• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

    बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

    गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अयोध्या लगिएको देवशिलास्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै

by
९ माघ २०८०,
0
अयोध्या लगिएको देवशिलास्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी।भारतको अयोध्यामा निर्माण भएको राममन्दिर परिसरमा राखिएको देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ । अयोध्यामा करिब पाँच सय वर्षपछि पुननिर्माण भएको राममन्दिरमा आज मूर्तिको प्राण प्रतिष्ठा हुँदैछ ।

मन्दिरमा हिन्दू धर्मावलम्बीका भगवान् रामको बाल्यकालको मूर्ति बनाउनका लागि गत वर्ष म्याग्दीको बेनी नगरपालिका–६ सेतिपहिरास्थित कालीगण्डकी किनारबाट दुई वटा शिला लगिएको थियो । देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन लागिएको बेनी नगरपालिकाका प्रमुख शुरत केसीले जानकारी दिए।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई वटा शिला उपहार दिइएको हो ।

देवशिला उत्खनन गरिएको ठाउँमा कालीगण्डकी नदीमा स्नान स्थल र स्तम्भ बनाउन लागिएको नगरप्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार कालीगण्डकी नदीमा बसाह आकारको ढुङ्गालाई पनि संरक्षण गर्ने योजनासहित विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० बनाएर स्रोतको खोजी थालिएको छ ।

देवशिला उत्खनन भएको गलेश्वर क्षेत्रलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । मुस्ताङको कागबेनीमा पितृ तर्पण गर्न जाने भक्तजन र तीर्थयात्रीलाई बेनीको कालीगण्डकीमा स्नान गर्ने व्यवस्था मिलाउन लागिएको हो । कालीगण्डकी नदीमा मात्र पाइने विश्वमै दुलर्भ शालग्राम शिलालाई हिन्दु धर्मावलम्बीले भगवान् विष्णुको अवतार मान्ने गर्दछन् ।

कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ । पौलत्स्य र जडभरत ऋषिको तपस्यास्थल एवं कालञ्जर पर्वतको फेदीमा रहेको देवशिला उद्गमस्थल धार्मिक हिसाबले धेरै महत्व रहेको हिन्दु धर्मगुरु जगद्गुरु हिमालय बाबाले बताए।

कालीगण्डकीलाई हिन्दू धर्मावम्बीले कृष्णगण्डकीका रुपमा चिन्ने गर्छन् । शालिग्राम पाइने कालीगण्डकी नदीले पवित्र बनेका शिला भगवान्कै प्रतीक भएको गत वर्ष शिला लिन आएका राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले बताएका थिए ।

अयोध्याको राममन्दिर उद्घाटन र मूर्तिको प्राण प्रतिष्ठा भएका अवसरमा आज देवशिला उद्गमस्थलमा पूजाआजा र एक लाख २५ हजार बत्ती बालिएको छ । देशशिला अयोध्या पुर्‍याउने क्रममा कुनै असर परेको भएमा त्यसको पाप नलागोस् भनेर क्षमापूजासहित सवा लाखबत्ती बालिएको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।

Previous Post

सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा सेनाका तस्बिर तथा युनिट विशेष प्रदर्शनी

Next Post

जुम्ला–मनाङ जोड्ने सडकको ग्राबेल

सम्बन्धित खबर

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
आवाज

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

१४ भदौ २०८३,
बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री
आर्थिक

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

१४ भदौ २०८३,
गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
समाचार

गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

१४ भदौ २०८३,
रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
समाचार

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

१४ भदौ २०८३,
Load More
Next Post
जुम्ला–मनाङ जोड्ने सडकको ग्राबेल

जुम्ला–मनाङ जोड्ने सडकको ग्राबेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In