देबीप्रसाद थापा ‘मामा’
चुनावको माहौल थियो ।
पहिलो दिन केही सुरक्षा बल अघिपछि लगाएर स्वतन्त्र पार्टीका उम्मेदवार उपस्थित भए ।
उनले लामो भाषण गरेर देश आफ्नो भएको दाबी गरे ।
मतदाताहरू भ्रममा परेका थिए । होला भनेर पत्याए ।
भोलिपल्ट, पर्सिपल्ट, निकर्सिपल्ट अरू अरू दलका उम्मेदवारहरू आए । उनीहरूले पनि त्यस्तै भाषण छाँटे अनि देश आफ्नै भएको घोषणा गरे ।
यतिबेला मतदाताहरूले बल्ल बुझे – हामीले देश त नेताहरुलाई दाइजो पो दिएका रहेछौँ ।













