• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

    तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

    पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

    विद्युत् आपूर्ति नियमित हुँदै

    विद्युत् आपूर्ति नियमित हुँदै

    बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

    बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामुदायिक वनमा ‘रिचार्ज पोखरी’ निर्माण र मूल संरक्षण गरिँदै

by
६ माघ २०८०,
0
सामुदायिक वनमा ‘रिचार्ज पोखरी’ निर्माण र मूल संरक्षण गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन । गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको उच्च पहाडी भेगमा ‘रिचार्ज पोखरी’ निर्माण र पानीको मुहान संरक्षण गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत ‘रिचार्ज पोखरी’ र पानीको मुहान संरक्षण गर्न थालिएको हो ।

सुरुमा बागलुङ नगरपालिका–११ रायडाँडा हलहले क्षेत्रमा रहेको पानीको मुहान संरक्षण गरिने भएको छ । यस क्षेत्रमा खानेपानीको अभाव हुँदा घण्टौँ टाढाबाट पानी लिएर उपभोग गर्नुपरेको स्थानीय रणबहादुर थापाले बताए ।

हलहले क्षेत्र नजिकै बौद्ध गुम्बा रहेको र त्यहाँ पर्यटक आउँदा पिउनका लागि पानी अभाव रहेको भन्दै स्थानीयले करिब दुई घण्टा टाढाबाट गाग्रीमा पानी बोकेर उपभोग गर्दै आएको थापा बताउछन् । नजिकै रहेको पानीको मुहान सुक्दै गएपछि टाढा रहेको कुवाबाट पानी बोकेर ल्याउनुपरेको उनको भनाइ छ । गुम्बा आउने पर्यटक र स्थानीयलाई पिउने पानीको व्यवस्थापन गर्नका लागि एक जना कामदार राखेको उनले बताए ।

“यो क्षेत्रमा पहिलेदेखि नै खानेपानीको अभाव थियो, अहिले पनि हलहल क्षेत्रमा बढी समस्या छ, यहाँ बौद्ध गुम्बा छ, पर्यटक आउँदा पानी पिउन दिन नसकिने अवस्था छ, अहिले गुम्बा क्षेत्रका स्थानीय आकाशे पानीको भरमा छन्, पिउनका लाग एक घण्टा टाढा कुवाबाट गाग्रीमा ल्याउनुपर्छ”, थापाले भने, “दिनभरि पानी बोक्नका लागि एक जना मान्छे राखेका छौँ, सरकारले मुहान संरक्षण गरेर नजिकै पानी ल्याउने योजना बनाएको छ, मुहान संरक्षित भयो भने धेरै सहज हुनेछ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु पाँच लाखले यहाँ पानीको मुहान संरक्षणसँगै विभिन्न ठाउँमा ‘रिचार्ज पोखरी’ निर्माण गर्ने स्थानीयसमेत रहनुभएका गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले बताए । यस वर्ष जैमिनी नगरपालिका–३ को दमेक, काठेखोला गाउँपालिका–७ रेश, बागलुङ नगरपालिका–११ रायडाँडा र वडा नम्बर ९ को तित्याङ, वडा नम्बर ८ को सिगाना र वडा नम्बर १० को भकुण्डेका सामुदायिक वनलाई रिचार्ज हुने गरी चारवटा ‘रिचार्ज पोखरी’ निर्माण गर्ने मन्त्री थापाले जानकारी दिए।

समुद्री सतहदेखि करिब दुई हजार दुई सय मिटर उचाइमा रहेको हलहल क्षेत्रमा पानीको मुहान संरक्षण गर्नका लागि अध्ययन गरेको मन्त्री थापाको भनाइ छ । पछिल्लो समय वन जङ्गलमा पानीको मुहान सुक्दै गएपछि धेरै ठाउँमा खानेपानीको हाहाकार हुने र जङ्गलका बोटबिरुवा मर्ने समस्या देखिएको उनले बताए । वन संरक्षण गर्ने नीतिअनुसार यस वर्ष प्रदेश सरकारले ११ वटै जिल्लामा ‘रिचार्ज पोखरी’ निर्माण गर्नका लागि बजेट व्यवस्थापन गरेको उनको भनाइ छ ।

मन्त्री थापाले भने “वन, जङ्गल संरक्षण गर्ने दायित्व हाम्रो हो, पानीको मुहान सक्दै जाँदा अहिले धेरै ठाउँमा खानेपानीको समस्या बढ्दै गएको छ, वन जङ्गलमा वन्यजन्तुले पानी पिउन नपाउँदा गाउँ झर्न थालेका छन्, त्यसले गर्दा जङ्गलको बीच–बीचमा ‘रिचार्ज पोखरी’ निर्माण गर्दा वन्यजन्तुले प्रसस्त पानी पिउन पाउँछन्, पानीका मुहान संरक्षण हुन्छन् र जङ्गलको संरक्षण पनि हुन्छ ।”
रासस

Previous Post

चक्रपथका तीन आकासे पुल अलपत्र

Next Post

भिसा उल्लंघन गर्ने कामदारले पाए स्थिति सुधार्ने अवसर

सम्बन्धित खबर

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता
अन्तर्राष्ट्रिय

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

१२ भदौ २०८३,
हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना
समाचार

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

१२ भदौ २०८३,
पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो
समाचार

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

१२ भदौ २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

१२ भदौ २०८३,
विद्युत् आपूर्ति नियमित हुँदै
समाचार

विद्युत् आपूर्ति नियमित हुँदै

१२ भदौ २०८३,
बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन
फिचर-ब्यानर

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

१२ भदौ २०८३,
Load More
Next Post
कुवेतद्वारा ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला

भिसा उल्लंघन गर्ने कामदारले पाए स्थिति सुधार्ने अवसर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In