थीको भीड लाग्ने गरेको छ । छ वर्षदेखि व्यवस्थापन समिति नभएको भैरवस्थान मन्दिरमा आठ महिनाअघि व्यवस्थापन समिति बनाइएको छ । नयाँ समितिले पूर्वाधारको काममा तीव्रता दिएको समितिका अध्यक्ष ढकालको भनाइ थियो ।

भैरवस्थान मन्दिर वरपर तारबार गर्ने तथा व्यवस्थापन समितिको कार्यालय निर्माण गर्ने कार्य अहिले भइरहेको र सडक सहज बनेपछि यहाँ आउने भक्तजन बढेकाले तिनका लागि आवश्यक पूर्वाधार थपिन थालेको उनले जानकारी दिए । भक्तजनका सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ ।

भैरवस्थान मन्दिर पुग्ने सडक सहज बनेपछि मूलाबारी, पर्यटकीय गाउँ भकुण्डे र भकुण्डे भ्यूटावरलगायत पर्यटकीय क्षेत्रमा पुग्न पर्यटकलाई सहज भएको छ ।

Previous Post

जुम्ला–मनाङ जोड्ने सडकको ग्राबेल

Next Post

फिल्म ‘अगस्त्य च्याप्टर १’मा नायिका मलिका महतको लुक्स सार्वजनिक

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
फिल्म ‘अगस्त्य च्याप्टर १’मा नायिका मलिका महतको लुक्स सार्वजनिक

फिल्म ‘अगस्त्य च्याप्टर १’मा नायिका मलिका महतको लुक्स सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In