रिस मानिसको सबैभन्दा ठुलो शत्रु हो, रिसले कसैलाई पनि लाभ गर्दैन । रिसकै कारण कैयौँ सम्बन्धहरू टुटेका हुन्छन् । रिसले केवल परिवार, साथीभाइ र आफन्तमा मात्र नभई समाज र स्वयम् व्यक्तिलाई पनि असर गर्दछ । यस अलावा व्यक्तिको स्वास्थ्यमा पनि ठुलो प्रभाव पार्दछ । त्यसैले रिसलाई सही समयमै नियन्त्रणमा लिन आवश्यक हुन्छ । रिसाउँदा शरीरमा पर्ने असरहरू निम्न छन् ।
– रिसाउँदा शरीर तथा मस्तिष्कमा असर पार्दछ ।
– रिसले मानिसमा तनाव बढाउँछ र अनिद्राको समस्या पनि निम्त्याउँछ ।
– रिसले मानिसको ब्लडप्रेशर उच्च पार्छ
– रिसाउँदा मानिसमा आक्रामक भावना उत्पन्न हुन्छ, जो नियन्त्रण नभए घातक हुनसक्छ ।
– यसले सोच–विचारको शक्ति कमजोर हुन्छ ।
– रिसाउँदा आँखा रातो हुन्छ, अनि मुटुमा पनि जलन पैदा हुन्छ ।
– लगातार रिसाउँदा पाचन प्रणालीमा पनि नराम्रो असर पार्दछ जसले एसिडिटी, कब्जियत, भोक नलाग्ने समस्या हुन्छ
– सबैभन्दा महत्वपूर्ण, रिसाउने मानिसको आयु कम हुन्छ भनिएको पाइन्छ ।













